प्रस, वीरगंज, १५ साउन/
साउन १४ गते परवानीपुरस्थित नेपाल कृषि अनुसन्धान परिषद् अन्तर्गतको क्षेत्रीय कृषि अनुसन्धान केन्द्रमा प्रदेश नं २ का सातवटै अनुसन्धान केन्द्रको आव २०७५/७६ को तेस्रो चौमासिक तथा वार्षिक प्रगति समीक्षा गोष्ठी परिषद्का निमित्त कार्यकारी निर्देशक डा. दीपक भण्डारीको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ ।
उक्त गोष्ठीको अध्यक्षता सोही केन्द्रका क्षेत्रीय निर्देशक केशवप्रसाद श्रेष्ठले गरेका थिए भने गोष्ठीको उद्देश्यबारे योजना महाशाखाका वैज्ञानिक नामदेव उपाध्यायले प्रकाश पारेका थिए । यसैगरी, गोष्ठी सफलताको शुभकामना व्यक्त गर्दै परवानीपुर गाउँपालिकाका अध्यक्ष हरिनारायण साहले कृषि अनुसन्धान केन्द्रका उपलब्धिहरू केन्द्रको घेराभित्र मात्र सीमित नराखी स्थानीय निकायहरूसँग सहकार्य गरी कृषकसमक्ष पु¥याउनुपर्ने विचार व्यक्त गरे ।
उक्त गोष्ठीको प्राविधिक सत्रमा क्षेत्रीय कृषि अनुसन्धान केन्द्र, परवानीपुरका साथै राष्ट्रिय धान बाली अनुसन्धान कार्यक्रम, हर्दिनाथ, तेलबाली अनुसन्धान कार्यक्रम, नवलपुर, उखु बाली अनुसन्धान कार्यक्रम, जीतपुर, कृषि अनुसन्धान केन्द्र, बेलाचापी, कृषि यन्त्र परीक्षण तथा अनुसन्धान केन्द्र, नवलपुर, कृषि औजार अनुसन्धान केन्द्र, रानीघाटका प्रमुख तथा प्रतिनिधिहरूले प्रगति विवरण प्रस्तुत गरेका थिए ।
समष्टिगतरूपमा सम्पूर्ण कार्यालयको पूँजीगत र चालू कार्यक्रम गरी ९५ प्रतिशतभन्दा बढी प्रगति भएको गोष्ठीमा जानकारी गराइएको थियो ।