कुमार रुपाखेती
सन् १९४७ मा अंग्रेजले भारतलाई आजाद गरिदिए पनि एउटा यस्तो बीउ रोपेर गयो, जसबाट भारत र पाकिस्तान दुवै आजाद हुन सकेनन् । हिन्दू–मुस्लिम नामको त्यो अंग्रेजी बीउलाई भारत र पाकिस्तान स्वयंले यति मलजल गरे कि आज यसले दक्षिण एशिया मात्र नभई विश्वमै अशान्ति मच्चिने आशङ्का छ । आधा अधूरा कश्मीर लिएर यी दुवै देशलाई अधकल्चो कश्मीरले बेला–कुबेला थला पार्ने गरेको छ । नखाउँ भने दिनभरिको शिकार, खाउँ भने कान्छा बाउको अनुहार बनेको कश्मीर भारतका लागि ठूलै सिरदर्द र बदनामीको घाँडो बनेको छ । हायल कायल भई भारतले कश्मीर र लद्दाखलाई केन्द्रशासित राज्यमा परिणत गरेको छ ।
भारत शासित कश्मीर लामो समयदेखि अशान्त र जवाहरलाल नेहरूको पालादेखि जलिरहेको कश्मीरलाई शान्त पार्ने बुता कुनै भारतीय राजनायकमा देखिएन । झन् मोदीमय भारतमा त यसले उग्ररूप धारण गरेको छ । भारतले खेलकूददेखि आतङ्कवादसम्म र नक्कली नोटदेखि राजनीतिसम्म एकताका चीनलाई र अचेल पाकिस्तानलाई मोहरा बनाएर खेल्न थालेको छ । पाकिस्तानसँग क्रिकेट खेल्दा भारतीय पारा युद्धस्तरमैं रहन्छ, आतङ्की घटनामा पाकिस्तानलाई देख्छ, नक्कली नोट पाकिस्तानले पठायो भन्छ र राजनीतिमा झन् एकदम अघि बढेर भाजपाले पाकिस्तानलाई सरापेर विजय हासिल ग¥यो । हिन्दू–मुस्लिमको कुरासमेत भारतमा चर्को रूपमा बहसमा आउँछ । भारतमा झन्डै २० प्रतिशतभन्दा बढी मुस्लिम भए तापनि सत्ताका केही वफादार मुस्लिमबाहेक अरू सबैलाई शङ्कालु नजरले हेरिन्छ । मुस्लिमहरूप्रति भारतीय शासकहरूको टर्रो, रूखो व्यवहार आजादीदेखि नै कायम छ । कश्मीर कुनै जमानामा भारतको सुहाना सफर गर्ने पर्यटकीय गन्तव्य थियो । अचेल त्यहाँ भारतीय सैन्य छाउनीले भरिभराउ छ । भनिन्छ स्थानीय र केन्द्र सरकारको गरी अहिले त्यहाँ झन्डै लाखको हाराहारीमा सुरक्ष्Fाकर्मी परिचालित छन् र जनजीवन भागमभाग र चुनौतीपूर्ण छ ।
सन् १९४७ मा आजाद भएको भारतले सन् २०१९ अर्थात् ७३ वर्षसम्म पनि आपूm अधीनस्थ कश्मीर र कश्मीरीहरूलाई रिझाउन नसक्नु, अँगाल्न नसक्नु नै भारतको दुर्भाग्य भएको छ । भनिन्छ सैन्यबलले कुल्चेर कश्मीरलाई तह लगाउने भारतीय सपना स्वयं भारतकै लागि दुर्भाग्यपूर्ण हुनेछ । आपूmले कश्मीर समस्या सुल्झाउन नसक्ने, अमेरिकाको मध्यस्थता नमान्ने, पाकिस्तानको कुरा नसुन्ने, चीनको सुझाव नटेर्ने आदि इत्यादि कारणले गर्दा यो मामलामा भारत एक्लो पर्दै गएको तथा पाकिस्तान हावी हुँदै गएको स्पष्ट छ । चीनले त भारत, पाकिस्तान दुवैलाई साना राष्ट्रहरूको बाहुल्य रहेको दक्षिण एशियाको शान्ति नखलबल्याउन चेतावनीसमेत दिएको छ । भारतीय नजरले डे«गन भनिने चीन र अमेरिका दुवैलाई पाकिस्तानी हिमायती देख्ने गरेको छ । अहिले भारतले लगातार कश्मीरमा सैन्यशक्ति थपिरहँदा पाकिस्तानी प्रधानमन्त्री इमरान खानले यस्तो शङ्कास्पद गतिविधि नरोके परिणाम गम्भीर हुन सक्ने बताएका छन् । यस अघि पाकिस्तानमा पक्राउ परेका हवाई सेनाका भारतीय सैन्य कमान्डर अभिनन्दन सिंहप्रति देखाएको सदाशयतालाई विश्वले नै सैल्युट गरेको हो । खेलाडीबाट राजनीतितमा आएका इमरान भारतसँग सुलहको मनस्थितिमा देखिन्छन् भने हिमालयमा वर्षौ तपस्या गरेका मोदी युद्धको मुडमा देखिन्छन् । यस्ता कुरालाई लिएर भारतीय संसदमा पक्ष–विपक्षमा ठूल्ठूला बहस भइरहँदासमेत सत्ताधारी दल गल्न तयार छैन । जेहोस् अंग्रेजले छरेको बीउले नराम्रो गुल खिलाउला जस्तो लाग्छ, बाछिटा नेपालमा पनि पर्न सक्छ ।