गताङ्कको बाँकी...
७. राम्रFे कर्मको परिभाषाः– राम्रFे कर्मको कसौटी यो हो कि तपाईंको आत्मा जुन कार्य गर्दा प्रसन्न हुन्छ, त्यसले अरूको हित हुन्छ । जसबाट कुनै व्यक्ति, समाज, परिवार, जाति वा राष्ट्रको दुःख टाढा हुन्छ, त्यसको उद्धार हुन्छ । अरूद्वारा सराहना गरिन्छ भने बुझ्नुपर्छ हाम्रो कार्य सत्कर्म हो वा पुण्यकर्म हो ।
८. आरोग्यता– हाम्रो जीवनमा राम्रो–नराम्रFे सबै प्रारब्धको फल भोग्न एक मात्र साधन (माध्यम) हो, त्यो हो हाम्रFे शरीर । यदि यो स्वस्थ छ भने हामी सबै कार्य विनाकष्ट प्रसन्नतापूर्वक गर्न सक्छौं । अतः शरीर स्वस्थ हुनु अति आवश्यक छ–
शरीरमाद्यं खलु धर्मसाधनम् ।
शरीर नै धर्मकार्य सम्पादनको साधन हो । यसलाई स्वस्थ राख्नु अति आवश्यक छ । जसले स्वस्थ रहने कला जान्दछ, ऊ पटकपटक बिरामी पर्दैन ।
शरीर मोटो हुनु स्वस्थ भएको पहिचान होइन, यदि मनुष्य मोटो ताजा छ, तर उसमा स्पूmर्ति छैन भने उसको शरीरमा रोगका कीटाणु मौजुद छन् । उसको शरीरका भित्र र बाहिरी अङ्गले आआप्mनो धर्म सही ढङ्गले निर्वाह गर्दैन, त्यो मनुष्य रोगी हो । उसलाई स्वस्थ भन्न सकिंदैन । आयुर्वेदमा स्वस्थ मनुष्यको परिभाषा यस प्रकार दिइएको छ–
समदोषः समाग्निश्च समधातुमलक्रियः ।
प्रसन्नात्मेन्द्रियमनाः स्वस्थ इत्यभिधीयते ।।
अर्थात् त्यही मनुष्य पूर्ण स्वस्थ छ, जसको शरीरमा वात अर्थात् स्नायुमण्डल, पित्त अर्थात् पाचकाग्नि एवं रक्तसंवहन तन्त्र र कफ अर्थात् ओज
(जीवशक्ति) र मलोत्सर्ग–यी तीन निश्चित अवस्थामा बराबर–बराबर एक मानमा छन् र तीनै प्रणाली यथावत् काम गर्दैछन् । जसको अग्नि सम हुन्छ, दहन न तीव्र, न मन्द हुन्छ । जसले खाए–पिएको सही ढङ्गले पचाउँछ । समधातु अर्थात् रस, रक्त, मासु, मज्जा आदि समस्त शारीरिक धातु कम–बढी हुँदैन, त्यसलाई स्वस्थ भनिन्छ ।
जसको मलक्रिया अर्थात् शरीरगत मल (मल, मूत्र, पसिना आदि शारीरिक फोहर)लाई भित्रबाट बाहिर निकाल्ने प्रणालीले समुचित कार्य गर्छ, ऊ स्वस्थ हुन्छ ।
यो अकाट्य सत्य हो कि शरीर स्वस्थ रहेपछि मात्र प्राणीले सुख प्राप्त गर्न सक्छ, नत्र सक्दैन ।
पहिलो सुख निरोगी काया
संसारका सबै विकारबाट विरक्ति प्राप्त भएपछि मनुष्यले ईश्वरभक्तिको परम आनन्द प्राप्त गर्न सक्छ ।
ईश्वरभक्ति पाँच प्रकारका हुन्छन् अर्थात् भगवान् र भक्तको बीच पाँच प्रकारको सम्बन्ध हुन सक्छ, यो भक्तको इच्छामाथि निर्भर गर्छ कि ऊ ईश्वरलाई कुन रूपमा आप्mनो समर्पण, प्रेम र आप्mनो श्रद्धा प्रस्तुत गर्छ–
१. कुनै निष्क्रिय अवस्थामा भक्त हुन सक्छ ।
२. कुनै सक्रिय अवस्थामा भक्त हुन सक्छ ।
३. कुनै सखा (मित्र)को रूपमा भक्त हुन सक्छ ।
४. कोही माता वा पिताको रूपमा भक्त हुन सक्छ ।
५. कोही पति–पत्नी वा प्रेमीको रूपमा भक्त हुन सक्छ ।
भगवद्गीता (१५।५)मा भगवान् श्रीकृष्णले सुझाव दिएका छन् कि हामी निम्न प्रकारबाट आध्यात्मिक जग प्राप्त गरेर परम सुख प्राप्त हुन सक्छ–
निर्मानमोहा जितसंगदोषा अध्यात्मनित्या विनिवृत्तकामाः ।
द्वन्द्वैर्विमुक्ताः सुखदुःखसंज्ञैर्गच्छन्त्यमूढाः पदमव्ययं तत् ।।
पदमव्ययं अर्थात् सनातन राज्य
(धाम)लाई त्यसैले प्राप्त गर्छ, जो निर्मानमोहा हो । यसको अर्थ के हो ? हामी उपाधिसँग टाँसिएर रहन्छौं, यानी उपाधि जस्तै कोही महन्थ वा मठाधीश बन्न चाहन्छ, कोही प्रभु त कोही राष्ट्रपति, धनवान् आदि जबसम्म हाम्रो मनमा ठूलठूला पदको लालसा छ, त्यो शरीरसँग सम्बन्धित छ । यसतर्पm ध्यान रहेपछि ईश्वरभक्ति कदापि हुन सक्दैन ।
ईश्वरभक्ति प्राप्त नभएर जबसम्म हामी मायामा आसक्त रहन्छौं, तबसम्म परम सुख प्राप्त गर्ने खोजको लक्ष्य कहिल्यै प्राप्त गर्न सक्दैनौं, किनभने यो मायारचित संसारमा हामीलाई यसका सबै दुःखदायी गुण जस्तै–काम, क्रोध, मद, मोह, लोभ, तृष्णा, अहङ्कार, प्रतिशोध, ठूलोपनको लालसा–सबै आपूmतर्पm प्रबलताले आकर्षित गरेर आप्mनै रङ्गमा रङ्गाएर हाम्रो पाप–पुण्यको निर्माण गर्ने शक्तिलाई हरण गरेर ईश्वरदेखि र उनको भक्तिदेखि र त्यसबाट प्राप्त हुने आनन्ददेखि सदैव टाढा राख्नेछ ।
अतः हामीले सुखको प्राप्ति बुझ्दै आपूmलाई धोखा दिइरहन्छौं र त्यस सुखलाई जुन क्षणिक छ, त्यसको पछाडि दीर्घ दुःख सम्झिने विवेक गुमाएर स्वयम् दुःखी रहिरहन्छौं । परिणामतः साँचो सुखको खोज गर्न सक्दैनौं । सुखप्राप्तिको मूलमन्त्र हो–
निर्मल मन र स्वस्थ तनसँग मधुर व्यवहार ।
प्राणी सेवा, भक्तिरत यो सदा सुख आधार ।। समाप्त