श्रीमन्नारायण
नेपाल र भारत परमपरागत छिमेकी राष्ट्र हुन् । दुई देशका जनताबीचको सम्बन्ध यसका इतिहासभन्दा पनि पुरानो छ । नेपाल र भारत दुई यस्ता दक्षिण एशियाली मित्रराष्ट्र हुन्, जसलाई भूगोल र इतिहास दुवैले एशियाको मानचित्रमा गाँसिदिएको छ । खुला सिमाना, धार्मिक, सांस्कृतिक राजनीतिक र आर्थिक सम्बन्धले हामी बीचको मित्रतालाई अझै बढी प्रगाढ बनाएको छ । अर्को शब्दमा भन्नुपर्दा यी दुई देशबीचको भौगोलिक सन्निकटता, आर्थिक अन्तर्सम्बन्ध र सामाजिक सांस्कृतिक आदानप्रदान आदिका कारण यो आपसी सम्बन्ध राज्यस्तरमा मात्रै सीमित नभई जनस्तरमा समेत गहिरो र फराकिलो रहेको छ । यस बहुआयामिक सम्बन्धलाई थप प्रगाढ बनाउन दुवै देशका सरकार, जनता र सामाजिक सङ्घसंस्थाहरू समेतले आआप्mनो स्तरबाट हरसम्भव योगदान र सहयोग गर्दै आएका छन् । हालै राजधानी काठमाडौंमा पुष्पलाल स्मृति प्रतिष्ठानद्वारा एउटा विचार गोष्ठीको आयोजना गरी दुवै देशको सम्बन्धलाई दुवै देशका जनताको तथा राष्ट्रको हितमा उपयोगी बनाउन दुवै देश सहमत देखिए ।
गोष्ठीमा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले छिमेकीको चासो बुझेर राष्ट्र हितमा केन्द्रित भई गहन सहकार्यको आवश्यकतामाथि जोड दिंदै घनिष्ठ सम्बन्धमा उतारचढाव आउने भएपनि मित्रता पनि उत्तिकै रहने भएका कारण उदाउँदो शक्ति राष्ट्रबाट अधिकतम लाभ लिन जोड दिए । उनले भारतसँग सदीयौं देखिको निकटताबाट नेपालले अधिकतम फाइदा अझै लिन नसकेकाले यसमा ध्यान दिन आवश्यक रहेको सुझाव दिएका छन् । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले देशको समृद्धिका लागि भारतसँग सहकार्यमा जोड दिएर सरकार अघि बढेको बताउँदै दुवै देशको सम्बन्धका राम्रो पक्ष भनेको एकले अर्काको संवेदनशीलतालाई बुझ्ने नै हो । दुई देश अन्तर्सीमा अपराध र अन्य अवाञ्छित गतिविधिमा ध्यान दिएर अझै अन्तक्र्रियात्मक बनाइएको तथा यस्ता घटना रोक्न दुवै देशबाट भएका प्रयासहरूलाई सराहनीय मानिएको छ ।
नेपालका लागि भारतीय राजदूत मन्जिभसिंह पुरीले दुई पक्षीय सम्बन्धबारे पावर पोइन्ट प्रस्तुत गर्दै नेपाल–भारत सम्बन्ध सुदृढ र परिष्कृत भएको बताए साथै सानातिना विवाद र उतारचढावले हल्लिने सम्बन्ध नभएकोले विकासमा सहकार्य गर्दै अघि बढ्न जोड दिए । उनले ९ महिनामा नेपालबाट भारततर्फ करीब ३२ प्रतिशत निर्यात बढेको र अझै बढाउनुपर्ने बताए । नेपालको समृद्धिमा भारत र त्यहाँका व्यापारी जस्तोसुकै सहयोग गर्न पनि तयार रहेको बताउँदै उनले व्यापार, पारवहन, लगानी, पर्यटन, संस्कृति, शिक्षा, विकाससहितका क्षेत्रका भारतीय सहकार्य अघि बढेको समेत जानकारी दिए ।
मित्रताको मापदण्ड लेनदेन मात्रै हुन सक्दैन । मित्रतामा समानता, प्रेम, सहकार्य, सहयात्रा र सुमधुर सम्बन्ध आवश्यक हुन जान्छ । एक असल मित्रले आप्mनो मित्रको कहिल्यै कुभलो चित्ताउने सोच्न सक्दैन । मित्रताको उपरोक्त मापदण्ड एउटा व्यक्तिको हकमा मात्रै होइन, अपितु एउटा राष्ट्रको हकमा पनि लागू हुन्छ । प्रायः दुई राष्ट्रबीचको सम्बन्धमा दुवै देशको अर्थिक हित सर्वोपरि हुने गर्दछ तथा सरकार र सरकारबीच नै सम्बन्ध कायम भएको हुन्छ । तर नेपाल र भारतबीचको सम्बन्ध विश्वका अन्य देशजस्तो छैन । विश्वका प्रायः सबैजसो देशहरू एक अर्का देशको सरकारसित सम्बन्ध कायम गरेका हुन्छन् तर नेपाल–भारत सम्बन्ध जनस्तरमा कायम छ । वि.