एउटा समाचार आएको छ । रक्त सञ्चार केन्द्रमा रहेको रक्त वर्गीकरण गर्ने मेशिन प्रयोगविहीन छ । यस मेशिनले रगतलाई प्याकसेल, प्लेटलेट र प्लाज्मा गरी तीन वर्गमा विभाजित गर्दछ । जुन मानिसलाई रगतको आवश्यकता हुन्छ, उसलाई एकैचोटि यी तीनै तŒव नचाहिन सक्छ । कसैलाई प्याकसेल, कसैलाई प्लेटलेट त कसैलाई प्लाज्मा चाहिने हुन्छ । सामान्यतया डाक्टरहरूले कसैलाई रगत दिनुप¥यो भने खुट्याएर भन्दैनन् । सिङ्गो रगत बिरामीको शरीरमा हालिदिन्छन् । यसरी तीनजना बिरामीलाई काम लाग्ने एउटै रगत एकजनामा खर्च भइरहेको छ । यसले गर्दा वीरगंजमा मात्र होइन, नेपालभरि नै जहिले पनि रगतको अभाव भइरहेको सुनिन्छ । हुनत हामीकहाँ रक्तदाता समूह नै खडा भएको छ । विभिन्न सङ्घसंस्था पनि बेलाबखत रक्तदान कार्यक्रमको आयोजना गर्दछन् । तर जाँगर र विवेकको अभावमा जहिले पनि रगतको कमी भइरहेको हुन्छ । रक्तदाताहरूलाई धन्यवाद दिनुपर्छ, जो रगत अभाव भएको सुन्नेबित्तिकै रक्तदान गर्न तत्पर भइहाल्छन् ।
कुरा रगत वर्गीकरण गरी छुट्याउने मेशिनको मात्र होइन, हामीकहाँ थुप्रै यस्ता उपकरण छन्, जुन मानवीय आवश्यकताका लागि अपरिहार्य छन् तर तिनको उपयोग कहिले हुन सकेको छैन । अस्पतालहरूको समाचार आउँदा एक्सरे, भिडियोग्राफी, स्क्यान मेशिनहरू–कहिले चलाउने मानिसको अभावमा त कहिले विभिन्न स्वार्थवश सञ्चालन नै नगरी थन्क्याएर राखिन्छ र कालान्तरमा मेशिन कबाड बन्छ । त्यही मेशिन निजी क्ष्Fेत्रले प्रयोग गरेर बिरामीसँग महँगो शुल्क लिएर काम गरिरहेको हुन्छ । हाम्रा अस्पतालहरूमा ती मेशिनहरू ‘भिल्लका देशमा मणि’ सरह उपेक्षित बनिरहन्छ । कुरा स्वास्थ्यसम्बन्धी उपकरणहरूको मात्र होइन, जुनसुकै सरकारी कार्यालयमा गएर हे¥यो भने कामलाई सहज पार्ने खालका मेशिन, गाडीहरू विनाप्रयोग सडिरहेको देख्न पाइन्छ । प्रायः के तर्क दिइन्छ भने यस्ता मेशिन चलाउने जनशक्ति नै छैन । जनशक्ति छैन भने त्यो मेशिन खरीद किन गरियो, वा जनशक्ति किन जुटाउन सकिएन ? त्यस मेशिनसम्बन्धी विज्ञ जनशक्ति छैन भने तालीम किन दिइँदैन ? देशमा काम गर्ने मानिसको कमी त छैन । काम नपाएर विदेशमा अपमान सहेर ज्यानको बाजी लगाएर नेपाली युवाहरू गइरहेका छन्, तिनैमध्ये वा देशमैं बेरोजगारीहरूलाई किन तालीम दिइन्न ?
रक्त सञ्चार केन्द्रसँग रहेको ब्लड सेपरेशन मेशिन किन उपयोगमा आएन भन्दा डाक्टरहरूले रगतको, खास यो तŒव चाहियो नभनी सम्पूर्णरूपमा रगत खोज्छन् । के हाम्रा डाक्टरहरूलाई बिरामीलाई रगतको तीन तŒवमध्ये कुन चाहिं चाहियो भनेर निक्र्योल गर्ने क्षमता छैन ? डा. श्यामसुन्दर भन्छन्– जुनसुकै डाक्टरलाई थाहा हुन्छ । तर त्यस्तो मेशिन छ भन्ने कुरा थाहा पनि त हुनुप¥यो । मेडिकल एसोसिएशन छ, त्यहाँ गएर डाक्टरहरूसँग अन्तक्र्रिया गर्नुपर्छ, अनि पो मेशिनको उपयोग हुन्छ र मेशिन प्रयोगविहीन रहँदैन । हुन पनि कुन पसलमा के सामान छ भन्ने उपभोक्ताले थाहा पाउँदैन भने खरीद कसरी गर्छ ? तिमीसँग यो चीज छ भनी सोध्दै हिंड्ने कुरा पनि आउँदैन । जसरी रक्त सञ्चार केन्द्र मेशिनको प्रयोग विषयमा आन्तरिकरूपमा चिन्तित छ, आपसमा बसेर अन्तक्र्रिया गर्छ, त्यही चिन्ता र अन्तक्र्रिया सम्बद्ध पक्षसँग गर्ने हो भने यो प्रयोगविहीनता हटाउन सकिन्छ । मेशिनको प्रयोग पनि हुन्छ र रगत अभाव पनि हुँदैन ।