विपद् आयो भने जोखिम हुन्छ, हुन्छ । मानिस विवेकशील प्राणी भएकोले जोखिम आइपरेपछि राहतको कार्य गर्न सक्दछ, जोखिम हटाउन सक्दैन, जोखिम न्यूनीकरणका लागि क्रियाशील हुन सक्दछ । जोखिम न्यूनीकरण ध्येय हुनुहुँदैन, सकभर जोखिम ननिम्तियोस् भन्ने सत्प्रयास मानवीय धर्म हो । विपद् आउनै नदिनु मानिसको बुताको बाहिरको चीज हो, किनकि प्रायः विपद् दैवी हुने गर्दछ । तर दैवी विपद् पनि धेरै अंशमा मानिसले नै सिर्जना गरेको हुन्छ । मानिसले आज गरेको प्रकृति प्रतिकूल कामको परिणाम लामो समयपछि देखिने हुँदा, आपूmले नै गरेको गल्तीको परिणाम हो भन्ने ठान्दैन । यसमा मानव मनोविज्ञानले पनि काम गरिरहेको हुन्छ । किनकि मानिसले हत्तपत्त आप्mनो गल्ती स्वीकार गर्दैन । झन् धेरै पहिले गरेको गल्ती, त्यो पनि आफैंले नगरेको हुन सक्छ, पुर्खादेखि हुँदै आएको हो भने कसरी स्वीकार गर्ने ? तर स्वीकार गर्नुपर्छ । किनकि आजको वैज्ञानिक युगले धेरै प्राकृतिक विपदाहरूको सिर्जना मानिसले हजारौं वर्षदेखि गर्दै आएको गल्तीको परिणाम हो भन्ने साबित गरिदिइसकेको छ ।
आगलागी, बाढी–पहिरो, हुरी–बवण्डरको सिर्जना मानिस आफैंले नगरेको भए तापनि यस पछाडि मानिसको कुनै न कुनै त्रुटि स्पष्ट देखिन्छ । अब त यो पनि अनुसन्धानको विषय बनेको छ कि भूकम्प पनि मानवीय त्रुटिकै परिणाम त होइन ? किनकि मानिसले धरतीको असाध्यै दोहन गरेको छ । एउटा सामान्य उदाहरण हेरौं न १ पर्सा जिल्लामा केही वर्ष पहिले आर्टिजन कुवा देखा परेको थियो । मानिसले सित्तैको पानी ठानेर चौबीसै घण्टा पानी बगाइरहे । नतीजा के भयो भने आर्टिजन कुवाको आसपासको जमीन धस्यो । हामीले त अहिलेसम्म धरतीको गर्भ रित्तिनेगरी प्रकृतिको दोहन गरिसकेका छौं । खनिज पदार्थको रूपमा कोइना, पेट्रोलियम पदार्थ, विभिन्न धातुहरूको दोहन, संगमरमर, चुन–ढुङ्गा इत्यादिको दोहनले पृथ्वीको गर्भ रित्तिन थाल्यो । त्यो ठाउँ खाली भयो, खाली भएको ठाउँले सकेजति माथिको भार खेप्यो, नसकेपछि माथिको भाग ठूलो परिमाणमा खस्न पुग्यो र भूकम्प निम्तियो । यद्यपि यो अनुमान मात्र हो, अनुसन्धानबाट स्थापित भइसकेको छैन । पृथ्वीको पर्यावरण बिगार्ने काम मुख्यतः वन विनाशले गर्दा भएको हो भन्ने कुरा त स्थापित भइसकेको छ । यो विनाश कसले ग¥यो ?
हो प्रकृतिका यी साधनहरूको उपयोगविना मानिसले आप्mनो सभ्यता र संस्कृतिको जगेर्ना गर्न सक्दैन, यहाँसम्म कि आजीविकाको लागि पनि धौधौ पर्न सक्छ । प्रकृतिले पनि यी सम्पूर्ण संसाधनको निर्माण प्राणीहरूको अस्तित्व जोगाउनै का लागि गरेको हो । तसर्थ उपयोग र उपभोगबाट पन्छिन पनि सकिन्न । तर हेक्का के राख्नुपर्छ भने प्रकृतिबाट जे जति मात्रामा लिएका छौं, त्यो त्यतिकै मात्रामा फर्काउन पनि सकौं । एउटा रूख काटेका छौं भने कम्तीमा एउटा रूख रोपौं । धरतीभित्रको सामग्रीको दोहन गरेका छौं, त्यो ठाउँ भरिदिने पनि तत्परता राखौं । प्रकृतिसँग लिउँ, तर जति लिएका छौं, त्यति प्रकृतिलाई फिर्ता पनि गरिदिउँ । प्रकृति र मानवबीच यतिमात्र पनि पारस्परिक सहयोग कायम हुन सक्यो भने हामीले प्राकृतिक प्रकोपको वितण्डा बेहोर्नुपर्ने छैन । जोखिमको कारक प्रबल भएर देखिने छैन । जोखिमको कारक नै नरहेपछि जोखिम न्यूनीकरण आपसेआप हुनेछ । आगे देशका नीति–निर्माताहरूको मर्जी १