प्रस, जनकपुरधाम, १३ साउन/
प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबू राउतको नेतृत्वमा काठमाडौ गएको सर्वदलीय प्रतिनिधिमण्डलले सोमवार केन्द्रीय सरकारका ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनसँग भेट गरी डुबान, नदि कटान समस्या र समाधानको विषयमा छलफल गरेको छ ।
मन्त्रालयमा भएको छलफलमा मुख्यमन्त्री राउतले प्रदेश २ मा बाढीबाट भयावह क्षति भएको जानकारी गराउँदै सङ्घीय सरकारको तर्फबाट तत्कालीन र दीर्घकालीन योजना बनाएर नदी कटान तथा डुबान नियन्त्रण गरिदिन आग्रह गरेका थिए ।
सो अवसरमा दीर्घकालीनरूपमा चुरे क्षेत्रको संरक्षण, नदीहरूमा पक्की तटबन्ध निर्माण, बिग्रे–भत्केका ड्याम तथा तटबन्धहरू मरम्मत सम्भार एवं पुनर्निर्माणलगायतको योजना बनाउन मुख्यमन्त्री राउतले जोड दिए ।
छलफलमा ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले प्रदेश २ मा बाढी र डुबानले ज्यानधनको क्षति पु¥याइरहेकोप्रति सङ्घीय सरकार संवेदनशील रहेको भन्दै तत्काल गर्न सकिने कामहरू तुरुन्त अघि बढाउने र दीर्घकालीन गुरु योजनाको रूपमा अगाडि बढाउनुपर्ने योजनाहरूलाई विज्ञ परामर्शको आधारमा अगाडि बढाउने प्रतिबद्धता जाहेर गरे ।
छलफलमा प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनल, आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र यादव, नेकपा प्रदेश संसदीय दलका नेता सत्यनारायण मण्डल, राजपा संसदीय दलका सचेतक परमेश्वर साहलगायतको सहभागिता थियो ।