जीतलाल श्रेष्ठ, निजगढ, १५ साउन/
विप्लव नेतृत्वको नेकपाले गरेको नेपाल बन्दको असर निजगढमा बुधवार बिहानैदेखि प¥यो ।
बन्दका कारण निजगढका अधिकांश निजी, सरकारी, सामुदायिक विद्यालय बन्द भए् । लामो दूरीका सवारी साधन चलेनन् । बन्दले निजगढ नगरपालिकाको निजगढ, रतनपुरी, भरतगंजसिगौंलका विद्यालयहरूमा पनि असर पारेको छ ।
बन्दका कारण पूर्व—पश्चिम राजमार्ग भएर गन्तव्य जाने साना तथा ठूला सवारी साधन छिटपुटमात्र चलेको थियो । निजगढ हुदै रतनपुरी, भरतगंजसिगौंल, टाँगियाबस्ती चल्ने अटो, मयुरी रिक्सा छिटपुट चलेका थिए । बन्दका कारण बाहिरबाट यात्रु आउन नसकेपछि अटो रिक्सा चलाउनुको कुनै अर्थ नरहेकोले ग्यारेजमा थन्काएको चालकहरूले बताए ।
राजमार्ग आसापासका पसल, होटल व्यवसाय भने खुलेका थिए । यहाँका पसल, व्यवसाय सामान्य चलेको छ । बन्दको असर परेपनि कुनै अप्रिय घटना नभएको र प्रहरीले स्कटिङ्ग गरी सवारी साधन सञ्चालन हुन सहयोग गरेको इलाका प्रहरी कार्यालय, निजगढका प्रहरी निरीक्षक विक्रम लामाले बताए ।
बन्द आह्वान भएको बेलुकीदेखि नैं सुरक्षा व्यवस्था कडा पारिएकोले बारामा कुनै अप्रिय घटना नभएको जिल्ला प्रहरी बाराका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता रञ्जितसिंह राठौरले बताए ।