राधेश्याम पटेल, परवानीपुर, १४ साउन/
पर्साको छिपहरमाई गाउँपालिका पछिल्लो बाढीबाट नराम्ररी प्रभावित हुनुको साथै करोडौको क्षति भएको
छ ।
विगत दुई साताभित्र दुईपटक आएको ओरिया खोलाको बाढीले गर्दा सयौ बिघा धान बाली जलमग्न भई बर्बाद भएको छ भने गाउँपालिकाको चारैतिरको सडक सञ्जाल पनि टुटेको छ ।
गाउँपालिका अध्यक्ष मनोज गुप्ताका अनुसार भिस्वाबाट जयमङ्गलापुर जाने सडकखण्ड, झलमहियादेखि चरगाहा सम्म, पूर्वारी टिहुकीदेखि बुडगाइँसम्म जाने बाटो, झलमहियादेखि मिर्जापुर जाने बाटो बाढीले कटान गर्दा करीब एक करोडको क्षति भएको हो ।
दुई वर्षदेखि गाउँपालिकाको विकासमा जुटेका अध्यक्षले आर्थिक वर्ष २०७४–०७५ मा रु ८ करोड र २०७५–०७६ मा ९ करोड खर्च गरी गाउँपालिका अन्तर्गतको विभिन्न सडक सञ्जाल चुस्त दुरुस्त बनाएका थिए । बाढीले माटो र ग्रेभलसहित ४०/४० मिटर चौडा कटान गरेको उनले बताएका छन् ।
वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रबाट ९ लाख ६२ हजार पर्ने प्रतिसोलार सिंचाइ प्रणालीको ४/५ वटा मेशिन पनि डुबानमा पनि खराव भएको उनले बताए । बाढी गएपछि हाल बाटोको सम्पर्क जोडने र आवतजावत सहज बनाउने काममा जुटेको उनले बताएका छन् ।