प्रस, परवानीपुर, १२ साउन/
नेपाली मदरसामा नेपालीभन्दा बढी भारतीय विद्यार्थीहरूले पढ्ने गरेका छन् ।
पर्साको छिपहरमाई गाउँपालिका– ५ भिस्वामा सञ्चालीत इस्लामिया नेदाय मिल्लत मदरसाको अवस्था हो यो । सीमावर्ती क्षेत्रका बासिन्दाले नेपाल भारतको सङ्गमस्थलको रूपमा पनि उक्त मदरसालाई लिने गरेका छन् । नेपाल भारतको सीमावर्ती क्षेत्रमा विगत १० वर्षदेखि सञ्चालित मदरसामा १० जना शिक्षक छन् । तीमध्ये नेपाल सरकारले एकजना राहत शिक्षक नियुक्त गरेको छ भने बाँकी ९ जना निजी स्रोतबाट नियुक्त गरी पठनपाठन भइरहेको मदरसाका प्रधानाध्यापक अब्दुल हकिमले बताए ।
प्रअ हकिमका अनुसार सीमा क्षेत्रमा व्यवस्थितरूपमा मदरसा सञ्चालन भएकोले भारतीय विद्यार्थीहरू पनि आकर्षीत भएका हुन् । मदरसामा नेपाली भन्दा भारतीय विद्यार्थीहरूको सङ्ख्या बढिरहेको मदरसा व्यवस्थापन पक्षले जनाएको छ । मदरसाका राहत शिक्षक मुस्ताक अन्सारीका अनुसार सो मदरसामा २५ प्रतिशत नेपाली र ७५ प्रतिशत भारतीय विद्यFर्थी अध्ययन गर्छन् । मदरसामा ५० जना छात्रा तथा ३ सय ५० जना छात्र गरी ४ सयजना अध्ययनरत छन् ।
छात्राहरू दिनभर अध्ययन गरी घर फर्कन्छन् भने छात्रहरू आवासीयरूपमा सोही मदरसामा बसेर पठनपाठ गर्छन् । गरीब जेहेन्दार विद्यार्थीलाई मुस्लिम समुदायबाट उठेको चन्दाबाट पठनपाठन गराइन्छ ।
शुल्क तिर्न सक्ने परिवारका बच्चाहरूबाट मासिक ८ सय रुपियाँ नेपाली मदरसाले शुल्क लिने गरेको छ । मुस्लिम समुदायको धार्मिक शिक्षा कुरानसँगै हिन्दी, उर्दू, अंग्रेजी र नेपाली विषय पढाइ हुने गरेको मदरसाका प्रअ अब्दुल हकिमले बताए ।
कक्ष्Fा ४ सम्म अध्यापन हुने सो मदर्सामा जिल्लाको वीरगंज, छपकैया, मुर्ली, भिस्वा, सेमरवारीबर्वा, कौवावन कटैया, पोखरिया, धोबिया टोला र भारत बिहार पूर्वी चम्पारणको कठिया, मठिया, भेलाही, सिकटा, भेडिअर्वा, बसन्तपुरलगायत गाउँबाट विद्यार्थीहरू पढ्न आउने गरेका छन् ।