प्रस, वीरगंज, १४ साउन/
आसमान नेपालद्वारा पर्सामा सञ्चालित बहिनी शिक्षाको लागि दिदी कार्यक्रम अन्तर्गत कक्षा ८ मा अध्ययनरत छात्राहरूलाई लक्षित गरेर अग्रेजीसमेत प्रविधिसँग जोड्नका लागि चारदिने आधारभूत तालीम शुरू भएको छ ।
डिएफआइ, भिएसओ र ब्रिटिश काउन्सिलको सहयोगमा आसमान नेपाल पर्साले ६ वर्षदेखि सञ्चालन गर्दै आएको बहिनी शिक्षाको लागि दिदी कार्यक्रम प्रभावकारी भएपनि मावि तहसम्म शिक्षा लिएकाहरूमा अंग्रेजी कमजोर देखिएपछि ब्रिटिश काउन्सिलको पहलमा अहिले अंग्रेजीसमेत प्रविधिबारे दक्ष बनाउने उद्देश्यले चार दिने तालीम आयोजना गरिएको आसमान नेपालका पर्सा संयोजक मुन्नीलाल बैठाले बताए ।
बालविवाह भएर ९ जना र एसइई परीक्षा दिएका ९५ जना आसमान नेपालबाट बाहिरिएपछि अहिले बाँकी २११ जना छात्राहरूलाई लक्षित गरेर तालीम दिइँदैछ । वीरगंजको होटल कुमु प्यालेसमा पर्सा जिल्लामा यो कार्यक्रम लागू भएको १२ विद्यालयबाट ५/५ जना छात्रा समावेश गरेर आधारभूत तालीम दिने काम भइरहेको छ ।
खेलकूद र बोलचालको माध्यमबाट अंग्रेजी बोल्न तथा छात्राहरूलाई कम्प्युटर, ट्याब्लेट चलाउन पनि आधारभूत तालीमद्वारा दक्षता प्रदान गरिंदैछ । ढककुल, प्रकाश थापा, सुमित्रा राई, गोपाल बस्याल, सुदीप न्यौपानेले प्रशिक्षण दिइरहेका छन् । तालीम लिएका पाँचजनाले विद्यालयमा १२/१२ जनाको समूह गठित एज ( इंगलिश एन्ड डिजिटल गल्र्स एजुकेशन) समुहलाई २ वर्षको अवधिमा प्रशिक्षित पार्नेछन् ।
अहिले कक्षा ८ का विद्यार्थीहरूलाई मात्र प्रशिक्षण दिइएको र उनीहरूले नै विद्यालयमा कक्षा ८–१० सम्मका एज समूहलाई आधारभूत तालीम दिनेछन् । आसमान नेपालले पर्सा जिल्लामा रहेको नेरामावि बर्वाछटैली, जनता मावि पकडिया बढनिहार, नेरामावि बढेर्वा हरपुर, शारदा मावि बहुअरी सुगौली, द्वारदेवी मावि अलौ, मुखदेव सुशीला मावि रामनगरी, जिल्ला उच्चाङ्गल रामदेव कलवार नमूना प्राविधिक विद्यालय पोखरिया, कालिप्रसाद लाखे मावि लंगडी, सुखई साह मावि भेडिहारी, रामचरित्र भगत मावि पकहामैनपुर र नेरामावि डकैला बहुअरीमा बहिनी शिक्षाको लागि दिदी कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
कक्षा ४/५ देखि विभिन्न कारणले विद्यालय भर्ना भएर जान छाडेका विद्यार्थीहरूलाई लक्षित गरेर सञ्चालित यो कार्यक्रमबाट पर्सा जिल्लाका ३२५ जनाले मावि तहसम्मको शिक्षा हासिल गर्दैछन् ।
प्रशिक्ष्Fक गोपाल बस्यालले चार दिने तालीम लिएका छात्राहरूलाई पुनः तीन–तीन महीनामा तालीम दिएर प्रशिक्षित पार्ने बताएका छन् ।