सञ्जय मित्र
उत्तर र पूर्वोत्तर भारतमा चल्ने रेलको यात्रा विभिन्न समयमा र विभिन्न परिवेशमा गर्ने अवसर मिलेकोले त्यहींभित्रको अनुभव–संसारलाई यहाँ देखाउन खोजिएको छ ।
नेपालमा यातायातको भरपर्दो साधन बससेवा मात्र हो । बसबाहेक अरूमा भर पर्न सकिन्न । हवाईयात्रामा घण्टौं ढिलो हुँदा पनि स्वाभाविक मानिन्छ । यदि सडक, मौसम र राजनीतिक अवस्था ठीक छन् भने बसले प्रायः पु¥याउनुपर्ने ठाउँमा आप्mनो नियमित समयमा पु¥याउँछ ।
आप्mनो निजी सवारीसाधन हुनेलाई नेपालमा सबैभन्दा बढी आराम र यात्रामा विश्वसनीयता छ, मुख्यतः समय परिपालनको ।
यातायातसित जीवन जोडिएको हुन्छ, जीवनशैली जोडिएको हुन्छ र रोजगार जोडिएको हुन्छ । यसैले हामीले पाएका छौं, सार्वजनिक यातायातको साधन चल्न थालेपछि चोक, बजार र रोजगारको अवस्थामा वृद्धि भएको ।
रेल आपैंmमा एउटा छोटो संसार हुन्छ, जीवनको विविधताको दृष्टिकोणले । यदि जीवन नहुँदो वा जीवनमा पनि मानिसको उपस्थिति नहुँदो हो त हामीले यस पृथ्वीको कल्पना कस्तो गर्दथ्यौं ? रेलभित्र मानवजीवनको विविधता हुन्छ ।
रेलको आप्mनै गति हुन्छ । आप्mनै गतिमा गुड्छ र रोकिन्छ । सामान्यतया रेलको गतिमाथि यात्रुको नियन्त्रण हुँदैन । यात्रुको दबाब र प्रभावले रेलको गतिलाई प्रभावित पार्दैन ।
यात्राहरूमा देखिन्छ, रोकिएको रेल होओस् वा गुडिरहेको रेल, प्रायःमा मानिस ठेलमठेल हुन्छ ।
हरेकले यात्रा गर्नुपरेको हुन्छ । आप्mनो गन्तव्यमा पुग्नुपरेको हुन्छ । रेलयात्रा अकल्पनीय सस्तो छ । साधारणतया बसको टिकटभन्दा रेलको सामान्य टिकट तीनदेखि चार गुणा सस्तो हुन्छ । यसै कारण पनि होला, सर्वसाधारणको लागि भरपर्दो यातायातको साधन बन्न पुगेको ।
रेलभित्र मानिसको ठेलमठेल हुन्छ । ठेलमठेलमा पनि जीवनको विविधता हुन्छ । जीवनको विविधता भन्नाले मानवजीवनको विभिन्न पक्ष र स्वरूप देखिन्छ भन्नु हो ।
रेलभित्र अनेक किसिमका मानिस हुन्छन् । रेल यात्राको साधन हो । यात्राको साधनमा यात्रा गर्ने मात्र हुँदैनन् । रेलका कर्मचारीहरू हुन्छन् । कर्मचारीबाहेक पनि कम्तीमा चार किसिमका मानिस हुँदा रहेछन् रेलभित्र । सबैभन्दा बढी यात्रु नै हुन्छन्, आप्mनो शरीरमा नै पसल लिएर जीवनयापन गर्नेहरू हुन्छन्, कलाकार र माग्नेहरू । यी सबैले गर्दा रेलभित्र आपैंmमा नै एउटा संसार हो कि जस्तो लाग्छ ।
कोही चिया बेच्दै आउँछन्, सारा थकाइ मेटाउने कुरा गर्छन् । कोही बदाम बेच्दै आउँछन्, टाइम पास गर्न सजिलो हुने कुरो गर्छन् । कोही चटपटे बेच्दै आउँछन् र संसारका सबै स्वाद त्यसैमा रहेको बताउँछन् । अनेक किसिमका सामानहरू बेच्नेहरू आइरहन्छन् र गइरहन्छन् । स्टेशनपिच्छे अनुहार बदलिन्छन् र सामान पनि बदलिन्छन् तर प्रवृत्ति करीब उही हुन्छ । रेलभित्र आप्mनो शरीरमा नै पसलका सम्पूर्ण सामान लिएर बेचिरहेका मानिसका समस्या कति होलान् ?
