प्रस, परवानीपुर, १५ साउन/
बारा, परसौनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रञ्जीतकुमार यादव बितेको १६ दिनदेखि मोबाइल अफ गरी सम्पर्कविहीन भएका छन् । उनी असार ३१ गतेदेखि कार्यालयमा आएका छैनन् । उनले मोबाइलको स्वीच अफ गरेका छन् । कार्यकारी अधिकृत सम्पर्कविहीन भएपछि गाउँपालिकाको कामकारबाही प्रभावित भएको गापाका अध्यक्ष भोला कलवारले बताए ।
असार ३० गतेसम्म कार्यालयको कामकाज गरी असार ३१ गतेदेखि कार्यालय नआएको र पछि सम्पर्क गर्दा उनको मोबाइल अफ भएको पाइएको अध्यक्ष्F कलवारले बताए ।
गापाको विकास खर्चबाट विभिन्न उपभोक्ता समितिलाई १ करोड ९० लाख र बाँकी सामाजिक सुरक्षा तथा सशर्त करीब ५ करोड रुपियाँ हालसम्म भुक्तानी दिन नसकिएको गाउँपालिका अध्यक्ष कलवारको भनाइ छ ।
उनले भने– “दिनहँु दर्जनौं व्यक्तिको भुक्तानीको लागि फोन आइरहेको छ, उनको पत्ता लागिरहेको छैन, अर्कोतर्पm मन्त्रालयमा पहल गर्दा अर्को प्रशासकीय अधिकृत पनि पठाइएको छैन ।” परसौनी गाउँपालिका–१ नकटुवाको सडक ढलान उपभोक्ता समितिका अध्यक्ष लालबाबू मुखिया बिनले आपूmहरूले सडक ढलान, खडन्जा, चापाकल जडानलगायत करीब २० लाख रुपियाँ लिन बाँकी रहेको बताए । उनले बिल बुझाएको तीन साता बितिसक्दा पनि भुक्तानी नपाउँदा समस्या भएको बताए ।
योजनामा लगानी गरेको पैसाको ब्याज तिर्दा हैरान भइसकेको उपभोक्ता समितिका सदस्य ललीन्द्र पटेलले गुनासो गरे ।
उपभोक्ता समितिका पदाधिकारीहरूले अध्यक्ष र कार्यकारीबीच कमिशनको कुरा नमिल्दा गाउँपालिकाको कामकाज प्रभावित गरी कार्यकारी फरार भएको आरोप लगाउँदै त्यसको सम्पूर्ण जिम्मेवारी गाउँपालिका अध्यक्षले लिनुपर्ने बताएका छन् ।