प्रस, वीरगंज, १५ साउन/
तत्कालीन वीरगंज उपमहानगरपालिकाले दर्ता नभएको गाडी खरीद गरेर करोडौं रुपियाँ भुक्तानी दिएको प्रमाण भेटिएको छ ।
तत्कालीन वीरगंज उपमहानगरपालिकाले सडक सरसफाइ गर्नको लागि खरीद गरेको सडक क्लिनर मेशिन (बुमर) को भुक्तानी पञ्च कन्या निर्माण सेवा कुपन्डोललाई ८१ लाख रूपियाँ भुक्तानी दिएको देखिन्छ । तत्कालीन कार्यालय प्रमुख विष्णु कोइरालाले २०७१/११/३ को सम्झौता अनुसार ना ५ ख ८३४८ नं. को बुमर मेशिन वीरगंज उपमहानगरपालिकाको लागि खरीद गरेका थिए ।
खरीद गरेको गाडी कार्यालयमा भए तापनि त्यो गाडी अहिलेसम्म नामसारी भएको छैन । सिप्रदीबाट ठेकेदार कम्पनीले किस्तामा गाडी खरीद गरी उपमहानगरपालिकासँग एकमुस्ट भुक्तानी दिएको देखिन्छ । महानगरपालिकामा रहेको गाडी अहिलेसम्म जिन्सीमा समेत दर्ता छैन ।
ठेकेदार कम्पनीले किस्तामा खरीद गरेको गाडी महानगरमा दर्ता नगरी भुक्तानी लिए पनि सिप्रदीलाई सो भुक्तानी नदिएको कारण यो समाचारमा प्रकाशमा आएको छ । सिप्रदीले पञ्चकन्या निर्माण सेवालाई बिक्री गरेको बूमरको रु ५ लाख बाँकी तिर्नुपर्ने देखिन्छ । सिप्रदीका प्रतिनिधि गाडी खोज्दै एक हप्ता पहिले महानगर पुगेपछि घटना सार्वजनिक भएको हो । ५ वर्ष बितिसक्दा पनि अहिलेसम्म कार्यरत कर्मचारीहरूले सो विषयमा खोजबीन गरेका थिएनन् ।
यस विषयमा खोजीनीति गर्दा तत्कालीन जिम्मेवार व्यक्तिहरूले घटना लुकाउन गाडीसम्बन्धी तथ्य प्रमाण दिन आनाकानी गरेका थिए ।
कर्मचारी स्रोतका अनुसार घटना सार्वजनिक भएपछि आपैm फस्ने डरले रातोरात जिन्सी रजिस्टरमा २०७३/३/२७ को मिति राखेर सो गाडी दर्ता गरेको तर दर्ता रजिस्टरमा गाडी नम्बर, इन्जिन र चेसिस नंबरसमेत न राखेको देखिन्छ ।
यस विषयमा वीरगंज महानगरपालिकाका मेयर विजय सरावगीसँग बुझ्दा तत्कालीन कार्यालय प्रमुख कोइरालाले दर्ता नगरेको गाडी खरीद गरेबापत भुक्तानी दिनु गलत भएको टिप्पनी गरे ।
सिप्रदीका प्रतिनिधि कार्यालय पुगेपछि आपूmलाई थाहा भएको र सो मेशिन फिर्ता लैजान निर्देशन दिएको र तत्कालीन प्रमुखमाथि कारबाई सिफारिश गर्ने बताए ।
यस विषयमा यान्त्रिक कार्यालयका प्रमुख मनोज कर्णसँग बुझ्दा पञ्चकन्या निर्माण सेवाले सिप्रदीबाट चेसिस खरीद गरेको र सो गाडी भारत लगी बुमर मेशिन बनाएको जानकारी गराए । कागजपत्र नरहेको कारण गाडी दर्ता नभएको बताए ।
कर्मचारी स्रोतका अनुसार चारवटा ट्याक्टर र अन्य गाडीको समेत दर्ता नरहेको र ती गाडीहरूको पनि भुक्तानी भइसकेको छ ।