श्रीमान् सम्पादकज्यू
म प्रतीकको निरन्तर पाठक हुँ । प्रतीक सानै अखबार भए पनि यसले पस्कने सामग्रीहरूमा विविधता मन पर्छ । खासगरी आजको खाद्यान्न र खाद्य पदार्थ प्रदूषणको बेला छानीछानी प्रकाशित हुने अर्गानिक खेतीलगायत खाद्य पदार्थमा प्रदूषणबारे निरन्तर सम्पादकीय, लेख तथा समाचारहरूलाई प्राथमिकता दिएको कुरा राम्रो लाग्छ ।
वर्तमान युगमा सबैथोक तत्काल चाहिने भएको छ । हामी पुराना पुस्ताका मानिस पनि अब अखबार किन्ने, खरीद गर्न र बजारसम्म पुग्ने झन्झटबाट जोगिन नेटमा नै सबैथोक पाइयोस् भन्ने चाहन्छौं । प्रतीक पनि लगअन गरेर हेर्ने गरेको छु र कहिलेकाहीं किन्छु पनि । हिजोको अङ्कमा ठोरी गापाको सुवर्णपुरका मानिसले अर्गानिक धान लगाउने गरेको समाचार पढेर रमाइलो लाग्यो । यद्यपि उनीहरूले यो खेती व्यावसायिक स्तरमा गरेका होइनन्, आप्mनो उपभोगका लागि मात्र गरेका हुन् । व्यावसायिकस्तरमा उनीहरूले पनि रासानिक खेती नै गर्थे होलान् वा गर्दैनथे, यकीन भन्न सकिन्न । किनकि उनीहरू निर्वाहमुखी कृषकमात्र हुन् । कम्तिमा उनीहरूमा आपूmले नै खानेसम्मको सामग्री आफैं उब्जनी गरेर त्यो पनि चोखो र प्रदूषणरहित खाने बाली बसालेका छन् । यति पनि स्वागतयोग्य छ । उनीहरूकै देखासिकी सबैले आप्mनै लागि भएपनि अर्गानिक खेती गर्ने हो भने यसको प्रभाव पर्छ र व्यावसायिक खेती गर्नेलाई पनि हौसला प्राप्त हुन्छ । यस्तै किसिमले तरकारी खेती पनि कसैले अर्गानिक गरेको छ भने त्यसको अनुसन्धान र खोज गरी लेखहरू प्रकाशित गर्दा एकबाट अर्को प्रोत्साहित हुँदै जाने थिए ।
समाजमा फैलिएको विभेदबारे समाचारहरू त पढ्न पाइन्छ तर लेखहरू भने थोरै मात्र पाइने गरेको छ । त्यतातिर सम्पादक मण्डलको ध्यान गए राम्रो मानिने थियो । भ्रष्टाचार त समाजको लागि सदाचार भइसकेको छ । जति लेखे, जति छापे र जति विचार गोष्ठी गरे पनि फरक पर्नेवाला छैन । किनकि भ्रष्टाचारको आधारभूत स्थलमा सुधार गर्नेतर्फ सोच नै पुग्न सकेको छैन । हाम्रो समाजले नै हामीलाई परमुखापेक्षी बनाएको छ । हामी आपूmले कमाउनुभन्दा हाम्रा बाबुआमाले कति कमाएर दिएका छन्, त्यसको लेखाजोखा गर्छौं । हाम्रा नेताहरूलाई अरूलाई दिनुपर्दा आत्मसम्मानमा ठेस लागेको र लिनुपर्दा पुरुषार्थी बनेको मनोविज्ञानले ग्रस्त पारेको छ । त्यसको सिको अरूले गर्ने नै भए । दिनुभन्दा लिनु पुरुषार्थको भावनाले हामीले चाहेजति उन्नति पनि गर्न सकेका छैनौं र यसतर्फ समाजमा कुनै बहस पनि चलेको देखिंदैन । लिनु, नसके खोस्नु, खोस्न नसके चोर्नु, चोर्न नसके डाँकाजनी गर्नु, त्यसमा पनि हिम्मत जुटेन भने अपहरण, जाली मुद्दा, माफियागिरी नै आज फस्टाएको व्यवसाय भएको छ । गर्ने त सबैले यही हो, तर नेताजीहरूले गरेको चाहिं जायज ठानिन्छ अरूले गरेको नाजायज । यसतर्फ जनमत बनाउने गरी निरन्तर लेख–रचनाहरू प्रकाशित भए राम्रो हुने थियो ।
हुनत एउटा अर्को समस्याले पनि हाम्रो समाज ग्रस्त छ । त्यो हो, अरूलाई उपदेश दिनु । अरूलाई उपदेश दिने कुरा जुनसुकै पनि मानव समाजमा उत्तिकै लोकप्रिय छ । झन् हाम्रोजस्तो मुलुकमा त के भन्नु १ त्यसैले मेरा यी विचारहरूलाई उपदेशमात्र नठानियोस् । आप्mनो क्षमता, साधन–स्रोत र जनशक्तिले भ्याएसम्म समाजहितमा काम गर्दै जानु एउटा अखबारको धर्म हो । अखबारलाई पेशा बनाएर हिंडेको तपाईंजस्ता व्यक्तिले मेरा यी कुराहरूलाई अन्यथा लिनुहुने छैन भन्ने विश्वासका साथ १ –गोकुलबाबू, वीरगंज