$type=ticker$count=12$cols=4$cate=0

खोलामा तटबन्ध गर्न नैं व्यस्त निजगढ नगरपालिका, प्रदेश सरकार र केन्द्र सरकारको ध्यान गएन

SHARE:

प्रस, निजगढ, १३ साउन/
    यस वर्ष आएको बाढीले भत्काएको तटबन्ध निजगढ नगरपालिकाले केही दिन यतादेखि धमाधम बनाउने र मरम्मत कार्य गरिरहेको छ । निजगढमा लालबकैया खोलाले तटबन्ध कटान गर्दै बस्तीमा बाढी पस्ने प्रबल सम्भावना नजीकिएसँगै निजगढ नगरपालिकाले ग्रेभलको तटबन्ध निर्माणसँगै मरम्मत, सम्भार गरिरहेको हो ।
    पुर्णरूपमा तटबन्ध भत्किंदा निजगढ नगरपालिका–४, कछडियाटोल, खिलाटोल, बकैया टोल, बजार टोलका गरी १५ सयभन्दा बढी घर डुबान र जमीन कटानको चपेटामा पर्ने निजगढ नगर उपप्रमुख लीलादेवी लामिछानेले बताइन् ।
    अवनिश क्रसर नजीकैको तटबन्ध बाढीले पूरै खोल्न ३/४ मिटर मात्र बाँकी थियो । एक्साभेटर, टिपरको प्रयोग गर्दै सुरक्षाकर्मी, स्थानीय, उद्योगी, समाजसेवी सबै मिलेर रोकथामको उपाय गरे । जसका कारण बस्तीमा खोला पस्नबाट तत्काल जोगियो । त्यसै दिनदेखि निरन्तर तटबन्धका काम गरिरहेका छौ”—उनले भनिन् ।
    बकैया खोलामा राष्ट्रपति चुरे संरक्षण अन्तर्गत बनाइएका तटबन्ध पनि अधिकांश स्थानमा कटानमा परेको छ । खोला तर्फबाट बालुवा खन्दै तटबन्ध बनाइएकोले बाढीले क्षति पु¥याएको स्थानीयको भनाइ छ । १५ वर्ष अघि बनाइएको मोहोरी तटबन्धको निरन्तर मरम्मत–सम्भार नगर्दा कटानमा परेको निजगढ नगरप्रमुख सुरेशकुमार खनालले बताए ।
    “स्थानीय निकायले मात्र बकैया खोलामा तटबन्ध बनाउन सम्भाव छैन । प्रदेश सरकार, केन्द्र सरकारको सहयोग विना दीर्घकालीन तटबन्ध गर्न बजेट पुग्दैन”— उनले भने । तत्काल जानकारी गराउँदा प्राविधिक सहयोगसमेत नपाएको नगर प्रमुख खनालले बताए ।
    निजगढ नजीक चुरे भएर बग्ने लालबकैया खोलामा आएको बाढीले तल्लो तटीय क्षेत्र रौतहट विभिन्न स्थानका साथै गौरमा डुबानको समस्या हुने गरेपछि प्रदेश सरकार, केन्द्र सरकारको ध्यान उतैतिर केन्द्रित भएको भन्दै माथिल्लो तटीय क्षेत्रमा पनि सरकारको ध्यान जानु पर्ने नगरप्रमुख खनालले बताए ।
    बाढीले करीब चार दशक अघि तत्कालीन सोभियत सङ्घले महेन्द्र राजमार्ग निर्माणसँगै बकैया पुल बनाउँदा निर्माण गरेका पक्की ड्याममा समेत बाढीले क्षति पु¥याएको छ । जसले गर्दा बकैया पुल उच्च जोखिममा छ । निजगढमा रहेका अधिकांश क्रसर उद्योगका कारण नदीजन्य वस्तु ढुङ्गा, ग्रेभल, बालुवाको जथाभावी उत्खनन, सङ्कलन, दोहनका कारण बाढीले तटबन्ध, ड्याममा क्षति पु¥याएको हो ।
    यसरी बस्ती मात्रै जोगाउने उद्देश्यले बनाइने तटबन्धले वर्षायाममा आउने बाढीले बकैयाखोला पारी वन क्षेत्रमा बर्सेनि कटान गरिरहेको छ ।
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : खोलामा तटबन्ध गर्न नैं व्यस्त निजगढ नगरपालिका, प्रदेश सरकार र केन्द्र सरकारको ध्यान गएन
खोलामा तटबन्ध गर्न नैं व्यस्त निजगढ नगरपालिका, प्रदेश सरकार र केन्द्र सरकारको ध्यान गएन
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEiQCUuzJHowedx1QFeQGZt6O2erYzNQHze3CtIOFaurqe9QolnOOhgGRSaBsSHP1QiZPyLo2aVAoQyDvvChE2KFweJ3gBth05pd__Bgnkvg9ZetZudvNrOd2ZIqxPKPs4HQkgj87V1wequX/s200/bakaiya+khola.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEiQCUuzJHowedx1QFeQGZt6O2erYzNQHze3CtIOFaurqe9QolnOOhgGRSaBsSHP1QiZPyLo2aVAoQyDvvChE2KFweJ3gBth05pd__Bgnkvg9ZetZudvNrOd2ZIqxPKPs4HQkgj87V1wequX/s72-c/bakaiya+khola.jpg
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2019/07/blog-post_715.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2019/07/blog-post_715.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy