विनोद गुप्ता
गत साप्ताह स्व. विपी कोइरालाको ३७ औं र स्व. पुष्पलाल श्रेष्ठको ४१ औं पुण्यतिथिको अवसरमा पाठशाला वीरगंजले नेपाली राजनीतिका तीन प्रखर चिन्तक–माओवादीतर्पmबाट श्रीराम कार्की, एमालेतर्पmबाट घनश्याम भुसाल (हुन त उहाँहरू दुवै नयाँ परिवेशमा नेकपा भइसकेका छन् ) र नेकातर्पmबाट प्रदीप गिरीको सहभागितामा नेपालमा समाजवादः एक विमर्श कार्यक्रमको आयोजना गरेको थियो । वीरगंजको नगरसभा भवन भनिने टाउनहल पार्टी प्यालेसमा आयोजित कार्यक्रममा मोटो सहभागिताले राम्रो आस जगाएको थियो । वीरगंजको लागि यो निकै राम्रो बौद्धिक प्रयास मानिनुपर्छ । यस कार्यक्रममा सबभन्दा पहिले आप्mनो मन्तव्य राम कार्कीले व्यक्त गरेका थिए ।
मन्तव्यको क्रममा उनले प्रारम्भमा नै वर्तमान राजनैतिक आर्थिक र सांस्कृतिक प्रणालीसँग आप्mनो असहमति भएको र वर्तमानभन्दा फरक समाज निर्माण गर्न सम्भव भएको आधारमा आप्mनो विचार राख्ने स्पष्ट गरेका थिए । हाम्रो समाजको संरचना ‘म’मा आधारित भएकोले यसमा प्रतिस्पर्धा छ, भेदभाव छ र असमानता छ भन्दै बुद्ध, गार्गी र मैत्रेयीले फरक समाजवाद बनाउने सोच राखेको तर पूर्वीय सभ्यताको समाज अलौकिक सोचले ग्रस्त भएकोले अगाडि बढ्न नसकेको तर पश्चिमाहरूले स्वप्नदर्शी समाजको परिकल्पना गर्दै अगाडि बढिरहेकोले उनीहरूको समाजमा प्रतिस्पर्धा, भेदभाव र असमानता नरहेको उल्लेख गरेका थिए । क्युबा र फिनल्यान्डको उदाहरण दिदै उनले त्यहाँ ‘हामी’ भन्ने सोचबाट समानताको समाज बनाउन अग्रसर भएकोले हरेकको प्रतिभाको पहिचान गरी अवसर प्रदान गर्ने प्रणाली विकसित गरिएकोले त्यहाँ प्रतिस्पर्धाविनाको समाजको निर्माण सम्भव भएको छ भने । नेपालको सन्दर्भमा चर्चा गर्दै उनले माओवादीको २१ औं शताब्दीको समाजवाद, एमालेको जबज र नेकाको प्रजातान्त्रिक समाजवाद ठीक थिएन वा त्यसलाई ठीक ढङ्गले अँगालिएन, प्रयोग गरिएन त्यसको गहन विश्लेषण हुनुपर्छ । माक्र्सवाद आपैmंप्रति आलोचनात्मक भएपनि यसका शिष्यहरू यसलाई अपरिवर्तनीय ठान्दछन् र वैचारिक राजनैतिक आधारमा दलभित्र गुट, उपगुटको निर्माण नगरी लाभको आधारमा निर्माण गर्ने परिपाटीले सिद्धान्त एकातिर र व्यवहार अर्कोतिर हुन पुगेको प्रसङ्ग राखे । समाजवादको अगुवाइ गर्ने प्रसङ्गको चर्चा गर्दै उनले कार्लमाक्र्सले सर्वहाराको उन्नतिबाट समाजवाद ल्याउने परिकल्पना गरेका थिए भन्दै नेपालमा नेपाली कांग्रेसले व्यवस्थासँग असन्तुष्टि राख्दै त्यसको परिवर्तनबाट समाजवाद ल्याउने, कम्युनिस्टले मजदूर, किसानको जागरणबाट समाजवाद ल्याउने र माओवादीले फौजी सङ्गठनबाट र मालेले वर्ग शत्रुको रगत बगाएर समाजवादको स्थापनाको लक्ष्य लिएको भएपनि विगतमा सम्पन्न चुनावपश्चात् सबै दलमा सङ्घर्षको चेतना हराएर सत्ताको चेतना जागृत भएकोले नेपालमा समाजवाद आउन नसकेको भन्दै नेपालमा समाजवाद स्थापनाको मूलमन्त्र शिक्ष्Fानीतिमा रहेको र यसको परिवर्तन जनचाहना अनुसार गरेर राज्य सत्तामा सबैको भागीदारी कायम गरेर समाजवादको लक्ष्यतर्पm अग्रसर हुन सकिने भएकोले क्युबाको शैलीमा जनचाहना अनुसारको नीति बनाई कार्यान्वयन गर्नुको विकल्प नभएको भन्दै आप्mनो भनाइ राखेका थिए ।
