डा. रमेश मिश्र
खानपान र रहनसहनमा परिवर्तनले हामीलाई नसर्ने रोगहरू लाग्छ । ती रोगहरूमध्ये आजका दिनमा बढी देखा पर्ने रोग हो मधुमेह । मधुमेह रोगमा औषधिको साथसाथै खानपान र रहनसहनमा ध्यान दिनुपर्दछ, नत्र अन्य रोग पनि लाग्छ । यस्तै लाग्ने रोगहरूमध्ये उच्च रक्तचाप पनि हो । लामो समयदेखि मधुमेहद्वारा पीडित व्यक्तिहरूमध्ये ६० प्रतिशत व्यक्तिमा उच्च रक्तचाप भएको पाइन्छ । मधुमेहले मुटुमा रक्त सञ्चार गराउने कोरोनरी धमनीहरूलाई साँघुरो बनाइ रोगग्रस्त पार्दछ । जसको फलस्वरूप एन्जाइना रोग उत्पन्न हुन्छ र हृदयघातको सम्भावना बढेर जान्छ । मधुमेहले उच्च रक्तचाप जस्तै आँखा, मिर्गौला, दिमाग, मुटु आदिमा नराम्रो असर पार्दछ । मधुमेह र उच्च रक्तचाप एकसाथ भएमा हृदयघातको सम्भावना अत्यधिक भएर जान्छ । यस कारण मधुमेहले यौन इच्छामा पनि असर पार्दछ । मधुमेहको उपचारमा आहारको ठूलो महŒव हुन्छ । खानपानमा ध्यान नदिएमा औषधिले मात्र मधुमेह ठीक हुँदैन । अतः चिकित्सकको सल्लाह अनुसार औषधि सेवन गर्नुपर्दछ । आयुर्वेदमा पनि मधुमेह र उच्च रक्तचापको उपचारको राम्रो व्यवस्था गरिएको छ ।
मधुमेह रोगीले गुलियो पदार्थहरू चिनी, मिठाइ, सख्खर, जाम, गुलियो पेय पदार्थ, टीनमा राखेका फलपूmलका जुसहरू, आइसक्रिम, रक्सी, बियर, स्वीट वाइन खानुहुँदैन ।
कन्दमूलहरूमा आलु, पिडालु, तरुल, सखरखण्ड खानुहुँदैन ।
चिल्लो तारेको पुरी, पुलाउ, समोसा, चप खानुहुँदैन ।
थोरै मात्रामा खानुपर्ने खानेकुराहरू– चामल, गहुँ, मकै, च्युरा, चिनी नभएको पाउरोटी, बिस्कुट, चाउचाउ, तेल, घ्यू ।
साधारण मात्रामा खाने कुराहरू– दाल, गेंडागुडी, दूध, पनिर, दही, माछा, मासु, अन्डा ।
फलपूmलमा सुन्तला, मेवा, मौसमी, स्याउ, नासपाती, केरा । साथै इच्छानुसार तरकारी, सागसब्जी, काउली, बन्दा, गाजर, सिमी, प्याज, सलगम, मूला, गोलभेंडा, परवल, भन्टा, फर्सी, रायो साग, पालुङ्गो, चमसुरको साग खानुपर्दछ ।
खाना मधुमेह चार्ट अनुसार खानुपर्दछ । शारीरिक तौल ठीक राख्नुपर्छ । नियमित रगत र पिसाबमा चिनीको मात्रा जाँच गराउनुपर्दछ । अन्य कुनै रोग देखा परे उपचार गराउनुपर्छ । नियमित आप्mनो सामथ्र्य अनुसार प्राणायाम र योग गर्नुपर्दछ । मधुमेह कार्ड बनाइ सधैं साथमा राख्नुपर्दछ । र, केही चिनीयुक्त वा चकलेट सधैं साथमा राख्नुपर्दछ । शरीरमा केही असजिलो अनुभव भए तुरुन्त चिकित्सकसँग सल्लाह लिनुपर्दछ ।
–जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, वीरगंज