प्रस, वीरगंज, १४ साउन/
वीरगंजको भिस्वा डाँडामा एकजना महिलाको हत्याको प्रयास भएको छ ।
मङ्गलवार दिउँसो ४ बजे वीरगंज घडीअर्वा निवासी मनु चौधरीलाई अशोकवाटिका निवासी रोशनकुमार गुप्ताले भिस्वा डाँडामा छुरा प्रहार गरेको प्रहरीले जनाएको छ ।
गुप्ताले छुरा प्रहार गर्दा चौधरीको घाँटीमा गम्भीर चोट लागेको छ । घाँटी, हात र शरीरको अन्य भागमा छुरा प्रहार भएको प्रहरीले जनाएको छ । उनको उपचार नारायणी अस्पतालपछि नेशनल मेडिकल कलेजमा भइरहेको छ ।
प्राप्त जानकारी अनुसार चौधरीलाई आज बिहान ११ बजे गुप्ताले घरबाट बोलाएर भिस्वा डाँडामा रहेको झाडीमा कुरा गरी गुप्ताले चौधरीमाथि छुरा प्रहार गरेको प्रहरी नायब उपरीक्ष्Fक अनन्तराम शर्माले जानकारी दिए ।
गुप्ता प्रहरी नियन्त्रणमा रहेको प्रनाउ शर्माले जानकारी दिए । घाइते महिला विवाहित रहेको र उनको एकजना छोरा छ । पति अजय सिंह लामो समयदेखि काठमाडौंको एउटा समिलमा काम गर्दैछन् । गुप्ता र चौधरीबीच पाँच वर्षदेखि प्रेम सम्बन्ध रहेको प्रहरीको भनाइ छ । केही दिन अघि चौधरीलाई गुप्ताले काठमाडौं लगी एक सातासम्म राखेको र दुई दिन अघिमात्र वीरगंज आएको प्रनाउ शर्माले जानकारी
गराए ।