प्रस, निजगढ, १३ साउन/
निजगढ नगर विकास कोषको रकमबाट जडान गरिएका अधिकांश सोलार बत्ती महीनौं यतादेखि बल्न छोडेका छन् ।
२०७२ फागुन ११ गते निजगढ नगरपालिका कार्यालय बाराद्वारा टेन्डर गरी जडान गरिएका अधिकांश सोलार बत्तीमा जडान गरेको ५/७ महीनापछि नैं फाट्टफुट्ट समस्या आउने गरेको थियो । समान्य मरम्मतपछि बल्ने गरेपनि त्यस यतादेखि बत्तीहरू क्रमशः निभ्दै जान थालेको छ ।
टेन्डर प्रक्रियामा अन्य ५ प्रतिस्पर्धीलाई पछि पार्दै सौर्य इनर्जी प्रालिले ठेक्का पाएको थियो । प्रतिपोल सोलार बत्ती १ लाख १ हजार ९ सय रुपियाँमा ठेक्का पाई जडान गरेको थियो । ०७३ मङ्सिर २९ गते दिउँसो निजगढ बजारमा एउटा सोलार बत्ती एक्कासि जलेर नष्ट भयो । त्यसको मरम्मत गरेपछि पुनः बल्न थाल्यो । तर अहिले अधिकांश बत्तीको अवस्था उस्तै छ । केही बलेपनि मधुरो बल्ने र ४/५ घण्टामा नैं निभ्ने गरेको स्थानीयहरू बताउँछन् ।
चीसो याममा घामको तापक्रम नपुगेर समस्या आउन सक्ने भनिएपनि केही महीना अघिदेखि अधिकांश सोलार बत्ती बलेका छैनन् । ५० वटा सोलार सडक बत्ती राख्न नगर विकास कोषबाट प्राप्त ५० लाख ९५ हजार खर्च भएको छ भने, यस अघि निजगढ नगरपालिकाकै आन्तरिक स्रोतबाट जडान गरिएका ८ सोलार सडक बत्ती जडान गर्न ७ लाख भन्दा बढी रकम खर्च भएको छ । सो बत्तीहरूको अवस्था पनि उस्तै छ ।
राजमार्गको सडक छेउका बस्ती लगायत स्थानमा राखिएको सोलार बत्ती महीनौदेखि निभिरहँदा पनि निजगढ नगरपालिका बेखबर बन्दै आएको स्थानीयहरू बताउँछन् । …पटक/पटक जानकारी गराउँदा पनि नगरपालिकाले वास्ता गर्दैनन—एकजना स्थानीयले भने ।