राधेश्याम पटेल, परवानीपुर, १४ साउन/
नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र, वीरगंजले गत आर्थिक वर्षमा अघिल्लो वर्षको तुलनामा ४६ करोड बढी विद्युत् महसुल उठाएको छ ।
आर्थिक वर्ष २०७४–०७५ मा ३ अर्ब ९ करोड ७७ लाख ५१ हजार २ सय ६३ रुपियाँ सङ्कलन भएको थियो भने आव २०७५–०७६ मा ३ अर्ब ५५ करोड ८३ लाख ९७ हजार ४३ सङ्कलन भएको वितरण केन्द्र प्रमुख मुनीन्द्र ठाकुरले बताए । उनका अनुसार सङ्कलित रकममा बिजुलीको महसुल र कारबाईबाट असुल उपर गरिएको रकम पनि समावेश छ ।
४५ हजार ग्राहक रहेको वीरगंजमा १ वर्षको अवधिमा ४६ करोड महसुल वृद्धिले अहिले देशभरकै १ सय १० वटा वितरण केन्द्रभन्दा बढी मुनाफा आर्जन गरेको नेपाल वीरगंज प्राधिकरणको आकलन छ । वितरण केन्द्रले रु ५ करोड ५३ लाख छुट बिलिङबाट र चुहावट नियन्त्रण गरेर २० करोड ६९ लाख ६२ हजार गरी करिब २६ करोड असुल उपर गरेको बताइएको छ ।
आर्थिक वर्ष २०७४–०७५ मा चुहावट दर १०.७३ प्रतिशतबाट आव २०७५–०७६ मा ४.९६ प्रतिशतमा झार्दा करीब रु २१ करोड नेपाल विद्युत् प्राधिकरणलाई फाइदा भएको वितरण केन्द्रका प्रमुख ठाकुरको भनाइ छ भने गत वर्ष वीरगंज पथलैया औद्योगिक करिडरका ८० वटा उद्योगमा भएको चुहावटको छुट बिलिङबाट रु ५ करोड ५३ लाख ११ हजार ६ सय ६५ असुल भएको छ । आव २०७४–०७५ मा ४७ वटा उद्योगमा चुहावट नियन्त्रण भएको हुँदा वितरण केन्द्रले कारबाई गर्दा रु ४८ लाख ५१ हजार असुल भएको थियो । साथै प्राधिकरणले थप २१ वटा उद्योगको फाइल मुख्यालय काठमाडौंमा पठाएको र त्यसबाट करीब ६० लाख ६६ हजार असुल गरिने अनुमान छ ।
वितरण केन्द्र, वीरगंजले आव २०७४–०७५ मा ३६ करोड ११ लाख ७३ हजार १ सय १६ युनिट प्राप्त गरी ३२ करोड २४ लाख ८ हजार २२ युनिट बिक्री गरेको थियो भने आर्थिक वर्ष २०७५–०७६ मा ३८ करोड ५४ लाख ७९ हजार ४ सय ५० युनिट प्राप्त गरी ३६ करोड ६३ लाख ७१ हजार ५ सय ६८ युनिट बिक्री गरेको जनाएको छ।