राधेश्याम पटेल, परवानीपुर, १५ साउन/
वीरगंज महानगरपालिका–३१ चोर्नीको टेढामा १० करोड रुपियाँको लागतमा एकीकृत कृषि फर्म शुरू गरिएको छ ।
वीरगंजका उद्योगी प्रकाश खण्डेलवाल र मनोज उपाध्यायको संयुक्त लगानीमा शुरू भएको कृषि फर्ममा दुई करोड लगानी भइसकेको छ । फर्मले करीब १० बिघा क्षेत्रफलमा अर्गानिक खेती तथा जडीबुटी खेती शुरू गरेको छ । प्रदेश नं २ कै नमूना एकीकृत अर्गानिक कृषि फर्म र जडीबुटी खेती तथा सङ्कलन केन्द्रको रूपमा विकास गर्ने लक्ष्यका साथ योजना अगाडि बढेको लगानीकर्ताहरूले बताएका छन् ।
भास्कर एग्रो इन्टिग्रेटेड फर्म नामकरण गरिएको उक्त फर्मले स्थानीय सम्भावनालाई अवसरमा बदल्नको लागि मार्ग प्रशस्त गर्ने विश्वास गरिएको छ । शुरूमा करीब डेढ बिघा क्षेत्रफलमा बेसार र १ बिघामा सजिवन खेती लगाइएको फर्मका सञ्चालक मनोज उपाध्याय बताउँछन् । उनले सो कृषि फर्ममा उत्पादन हुने सबै प्रकारका उत्पादन पूर्णरूपले अर्गानिक हुने बताए ।
उपाध्यायले भने–“हाम्रा दुईवटा लक्ष्य छन्, पहिले अर्गानिक खेती गरी सर्वसाधारणलाई स्वस्थ तरकारी बिक्री गर्ने, दोस्रो जडीबुडीको उत्पादन र सङ्कलन गरी बजार व्यवस्था गर्नु हो ।”
फर्मले १० बिघा जग्गा भाडामा लिएर आधामा तरकारी र आधामा जडीबुटी खेती गर्ने योजना बनाएको उनले बताए । उनले जडीबुटीमा केमोमाइल, मोरिगा (सजिवन), टरमरिक (बेसार), मेन्था, लेमनग्रासलगायत खेती गरी केमोमाइलको तेल निकाल्ने मेशिन पनि नेपाल भित्रिसकेको जानकारी दिए । ज्योति समूहले परवानीपुरमा लगानी गरेको १० करोड रुपैयाँको कृषि फर्म हिमाल एग्रिकल्चर प्रालि बन्द भएको अवस्थामा यति ठूलो लगानी थप्नु चुनौतीपूर्ण रहेपनि राम्ररी व्यवस्थापन गर्न सके लगानी नडुब्ने र समाजलाई एउटा नमूना देखाएर अगुवाइ गर्न पाउने उपाध्यायको धारणा छ । उपाध्यायले कृषि फर्म शुरू गर्नुभन्दा पहिले करीब १ वर्ष देश विदेशमा रहेका एकीकृत कृषि फर्मकोे अवलोकन गरी अध्ययन तथा विश्लेषण गरेको पनि बताए ।