दोस्रो वक्ता नेकपाका घनश्याम भुसालले विचार र चिन्तनको हिसाबले समाजवाद सबैभन्दा राम्रो प्रणाली हो भन्दै सबैलाई समान दुःख र सुख हुनु नै समाजवाद हो भन्ने आप्mनो मान्यता भएको चर्चा गर्दै नेपालमा विशाल वैभवको सिर्जना भएको तर एक प्रतिशतसँग ९९ प्रतिशत बराबरको वैभव थुप्रिएकोले वितरणमा समस्या भएर समाजवाद कार्यान्वयन हुन नसकेको भनाइ राखेका थिए । उनले स्व. पुष्पलाल श्रेष्ठले नेपालामा दुई प्रतिशत साक्षर भएको बेला समाजवादको लागि शुरू भएको उनको अभियान आज ७० वर्षपछि पनि जहाँको त्यही छ । बर्सेनि ४०–५० लाख युवा रोजगारको लागि विदेशमा नारकीय जीवन बिताउन बाध्य भएको बताउँदै कम्युनिस्टहरूले दुईतिहाईको थेगो पाएको अवस्थामा पनि कुनै ताŒिवक अन्तर नभएको बताएका थिए । २००७ सालको क्रान्तिपश्चात् पनि बलियो जमीनदारी प्रथाले सामन्तहरूको प्रभावले स्थिर हुन सकेन भने अर्कोतर्पm विपीको विचारलाई उनकै पार्टीले बोक्न नसकेर पनि राजा महेन्द्रले २००७ सालमा कू गरेर सत्ता हात पारेको विश्लेषण गरे । नेकाले लागू गरेको भूमिसुधारलाई पञ्चायतले पंगु बनाएर आप्mनो सत्ता टिकाइराख्न सामन्तहरूलाई खुशी पार्न स्वदेशी उद्योग धन्दा विकास गर्ने बाटोमा नगएर बन्द व्यापार शुरू गरेर दलाल पूँजीवादको विकास गरियो जसलाई २०४६ सालको प्रजातान्त्रिक संविधानपछि स्थापित सरकारहरूले समेत निरन्तरता दिइरहे । यहाँसम्म कि कम्युनिस्टहरू पनि शासनमा गएर दलाल पूँजीवादसँगै आबद्ध हुन पुगे । राजनैतिकरूपमा समाजवाद आयो तर त्यसले आम जनताको जीवनलाई छुन सकेन । अहिले हामी एक खर्बको निर्यात र १२ खर्बको आयात गरेर उत्पन्न अन्तरलाई रेमिटयान्सको आम्दानीबाट धान्दैछौं ।
नेपालमा तीनथरीको पूँजीवादी वर्ग छ । पहिलो दलाल पूँजीपति हो जसले बन्द व्यापारबाट आर्जन गर्छ, केही टैक्स तिर्छ तर रोजगार दिंदैन । दोस्रो उत्पादनशील पूँजीपति हो जसले उद्योगधन्दा खोल्छ, रोजगार दिन्छ र टैक्स तिर्छ । यो राष्ट्रिय पूँजीवादी वर्ग हो, जुन दलाल पूँजीवादी वर्गको प्रभावले दबाबमा छ र असङ्गठित छ । समाजवादको लागि यसलाई अगाडि बढाउनुपर्छ तर सकिएको छैन । तेस्रो वर्ग हो– मध्यम वर्ग– यो वर्ग आपैm पनि काम गर्छ र अरूलाई पनि काममा लगाउँछ । यसबाहेक नेपालमा चालीस लाख सङ्गठित क्षेत्रका श्रमिकहरू छन् जो मुश्किलले बाँचिरहेका छन् । यस पछाडि सीमान्त श्रमजीवीको एउटा