डा. रमेश मिश्र
आधुनिकताको नाममा गलत खानपान र रहनसहनले हामीलाई धेरै रोगहरू लाग्छ । तीमध्ये एक हो पाचन विकार । यो पेटको समस्या दक्षिणपूर्व एशियाका धेरै व्यक्तिहरूमा छ । धेरैजसो व्यक्तिहरू टिभीको माध्यमबाट भ्रामक प्रचार प्रसारको भरमा बिक्ने औषधिहरू सेवन गरी रोगलाई झन् जटिल बनाउँछन् । पाचन विकारमा भोक नलाग्ने, अपच र कब्जियत धेरै व्यक्तिहरूमा छ ।
भोक नलाग्ने अवस्थामा खानाप्रति अरुचि हुन्छ भने अपचमा खाना राम्रोसँगै पच्दैन, पेट शरीरमा भारीपन, पेटमा गुडगुडाहट, शरीर दुख्नु, थकाइ र स्वादको अनुभव नहुनु जस्ता लक्षणहरू हुन्छन् ।
कब्जियतमा पेटमा असजिलो हुनु, कहिलेकाहीं पेट दुख्नु, पेटमा ग्याँस
भरिनु, वान्ता हुनुजस्ता लक्षणहरू देखा पर्दछ ।
अरुचि, अपच, कब्जियतको आयुर्वेदमा उपचारको राम्रो व्यवस्था गरिएको छ ।
आयुर्वेद अनुसार हाम्रो शरीरमा तीनवटा दोषहरू हुन्छन् र ती दोषहरू प्रत्येक व्यक्तिमा फरक–फरक अवस्थाको हुन्छ र सोही अनुसार खानपान र रहनसहन गर्नुपर्दछ जो नाडी परीक्ष्Fाबाट थाहा हुन्छ । वात दोषका व्यक्तिहरूलाई कब्जियत बढी हुन्छ र ती व्यक्तिहरूले मन तातो खाना, तेल पदार्थ, घ्यू, साबुतदाना भएको खानेकुरा खाई पाचन प्रणालीलाई नरम पार्नुपर्दछ । त्यस्तै अन्य दोष बढी भएका व्यक्तिहरूमा फरक फरक अवस्थाको पचन विकार हुन्छ ।
भोक नलागेमा चिकित्सकको सल्लाहनुसार पञ्चकर्मका कर्महरू गर्नुपर्दछ । औषधिहरूमा अग्निढुण्डीवटी, द्राक्षारिष्ट, कागतीपानी खानुपर्दछ ।
अपचमा लसुनादिवटी, हिग्वाष्टक चूर्ण, शंखवटी, जीरापानी खानुपर्दछ ।
कब्जियतमा त्रिफलाचूर्ण, अभयारिष्ट, अविपतिकरचूर्ण, अमलनास क्वाथ खानुपर्दछ ।
भोक नलाग्नु, अपच र कब्जियतको लागि उपयोगी केही जडीबुटीको सेवन चिकित्सकको सल्लाह अनुसार गर्नुपर्छ । अदुवा, चिक्षक, पुदिना, शुण्ठी, अपचमा शुण्ठी, चिक्षक, हिंग, पिप्पली, अपचमा र सेनना, अरागवाधा, इसबगोल, हरितकी, अमलनास कब्जियतमा । यसको साथसाथै खानपान र रहनसहनमा चिकित्सकबाट आप्mनो प्रकृति जँचाई व्यवस्था गर्नुपर्दछ । किनकि प्रकृति अनुसार खानपान, औषधि र रहनसहन गरे चाँडै रोग ठीक हुन्छ र चाँडै रोग पनि लाग्दैन ।
गहुँ, मुंग, पुरानो चामल, लसुन, मौसमी फल, बढी रेसा भएको खानेकुरा, अमला, हरियो सागपात, मनतातो पानीको साथसाथै योग, प्राणायाम गर्नुपर्दछ ।
असमयमा खानेबानी, बढी खानेबानी, बढी तेल, मसाला, फास्टपूmड, जङ्कपूmड, कम रेशा भएको खानेकुरा खानुहुँदैन । त्यस्तै दिसा, पिसाबको वेग रोक्नु हुँदैन । बढी जागरण, चिन्ता, शोक गर्नुहुँदैन ।
स्वस्थ जीवन बाँच्नको लागि खानपान र रहनसहनमा बढी ध्यान दिनुपर्दछ ।
– नारायणी आयुर्वेद उपचार एवं योग केन्द्र वीरगंज