प्रस, निजगढ, १३ साउन/
धन्सार खोलामा निर्माण भइरहेको झोलुङ्गे पुलको निर्माण कार्य रोकिएको छ ।
बारा, रौतहट र मकवानपुर जिल्लालाई जोड्ने सङ्गम–स्थलको रूपमा रहेको धन्सार खोला झोलुङ्गे पुल निर्माण कार्य अन्तिम चरणमा पुगेर अवरुद्ध भएको हो । सम्झौता अनुसार निजगढ नगरपालिकाले उक्त पुलको बाँकी कामको लगत स्टिमेट प्रक्रियामा विलम्ब गरेकोले अन्तिम चरणको काम अगाडि बढ्न नसकेको पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष मानबहादुर योञ्जनले बताएका छन् । समितिका अनुसार पुल निर्माणको ९५ प्रतिशत काम सम्पन्न भइसकेको छ । “नगरपालिकाले तदारुकता देखाएको भए बाँकी ५ प्रतिशत काम पनि सम्पन्न भइसक्ने थियो”–अध्यक्ष योञ्जनले गुनासो गरे ।
उक्त पुल निर्माण भएपछि बारा, रौतहट र मकवानपुर जिल्लाका बासिन्दालाई प्रत्यक्ष लाभ पुग्ने पुल निर्माण समितिका सचिव छिरिङ बलले बताए । मकवानपुरको बकैया गाउँपालिकातर्फबाट बारामा पढ्न आउने विद्यFर्थीहरू अधरुरो पुलबाट आवतजावत गरिरहेका छन् । वर्षाको बेला खोला तरेर आवतजावत गर्नै नसकिने भएकोले पढाइ छोड्नुभन्दा जोखिम मोलेर भए पनि निर्माणाधीन पुलबाट आवतजावत गर्न बाध्य भएको विद्यार्थीहरू बताउँछन् । पुल निर्माण भए सबैभन्दा बढी विद्यार्थी लाभान्वित हुने पिपलटार हिमाल आधारभूत बिद्यालयका प्रधानाध्यापक हरिशरण खड्काले बताए । झोलुङ्गे पुल निर्माण भएमा स्थानीयको व्यापार–व्यवसायसमेत बढ्ने छ ।
मकवानपुर र रौतहट जिल्लाका बासिन्दा किनमेल गर्न निजगढ आउँदा खोला समस्या बनेको छ । खोला पारीबाट खोला वारी आउन पनि लामो बाटो तय गर्नुपर्ने निजगढ –१ बनस्थली हाटमा आएका उपभोक्ताहरूले बताए । हाल पुल निर्माणमा नगरपालिकाले असहयोग गरेको उपभोक्ता समितिका पदाधिकारीहरूको आरोप छ ।