प्रस, वीरगंज, १४ साउन/
नेकपा पर्साले पर्साका प्रअिजमार्फत प्रधानमन्त्रीलाई ज्ञापन बुझाएको छ ।
पर्सा जिल्लामा हालै बाढीले गरेको क्षति लगायत १२ बुँदे समस्या समाधानका लागि ज्ञापन बुझाएको नेकपा पर्साका अध्यक्ष प्रभु हजराले बताए ।
उनले बाढी प्रभावित क्षेत्रमा राहत पुग्न नसकेको, राहतमा भेदभाव गरिएको, क्षतिको विवरण तयार गरेपनि क्षतिपूर्ति नदिएको, नदी नियन्त्रणका उपायहरू अवलम्बन नभएको, वीरगंज महानगरले एडिबीको सहयोगमा बनाएको ढलमा प्राविधिक त्रुटि रहेको, पर्सासँग जोडिएको सीमा क्षेत्रमा भारतले बाँध लगाएको कारण जिल्ला डुबानमा परेको, किसानहरूलाई मलखादको समस्या रहेकोलगायत विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको अध्यक्ष हजराले बताए ।
ज्ञापन बुझाउने कार्यक्रममा सहभागी जगरनाथपुर गापाका अध्यक्ष जालिम मियाँले आप्mनो गापाको झकरा मसियानीको दुईस्थानमा तत्काल नदी नियन्त्रण नभए आसपासका गाउँ डुबानमा पर्ने बताए ।
यसैगरी पूर्व सांसद विचारी यादवले वीरगंज महानगर–३० लालपर्साका बाढी पीडितहरूलाई अहिलेसम्म कुनै राहत नपाएको गुनासो गरे ।
प्रजिअ नारायणप्रसाद भट्टराईले ज्ञापन बुझ्दै सम्बन्धित ठाउँमा पठाउने र जिल्ला तहबाट हुने समस्या समाधानका लागि पहल गर्ने आश्वासन दिएका थिए ।
ज्ञापन बुझाउने क्रममा नेकपाका वीरगंज महानगर इन्चार्ज दिनेश राई, युवा नेता रहबर अंसारी, बाबूराम कौशिकलगायत सहभागी थिए ।