राधेश्याम पटेल, परवानीपुर, १२ साउन/
वीरगंजमा एउटै स्थलबाट तीनवटा कार्यालयको राजस्व सङ्कलन हुने गरेको छ ।
अञ्चल यातायात व्यवस्था कार्यालय वीरगंज (सवारी), यातायात व्यवस्था कार्यालय नारायणी सवारी चालक अनुमतिपत्र (लाइसेन्स) र आन्तरिक राजस्व कार्यालय, पर्साको राजस्व वीरगंज महानगर प्रतिमा चोकबाट सङ्कलन हुने गरेको छ । तीनवटै कार्यालयको गत वर्षको राजस्व सङ्कलन करीब साढे ४ अर्ब छ । कार्यालयका कम्प्युटर अपरेटर प्रकाश झाका अनुसार आर्थिक वर्ष २०७५–०७६ मा आन्तरिक राजस्व कार्यालय, वीरगंजले ३ अर्ब २० करोड १३ लाख ४१ हजार ८ सय १५ राजस्व सङ्कलन गरेको छ । त्यसैगरी अञ्चल यातायात व्यवस्था कार्यालय (सवारी) तर्फ १ अर्ब १३ करोड १४ लाख ६८ हजार ३ सय ३० र यातायात व्यवस्था कार्यालय(लाइसेन्स) तर्फ १२ करोड २८ लाख २१ हजार गरी कुल ४ अर्ब ४५ करोड ५६ लाख ३१ हजार १ सय ४६ रुपियाँ राजस्व सङ्कलन भएको छ ।
यातायातको लाइसेन्स कार्यालयले लाइसेन्स दर्ता, नवीकरणलगायत शीर्षकमा सेवाग्रहीबाट शुल्क तथा राजस्व उठाउँछ भने यातायता व्यवस्था कार्यालय (सवारी) शाखाले सवारी साधनको दर्ता, नामसारी, सवारी धनी पूर्जा (ब्लूबूक) को प्रतिलिपि, जाँचपास शुल्क तथा रोड परमिटलगायत शीर्षकमा राजस्व उठाउने गरेको छ । त्यसैगरी आन्तरिक राजस्व कार्यालय, वीरगंजले सडक सम्भार दस्तुर शीर्षकमा शुल्क लिने गरेको छ ।
यी तीनवटै कार्यालयको राजस्व दाखिला ग्लोबल आइएमई बैंकको एक्सटेन्शन काउन्टरमार्फत हुने व्यवस्था छ । हाल यातायात व्यवस्था कार्यालय (सवारी) वीरगंजबाट नारायणी, जनकपुर, सगरमाथा अञ्चलको नम्बर प्लेट लिएको सवारी साधनको मात्र सेवा उपलब्ध छ । विगत दुइ वर्षदेखि वीरगंज यातायात कार्यालयबाट सङ्घीय सरकारलाई करीब ३ अर्ब रुपियाँ राजस्व गएको छ । सोही कार्यालयले प्रदेश नं.२ प्रदेश सरकारलाई बितेको बर्ष १ अर्ब १३ करोड राजस्व बुझाएको सो कार्यालयले जनाएको छ ।
बितेको दुई वर्षदेखि सडक सम्भार दस्तुरको शुल्कमा अढाई सयदेखि ३ सय प्रतिशतसम्म नेपाल सरकारले दस्तुर दर वृद्धि गर्दा सङ्घीय सरकारमा जाने पैसा बढी देखिएको कार्यालय प्रमुख विपिन लाल कर्णले जानकारी दिए ।