रेलभित्र सामान बेच्नेहरूमध्ये दुई किसिमका पसलेको बोलीमा साँच्चै जादु हुन्छ । पत्रिका बेच्दै आउने मानिसले एकै सासमा हातमा रहेका सम्पूर्ण पत्रिकाको समीक्षा गर्दछन् । ध्यान दिएर राम्ररी नसुने उनका कुरा बुभ्mनै मुस्किल हुन्छ । देश–विदेशका कुरामा अलिकति रुचि हुनेले पत्रिका नकिनी सुखै पाउँदैनन् । यसैगरी सानातिना किताब बेच्न आउनेले पनि यसरी आप्mना कुरा प्रस्तुत गर्दछन् कि तिनले बेच्ने किताबभन्दा बाहिर र बढी अन्य कुनै पनि जानकारी पाइँदैन । पत्रिका र किताब बेच्नेको वाणीभित्रको आकर्षणले आप्mनो खल्तीको दुई/चार रुपैयाँ उनीहरूसमक्ष पुगिछोड्छ ।
पानी बेच्नेहरूले मानौं शीतलता बेचिरहेका छन् ।
कोही पल्टिरहेका छन् । कोही बसेका छन् । कोही उभिएका छन् । कोही मोबाइलमा व्यस्त छन् । कोही संसारको दर्शन यहीं छाट्ने समय पाएका छन् । कोही गम्भीर चिन्तनमा छन् । कोही भ्mयालबाहिर दौडिरहेको संसारको विविधतालाई आँखामा कैद गरिरहेका छन् । कोही उदास छन् त कोही प्रसन्न छन् आपैंmमा, मग्न मस्त देखिन्छन् । कुनै बेला धक्का हुन्छ । कतै सिटमैं पनि टाङ पसारेर सुत्न पाइन्छ । कहीं कोच्चिएर आप्mनै ठाउँ पनि साँघुरो हुन्छ ।
कोही ह्वास्स गन्हाउने जीउ लिएर आउँछन् । कोही रेलकै मालिक हुँ भन्ठान्छन् । कोही धर्मात्मा त कोही अपराधीजस्तो त्यहीं लाग्न थाल्छन्, केहीबेरमैं । ह्वास्स गनाउने जीउहरू आप्mनो परिश्रमले बगाएको पसिनाको पोखरीमा आहाल बसेका हुन सक्छन्, आप्mनो विपन्नताले हतारिएर जस्ताको तस्तै यात्रा गर्ने बाध्यतामा पनि हुन सक्छन् तर अत्तर लाएर आप्mनै रेल ठान्ने ठूलाहरू अझ बढी गन्हाएका जस्ता लाग्न थाल्छन् ।
कोही गितार बजाउँदै आउँछन्, मख्खै पार्छन् । कसैको बाँसुरीको धुन जति सुने पनि अघाउने खालको हुँदैन । कोही मादल/ढोलक बजाउँदै आउँछन् । सारङ्गी र वीणा बजाउने पनि आउँछन् । कोही त यति मीठो स्वरमा गाउँछन् कि लाग्छ वास्तविक गायकभन्दा यिनी कम छैनन् । गायन र वाद्यवादनका यस्ता कलाहरू वास्तवमा प्रदर्शन गर्नुको उद्देश्य दुई पैसा माग्नु हो । यस्तो कामलाई माग्नु भन्नुपर्दा आपैंmलाई नराम्रो भनेको लागिरहेको छ । यस प्रकारका कलाकारहरूले कुनै बलजप्mती गरेका हुँदैनन् । मन लाग्नेले खुशी भएर दिएका हुन्छन्, उनको गला र कलाको सम्मान गरेर । कतिपय त शारीरिकरूपले फरक क्षमताका पनि हुन्छन् ।
सिटमा बसिराख्ने हो भने अनेक किसिमका माग्नेहरू देख्न पाइन्छन् । दृष्टि क्षमता कमजोर भएका, दृष्टिविहीन, अत्यन्त रोगी, बूढो, दीर्घरोगी, विपन्न माग्नेहरू बारम्बार आइरहन्छन् । माग्नेलाई देख्दा वास्तवमा हृदयदेखि नै माया लागेर आउँछ ।
बेचेर, कला प्रदर्शन गरेर र मागेर नै हजारौंको जीवन रेलभित्रकै संसारमा चलेको छ जस्तो लागेको छ मलाई ।
रेलको डब्बा/बोगीभित्रकै मानिस हिंड्ने बाटोमैं पनि मानिस बस्दिन्छन् । कहिलेकाहीं त सुतेका पनि हुन्छन् । सुत्नु पनि बाध्यता हो । कोही जीउमैं कुल्चेर पनि जान्छन् । नाघेर पनि अगाडि बढ्छन् । कोही कति उभिनु वा कति बस्नु । हिंड्डुल गर्ने ठाउँ र अवस्था पनि हुनुप¥यो ।
रेलभित्र अनेक समाजका र अनेक प्रवृत्तिका मानिस हुन्छन् । मानिसको प्रवृत्तिले नयाँनयाँ समस्या पनि सिर्जन गर्दछ । यसै कारण रेलभित्रै झगडा पनि देख्न र सुन्न पाइन्छ ।
रेलमा पाकेटमार पनि हुन्छन् भन्ने सुनेको छु । बदमाशहरूको कहीं कमी छैन ।
रेलभित्र सहृदयी मानिस पनि हुन्छन् । आपैंm अलिकति सरिदिएर अशक्त, अपाङ्ग तथा कमजोरलाई ठाउँ दिने मानिस पनि हुन्छन् । कोही अरूलाई हटाएर आपैंm बस्न खोज्ने वा बलजप्mती कोच्चिएर बस्न खोज्ने प्रवृत्तिका पनि हुन्छन् । यात्रा गर्दा रेलभित्र अल्पकालीन मित्रता पनि हुन्छ, चिनजान हुन्छ, विश्वास हुन्छ, सहयोगको आदानप्रदान पनि हुन्छ । जीवनमा फेरि कहिल्यै भेट नहुने थाहा हुँदाहुँदै पनि यस प्रकारको एकै छिनको मित्रता, विश्वास, सहयोग र सहृदयताले मानवको मानवता अभैm जीवित रहेको र सहृदयता अभैm नमरेको लाग्न थाल्छ । यान्त्रिक जीवनमा पनि हार्दिकताको महŒव बढेको लाग्न लाग्छ तर त्यहीं क्रुरता, निर्दयीता र अहमपन पनि देख्न पाइन्छन् । यस प्रकारका गतिविधिले स्वाभाविकरूपमा मनमा अमिलो लाग्न थाल्छ । अस्वाभाविक गतिविधि देखेर स्वाभाविक रिस उम्रन थाल्दछ ।
दुई/चार घण्टाको रेलयात्राको आन्तरिक मानवीय गतिविधिले लाग्न थाल्छ, वास्तवमा रेलभित्र आपैंmमा एउटा छुट्टै संसार नै रहेको छ ।