प्रस, सेढवा, १५ साउन/
प्रहरी चौकी महादेवपट्टी र सुवर्णपुरले हिजो बेलुकी करीब ६० क्विन्टल मिठ्ठा (सख्खर) नियन्त्रणमा लिएर छाडेको छ ।
हिजो बेलुकी भारतबाट अवैधरूपमा नेपाल भित्रिएको सो सख्खर प्रहरीले चार घण्टा नियन्त्रणमा लिएर छाडेको छ । भारतबाट घरेलु मदिरा उत्पादनका लागि नेपाली नं.को ट्याक्टरमा लोड गरी ल्याइएको करीब ६० क्विन्टल मिठ्ठा प्रहरी चौकी जीराभवानी गापा–१ गम्हरियामा नियन्त्रणमा लिएको थियो ।
प्रसनि पवनकुमार झा र जितनप्रसाद यादवले अवैध तरीकाबाट भिœयाइएको ट्याक्टरमा लोड गरेको मिठ्ठा नियन्त्रणमा लिएका थिए । तर चार घण्टापछि ट्याक्टर र मिठ्ठा छाडिएको थियो ।
बालाजी मिठ्ठा उद्योगको बिलको आधारमा मिठ्ठा छाडिएको प्रहरीले जनाएको छ । तर बालाजी मिठ्ठा उद्योग दुई वर्षदेखि बन्द छ । भारतबाट भिœयाई बालाजी मिठ्ठा उद्योगको नाममा बिल काटेर व्यापारी र प्रहरीको मिलेमतोमा मिठ्ठालाई वैधानिकता प्रदान गरेको स्थानीयले बताएका छन् । बालाजी मिठ्ठा उद्योग दुई वर्षदेखि बन्द रहेकोमा सोको बिलको आधारमा मिठ्ठा छाडिनु प्रहरी मिलेमतोबाहेक केही होइन, स्थानीयको आरोप छ ।
प्रत्यक्षदर्शीले मिठ्ठा नियन्त्रणमा लिएको चार घण्टापछि नियोजित तरीकाबाट बिल ल्याइएको र सोहीे आधारमा छाडिएको बताए । प्रहरीले पनि नियन्त्रणमा लिएर चार घण्टापछि छाडेको बताएको छ । बिल भएको कारण छाडिएको प्रहरीको भनाइ छ तर मालसामानसहित बिल हुनुपर्नेमा चार घण्टापछि बिल ल्याउनु र सोको आधारमा मिठ्ठा छाडिनुले प्रहरीको नियत खराब रहेको स्थानीयको आरोप छ ।
स्रोतका अनुसार सीमावर्ती मिर्जापुरबाट सो ट्याक्टर मिठ्ठा लिएर भित्रिएको थियो । ठोरी गापा–५ सुवर्णपुर लैजाने क्रममा प्रहरीले जीराभवानीबाट टयाक्टर नियन्त्रणमा लिएको हो । ग्रामीण क्षेत्रमा अवैधरूपले सञ्चालित घरेलु मदिरा उत्पादनमा मिठ्ठाको प्रयोग हुने गरेको छ । योबाहेक यति ठूलो परिमाणमा मिठ्ठा खपत हुने ग्रामीण क्षेत्रमा अन्य कुनै कारण छैन ।