विशाल वर्ग छ । असङ्गठित क्षेत्रमा कमजोर अवस्थामा रहेका यिनीहरूलगायत श्रमिक, राष्ट्रिय उत्पादनशील पूँजीपति वर्गलाई उन्नतिको अवसर प्रदान गर्नुपर्दछ–समाजवाद स्थापनाको लागि । तर हाम्रो दुर्भाग्य के छ भने भ्रष्टाचार मिलाउने कुरामा हामीबीच सर्वदलीय सहमति हुन्छ तर समाजवाद स्थापना गर्ने कुरामा सहमति त के चर्चासम्म गर्न नभ्याइने भएकोले समाजवादको स्थापना हुन नसकेको हो ।
अन्त्यमा तेस्रो वक्ताका रूपमा आए नेकाका प्रदीप गिरी । उनले दुवै नेताको सादा जीवन र उच्च विचारको चर्चा गर्दै दुवैको योगदान अतुलनीय भएकोले उनीहरूको भनाइलाई मार्गदर्शनको रूपमा लिनुपर्ने भन्दै आजको विश्व परिवेश फरक भइसकेकोले उनीहरूको सिद्धान्तमा समेत समयानुकूल परिवर्तनको खाँचो रहेको बताए । सोभियत सङ्घको विघटन र विश्वव्यापीकरण दुवै नेताको मृत्युपश्चात्को घटना भएकोले यी दुवै महŒवपूर्ण घटनापछि माक्र्सवादको भौतिक सोचमा चेतना र नैतिकता समाहित नभएकोले सोभियत सङ्घको विघटन भएको आप्mनो बुझाइ प्रस्तुत गर्दै नेपालमा पार्टीको निर्माण भएको तर पार्टीले बलियो नागरिक समाज बनाउन नसकेकोले नेपालमा गणतन्त्रमा दल अनिवार्य भएपनि पर्याप्त नभएकोले नागरिक समाज अगाडि बढ्नुपर्ने तर्क राखेका थिए । विपी वा पुष्पलालको शास्त्रबाट नडराई नागरिकले आप्mनो स्थानबाट राजनैतिक हस्तक्षेप गर्नु नै समाजवाद हो भन्दै ‘जो डर गया वह मर गया’ यही नै समाजवाद भएको भनाइ प्रस्तुत गरेका थिए । स्व. पुष्पलाल सर्वहाराको अधिनायकत्व स्थापित गर्न सरिक थिए भने विपी संसदीय व्यवस्थालाई–त्वमेव माता च पिता त्वमेव
त्वमेव, बन्धुश्च सखा त्वमेव । त्वमेव विद्याः द्रविणम् त्वमेव, त्वमेव सर्वंमम देव देवः मान्नुहुन्थ्यो भने आजको सबै राजनैतिक दलले ‘त्वमेव सत्ता च द्रविणम् त्वमेवः’ मान्न थालेकाले समाजवादको स्थापना हुन नसकेको चर्चा गर्दै आपूmले आउँदो दिनमा नागरिक समाजको बढ्दो चेतनाले नेपालमा राजनैतिक दलको नेतृत्वमा नभई नागरिक समाजको अगुवाइमा अर्को आन्दोलन हुने देखिरहेको भनेर आप्mनो मन्तव्यको अन्तिम चरणमा हुँदा सभाहलका सहभागी नागरिकमध्ये करीब दुईतिहाई नाश्ताको अगुवाइ गर्न उठेर हिंडेको देख्दा भने अचम्म लागेको थियो ।
अत्यन्तै बौद्धिक स्तरको यो विमर्शबाट के बुझियो भने दुवै नेका र नेकपामा दुईवटा जमात स्पष्ट छ– एउटा सत्तामा बसिरहन छटपटाइरहेको छ भने अर्को समाजवादको लागि छटपटाइरहेको छ । तर सत्तामा बस्न इच्छुक समूह बलियो भएकोले परिवर्तनको वाहक बन्न खोजेको समूह निरीह भएर बसेको छ । यो समूह बलियो भएर सत्तामा पुगेर ‘त्वमेव द्रविणम चः सत्ता त्वमेवः’ बाट अछूतो रहन सक्यो भने मात्रै नेपालमा समाजवाद कार्यान्वयनको दिशामा उन्मुख हुन सकिनेछ । तत्कालै केही हुने सम्भावना भने छैन ।