कुमार रुपाखेती
मह जोडीलाई नेपालमा सर्वश्रेष्ठ हास्यव्यङ्ग्य जोडी मानिन्छ । मह जोडी अर्थात् मदन कृष्ण र हरिवंश आचार्य । त्यसो त एक जमानामा सन्तोष पन्तहरूले पनि पेट मिचिमिचि हसाउँथे दर्शकहरूलाई । अचेल नेपालमा थुप्रै यस्ता हास्य कलाकारहरू छन्, जसले दर्शकलाई हसाएर लोटपोट पार्दछन् । कलाकार त कलाकार अचेल त सङ्घीय सरकार अन्तर्गत डिभिजन सडक कार्यालयसमेतले जनतालाई हँसाउन थालेको छ । सडक विभागले अस्ति २०७६/३/७ गते शनिवार भन्सारदेखि दामेचौर मकवानपुरसम्म त्रिभुवन राजपथ तथा महेन्द्र राजमार्ग अन्तर्गतको बाराको धन्सार पुलदेखि लोथर मकवानपुरसम्म राजमार्गको दायाँ–बायाँ २५/२५ मिटर सीमाभित्र बनेका संरचना भत्काउन, हटाउन अन्तिम सूचना जारी गरेको थियो । यस्तै सूचना सडक डिभिजन कार्यालय हेटौंडाले २०६९ भदौ १५ गते अर्थात् आजभन्दा झन्डै ७ वर्षअघि पनि जारी गर्दै यस क्षेत्रमा हडकम्प मचाएको थियो । यस ७ वर्षको अवधिमा सडक विभागले पटकपटक गरी ६ पटक यस्तो सूचना जारी गरिसकेको छ । एकैखाले यस्तो सूचना बर्सेनि पढेर हास्य रसको निश्शुल्क मजा लिन नेपालमा बाहेक अन्यत्र कहाँ पाइन्छ र ?
सबैलाई थाहै छ, वीरगंजको मूल सडक (मेनरोड)मा वीरगंजका धनाढ्य, उद्योगपति, व्यापारीहरूको बाक्लो बसोबास छ । सडक विभागको यस्तो सूचनाले मेनरोडका बासिन्दाहरूलाई बर्सेनि केही समयसम्म ४४० भोल्टको झटका लाग्ने र मत्थर हुने क्रम जारी छ ।
धेरैअघि मदन कृष्ण र हरिवंशले विज्ञापन नामक हास्य नाटक प्रदर्शन गरेका थिए, जसमा हास्य र व्यङ्ग्य विधा कुटिकुटी भरिएको थियो, नाटक हेर्ने जो कोही पनि उनीहरूको कलाकारिताले प्रभावित हुन्थे र पेट मिचिमिचि, मरिमरि हाँस्दै नाटकको मजा लुट्दथे ।
२०६९ सालदेखि नै सडक विभागले बर्सेनि लाखौं खर्चेर राष्ट्रिय दैनिकहरूमा सडक विस्तार विज्ञापन प्रकाशित गर्छ र त्यो विज्ञापन पढेर पेट मिचिमिचि हाँस्ने महानगरवासीमध्ये एकजना म पनि हुँ । राष्ट्रिय राजमार्गको एउटा मापदण्ड हुन्छ र सडक विाभगलाई नै यो मापदण्डबारे यकिन छैन, होइन भने एउटै विषयवस्तुको विज्ञापन घरीघरी गरेर राष्ट्रिय ढुकुटी किन रित्तो पार्दैछ ।
जहाँसम्म वीरगंजको सवाल छ, यहाँका मेयर सरावगीको दोधारे नीति पनि सडक विस्तारमा बाधक बनेको चर्चा छ । कसैले भन्छन् मेयर सरावगीले नै प्रधानमन्त्रीलाई वीरगंजको सडक २५/२५ मिटर चौडा पार्न, घरटहरा भत्काउन अनुरोध गरे रे ? कोही भन्छन् बसिसकेको, जमिसकेको वीरगंज शहरलाई उचित मुआबजा नपाएसम्म मेयर सरावगी भत्काउन नदिने भन्छन् रे ? त्यसो त अचेल सरावगीबारे नानाथरी, नानाभाँतीका कुरा सुनिन्छन् बजारमा । तर जनताको रगतपसिनाको करको पैसाले दुई करोडको गाडी चढ्ने लालसा राख्नेले त्यही हैसियतको सडक विकासमा अवरोध किन गर्ने ? वीरगंजको मेनरोड फराकिलो हुनु पनि वीरगंजकै विकास हो नि १
तर जे भएपनि सडक विभागको सूचनाले वीरगंजमा तरङ्ग ल्याएको छ । मेनरोडका १० प्रतिशतभन्दा पनि कम घरमालिकले घरबहाल कर तिर्दछन् । घरबहाल कर त परै जाओस् घरअगाडिको नाला र फुटपाथमा पसल थाप्न लगाएर भाडा असुल्ने पनि यहींको मेनरोडमा भेटिन्छन् ।
यस्तो सूचनाले एकातिर विकासप्रेमी वीरगंजेली खुशी हुन्छन् भने मेनरोडका घरधनी नून खाएर झोक्राएको कुखुरा बन्छन् । घरटहरा हटाउने सूचना टाँय–टाँय फिस्स भएपछि मेनरोडवासी टाठाबाठा देखिन्छन् भने विकासप्रेमीहरू खिस्रिक्क देखिन्छन् ।
अचेल धेरै वीरगंजवासीले यस्तो सूचनाले आमनागरिकसँग खेलाँची अथवा मजाक गर्न थालेको आभास गर्न थालेका छन् भने केही नगरवासी सडक विभागको यस्तो सूचनाले आपूmलाई मनोरञ्जन दिने गरेको बताउँछन् । अहिले वीरगंजका गल्ली र चिया पसलहरूमा वीरगंज बजार टुट्ने अथवा नटुट्ने भन्नेहरूबीच लाखौंको बाजी (सट्टा) लाग्न थालेको छ ।
सबभन्दा हाँसोको कुरा– यो अन्तिम सूचना हो रे १ यो अन्तिम सूचना हो भने यसअघिका ६ वटा सूचना मनोरञ्जनको लागि थियो त ? यस्तो मनोरञ्जनपूर्ण सूचनाले गर्दा मेनरोडका घरजग्गाको बिक्री नहुने, बैंकहरूले ऋण नदिने, राम्रो व्यापारीले घर भाडामा नलिने, सधैं मानसिक यातना र त्रासमा बस्नुपर्ने भएकाले अब मेनरोडवासी पनि यसको हाइफाइ होस् भन्ने चाहन्छन् । सधैंभैंm यस्ता सूचना हात्ती छि¥यो, पुच्छर अड्क्योमा परिणत हुने, सडक विभागको सूचनाको खिल्ली उडाउने, घरधनीको निद्रा हराम गर्ने माध्यम मात्र बनेको छ ।
त्यसैले हास्यव्यङ्ग्य र मनोरञ्जनको शैलीमा प्रस्तुत हुने यस्ता सरकारी सूचनालाई आमजनताले हँसिमजाकको रूपमा नलिऊन्, आमनागरिकले सरकारी सूचनालाई भरपर्दो र विश्वासिलो ठानून् र यसका लागि सरकारमा एकलव्यजस्तो आँट र महाभारतकै अर्जुनझैं एकाग्रता जरुरी छ ।
होइन भने मच्चियो, मच्चियो, थच्चियो त ओली सरकारको विशेषता नै हो । अस्तु ।