प्रस, वीरगंज, १५ साउन/
विनादहेज १७ मिनटमा एउटा जोडीको विवाह सम्पन्न भएको छ । बारा जिल्ला निवासी जोखु
चौधरी र पर्सा निवासी स्मृतिकुमारी दासबीच मङ्गलवार विवाह सम्पन्न भएको हो ।
प्रमाणपत्र तह उत्तीर्ण वर्ष २४ की स्मृति र प्रमाण पत्र तह उत्तीर्ण वर्ष २८ का जोखुबीच कुनै उपहार–दहेज नलिने सहमति अनुसार दुवैतर्फका आमाबाबुको उपस्थितिमा विवाह भएको पूर्ण ब्रहम कबीर उपासक समाज, पर्साले जनाएको छ ।
समाजका संयोजक नरेश दासको संयोजनमा भएको विवाह समारोहमा दुलहादुलहीलाई १७ मिनटसम्म वेदमन्त्र सुनाएपछि दुलहाले दुलहीलाई सिन्दुर दान गरे । सिन्दुर दानपछि कार्यक्रम समापन भएको थियो ।
सिन्दुरदानबाहेक दुल्हादुल्ही दुवै पक्षको कुनै पैसा खर्च नभएको समाजका सदस्य लालबाबू साहले बताए । समारोहमा सहभागीहरूलाई संस्थाको तर्फबाट चियानाश्ताको प्रबन्ध मिलाइएको थियो ।
कार्यक्रम वीरगंज नयाँ बसपार्कस्थित समाजको कार्यालयमा भएको हो ।
लैङ्गिक हिंंसामुक्त, दहेजमुक्त र शाकाहारी समाज निर्माणमा कबीर उपासक समाज लागेको र हालसम्म यस्तो सयौं जोडीको विवाह गराइसकेको समाजका संयोजक दासले बताए ।