प्रस, परवानीपुर, १३ साउन/
जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराले आर्थिक वर्ष २०७५–०७६ मा ट्राफिक नियम उल्लङ्घन गरेका १ सय ७५ सवारी साधनलाई कारबाई गरेको जनाएको छ ।
उक्त सवारी साधनलाई कारबाई गरे बापत १ करोड ३३ लाख ८६ हजार ५ सय राजस्व सङ्कलन भएको छ । बाराको विभिन्न स्थानमा सवारी चेकजाँच गर्ने क्रममा नियमविपरीत चलाइएको सवारी चालकबाट राजस्व सङ्कलन गरिएको हो । आर्थिक वर्ष २०७५–०७६ मा सडक दुर्घटनामा परी ६६ जनाको ज्यान गएको छ भने मृत्यु हुनेमा ४७ पुरुष, १२ महिला, चारजना बालक र तीनजना बालिका गरी कुल ६६ जना रहेको बारा ट्राफिक प्रहरी प्रमुख विश्वविजय ढकालले जानकारी दि ।
८८ जना गम्भीर घाइते भएका थिए भने १ सय २ जना सामान्य घाइते गरी कुल १ सय ९० जना घाइते भएका जिल्ला ट्राफिक प्रहरी कार्यालय निजगढ, बाराले जनाएको छ ।
कारबाईमा पर्ने सवारी साधनहरूमा मोटरसाइकल ६५ वटा, ट्रक, ट्यांकर ३९ वटा, बस २२ वटा, जिपकार भेन २४ वटा, ट्याक्टर ११ वटा टेम्पो ३ वटा र अन्य ११ वटा गरी जम्मा १ सय ७५ वटा सवारी साधन दुर्घटनामा संलग्न रहेका जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराले जनाएको छ ।