सं. २००७ सालमा नेपालमा प्रजातन्त्रको स्थापनाका लागि भारतले राणा सरकारको विरोधमा आन्दोलनकारी शक्तिहरू तथा राजा त्रिभुवनलाई साथ दिएको थियो फलस्वरूप नेपालमा प्रजातन्त्र स्थापना भयो । पञ्चायतको ३० वर्षमा विश्वका सबै देशहरूले पञ्चायती व्यवस्थालाई समर्थन गरेका थिए तर भारतले भने नेपालका लोकतन्त्रवादीहरूलाई आप्mनो देशमा राजनीतिक शरण तथा आश्रय दिएको थियो । वि.सं. २०५९ सालको शाही कदम पश्चात् पनि नेपालमा लोकतन्त्रवादीहरूलाई भारतलै नै सहयोग गरेको थियो । अर्थात् भारतले नेपालको वैधानिक सत्तालाई महŒव दिनुका साथै लोकतन्त्रवादीहरूलाई पनि आप््mनो देशमा आश्रय दिन कन्जुस्याइँ गरेन ।
ती सबका बावजूद नेपाल–भारत सम्बन्धको अवस्था उत्साहप्रद रहेन । वि.सं. २००७ सालदेखि नै नेपाल–भारत सम्बन्ध विचित्र अवस्थामा छ । दुई देश बीचको सम्बन्धमा नेपालको राष्ट्रवादलाई असङ्गति तथा समस्याको रूपमा प्रस्तुत गर्ने काम भइआएको छ । खासगरी लोकतन्त्रको स्थापनापछि देशका केही बुद्धिजीवी तथा पञ्चायतकालमा र त्यसपछिका दिनमा राजावादीहरूले यसमा मलजल गर्दै आएका छन् ।
नेपालका प्रमुख राजनीतिक दलले सहज अवस्थामा सकभर भारतलाई रिझाउने र सत्ताबाहिर गएपछि भारतलाई खलनायकको रूपमा प्रस्तुत गर्ने कार्य गर्दै आएका छन् । भारतलाई नेपालको भलो चित्ताउने मित्रराष्ट्रको रूपमा मान्नेहरू पनि छन् । यस अन्तर्विरोधले जनस्तरमा जुन शिक्षा दिएको छ त्यसको परिणाम हो अहिलेको परिस्थिति । समय–समयमा नेपालमा भारत विरोधी जनमत सृजना हुनुको मुख्य कारण एकपक्षीय बुझाइ नै हो ।
नेपाल भारतबीच कूटनीतिक सम्बन्ध कायम भएको झन्डै सात दशक बितिसकेको छ । तर यस लामो अवधिलाई हामीले खेर फाल्यौ । यस अवधिमा त संसारका धेरै देश विकसित पनि भइसके । तर हामीले भारतसँग विश्वासको वातावरण पनि बनाउन सकेनौं । भारतसित नेपालको सम्बन्ध कहिल्यै खराब पनि भएन तर धेरै राम्रो पनि रहेन ।
मित्र फेर्न अथवा रोज्न सकिन्छ तर छिमेकी रोज्न सकिदैन भन्ने शाश्वत मान्यतालाई बिर्सेर हामीले परराष्ट्र नीति सञ्चालन ग¥यौं । भारत र चीनजस्तो विश्वका उदाउँदा शक्ति राष्ट्रबीच अवस्थित नेपालले दूरदर्शी कूटनीति सञ्चालन गर्न सकेन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पाँच वर्ष अघि नेपाल आउँदा भनेका थिए–हामी नजीक–नजीक त छौं साथ–साथ हुनु पनि आवश्यक छ । भूगोलको राम्रारी सञ्चालन गर्न र उपयोग गर्न नजानेका देशहरूले प्रगति गर्न सक्दैनन् । भारतसँग रहेको परम्परागत बहुआयामिक सम्बन्धलाई नेपाली जनताको हितमा सदुपयोग गर्न सक्नुपर्दछ । परस्पर विश्वासमा आधारित सम्बन्धले दुवै देशको भलो गर्नेछ । नेपालको आर्थिक, सामाजिक एवं राजनीतिक विकासमा भारतले गरेको सहयोगलाई बिर्सिदिने समय आएको छैन ।
