प्रस, पर्सागढी, १५ साउन/
पर्सागढी नगरपालिकाले एक कार्यक्रमको आयोजना गरी आर्थिक वर्ष २०७६–०७७ को बजेट नीति तथा कार्यक्रम सार्वजनीक गरेको छ ।
मेयर लोकनारायण यादवले आर्थिक वर्ष ०७५–०७६ मा लोटहा सिंचाइ आयोजना, सिंघाही सिंचाइ आयोजनालगायत महŒवपूर्ण कार्य गरेको र सो काम अहिले पनि जारी रहेको जानकारी गराएका थिए ।
वडामा नाला, सडक, मन्दिर, पोखरी, स्वास्थ्यचौकी, नदी नियन्त्रण, तटबन्ध, राष्ट्रपति चुरे संरक्षणलगायत पर्यटन, खेलकूद, पोषणजस्ता कार्यक्रम सञ्चालन गरेको जानकारी गराएका थिए । आर्थिक वर्ष २०७६–०७७ मा ६० करोड ५९ लाख रकम विनियोजन भएको जानकारी गराए ।
वित्तीय समानीकरणतर्पm १२ करोड, राजस्व बाँडफाँटमा ९ करोड, सशर्त अनुदान १३ करोड, सवारीसाधन कर ६२ लाख, आन्तरिक स्रोत १ करोडलगायत जम्मा ६० करोड ५९ लाख २८ हजारको रकम विनियोजित गरेको जानकारी गराएका थिए ।
कार्यक्रममा उपमेयर अर्चना चौधरी, कार्यकारी अधिकृत कृष्ण चापागाईलगायतले मन्तव्य व्यक्त गरेका थिए । सार्वजनिकीकरण कार्यक्रममा वडा अध्यक्ष, जनप्रतिनिधिलगायतको उपस्थिति थियो ।