परराष्ट्र मामिलाा सञ्चालनमा अघि बढ्दा देखावटीपन अति उत्साह र अति निराशा जोखिमपूर्ण हुने गर्छ । व्यक्तिगत अथवा पार्टीगत हित एवं प्रतिष्ठाको आधारमा परराष्ट्र नीति सञ्चालन हुन सक्दैन । जोश तथा आवेशमा आएर कुनै एउटा मित्र राष्ट्रको पक्षमा उभिने तथा अर्कोको विरोध गर्ने काम हुनुहुँदैन । आशङ्काको भरमा मित्रराष्ट्रसितको सम्बन्ध बिगार्ने काम गर्नुहुँदैन । राष्ट्र वा परराष्ट्रसम्बन्धी नीतिको मुख्य आधार जनता वा राष्ट्र हुनुपर्दछ । राष्ट्रको अर्थतन्त्र हुनुपर्दछ ।
विश्वका सबै देश समान छन् तर कतिपय कारणले केही देश खास अथवा विशेषपनि छन् । जनसङ्ख्या, क्षेत्रफल, अर्थतन्त्र, सैन्य क्षमता, सम्पन्नता एवं समिृद्धिको कारण कतिपय देश विशिष्ट महŒव पनि राख्दछन् । अन्तर्राष्ट्रिय एवं क्षेत्रीय मञ्चहरूमा पनि विकसित र सम्पन्न देशहरूको भूमिका निर्णायक तथा महŒवपूर्ण हुने गर्दछ । आर्थिकरूपले सम्पन्न देश विस्तार–विस्तारै सबै क्षेत्रमा बलियो साबित भइहाल्छ तर आर्थिक रूपले कमजोर देशको महŒव हुँदैन । वर्तमान विश्व राजनीतिमा बढी लगानी गर्ने तथा बाँकी रोजगार दिने देशको महŒव बढी हुने गर्दछ । दाता राष्ट्रको महŒव हुने गर्दछ । परराष्ट्र नीति सञ्चालनमा भूगोलको सही उपयोग नगरे परिणाम सकारात्मक आउन सक्दैन । भारत र चीन हाम्रा छिमेकी राष्ट्र हो । अमेरिका, जापान, बेलायत र युरोपेली सङ्घका राष्ट्रहरूसित पनि नेपालको राम्रो सम्बन्ध रहिआएको छ । तथा उपरोक्त राष्ट्रहरू हाम्रो विकासमा महŒवपूर्ण सहयोगी साबित भएका छन् । एउटा राजनीतिक दलको सम्बन्ध विश्वका कुनै पनि देशको राजनीतिक दलसित अथवा समान विचारधारा भएका राजनीतिक दलहरूसित हुन सक्दछ तथा परराष्ट्र सम्बन्धको निर्धारण व्यक्ति अथवा दलको हितलाई ध्यानमा राखेर गरिंदैन । त्यहाँ देश र जनताको हित सर्वोपरि हुने गर्दछ । नेपालका राजनीतिक दलका नेताहरूले अथवा कुनै राजनीतिक दलले उत्तर कोरिया, क्युबा, भेनेजुएलालगायत देशको पक्षमा विज्ञप्ति जारी गर्नुको अर्थ आप्mनो सरकार र देशलाई अप्ठ्यारोमा पार्नु हो । नेपालका राजनीतिक दलका नेताहरूले आपूmलाई देशभित्रकै राजनीतिमा बढी केन्द्रित गर्दा देश हितमा हुनेछ । परराष्ट्र मामिला हेर्न जिम्मा परराष्ट्रमन्त्रीको हो र सरकारको हो ।
अन्तर्राष्ट्रिय सम्बन्धमा नवीन दृष्टिकोण देखापरेका र राष्ट्र–राष्ट्रबीच सम्बन्धमा पनि आर्थिक कूटनीतिले प्रमुखता पाउन लागेको सन्दर्भमा हामीले पनि सोही अनुसार नीति बनाउनु आवश्यक छ । राष्ट्रिय हित र राष्ट्रिय सुरक्षाका प्रश्न, बाह्य सम्बन्ध सञ्चालनका पक्ष, दलीय सोच, मान्यता भन्दा माथि उठेर साझा सोच र मान्यताका साथ अघि बढ्नुपर्दछ । हामीले हाम्रो सरकारमाथि पूरा विश्वास राख्नुपर्दछ । सुरक्षाको प्रश्न, बाह्य सम्बन्ध सञ्चालनका पक्ष, दलीय सोच, मान्यताभन्दा माथि उठेर साझा सोच र मान्यताका साथ अघि बढ्नुपर्दछ । हामीले हाम्रो सरकारमाथि पूरा विश्वास राख्नुपर्दछ । एउटा जननिर्वाचित लोकतान्त्रिक सरकारले लिने निर्णय देश र जनताको हितमा नै हुनेछ । छिमेकी राष्ट्रहरूसितको सम्बन्धलाई कहिल्यै पनि सडकमा सदनको राजनीतिक हतियार बन्न दिनुहुँदैन । सङ्कीर्ण राष्ट्रवादले देशको भलो गर्न सक्दैन । नेपाल–भारतबीच परस्पर अन्तर्निर्भरता, विश्वास, पारस्परिक लाभमा आधारित बाहेक सम्बन्धको विकल्प छैन । परस्पर विश्वास सहयोग एवं सद्भावमा आधारित यस सम्बन्धमाथि शङ्का गर्नु ठीक होइन ।