जीतलाल श्रेष्ठ, निजगढ, १४ साउन/
यस वर्षको वर्षायाम अघि चुरे आसपासका खेतवारीका बालीनाली खडेरी लागेर नष्ट भयो । वर्षा लागे पछि भने डुबान र कटानले नष्ट भयो ।
निजगढ नगरपालिकाको रतनपुरीको डमरपुर, भक्तलाल, कुलिया, रामथली, बारथली, बु«ङ्गजोर, लाल चुरे आसपासमा दुई सय बिघाभन्दा बढी जमीनको मकैंबाली सुख्खा खडेरीले नष्ट भएको निनपा–१२ रतनपुरी कुलियाका किरण श्रेष्ठले बताए ।
चुरे फेद र आसपासमा आकाशे पानीको भरमा बाली लगाउनुपर्ने बाध्यता छ । “आकाशे पानीको भरमा बाली लगाइयो । समयमा पानी पर्दैन । विगतमा बाढी आउँदा कुलिया भक्तलाल खोलाले तीन बिघाभन्दा बढी कटान गरी बगर बनाइदियो ।
यस पाली घरबारीमा रहेको डेढ/दुई कठ्ठाका लगाएको मकैंबाली खडेरीले खाइदियो । केही रहलपहल झनैं निरन्तरको वर्षाले बर्वाद बनायो”—निनपा १२ कुलियाका रामप्रसाद जमकटेलले दैवी विपत्तिको पीडा सुनाए ।
“कसरी जीवन धान्ने, स्थानीय सरकारले क्षतिपूर्ति दिन वास्ता गर्दैन । खोला नियन्त्रण ठाउँमा गर्दैन । कसलाई पोख्ने पीडा ? ३/४ बिघा जमीनको मालिक अहिले मात्र डेढ–दुई कठ्ठा जमीन बाँकी छ । त्यैपनि कहिले आउने बाढीले बढार्ने हो, ठेगान छैन“ —उनले थपे । “हिउँदमा खडेरी, अहिले वर्षामा खानेपानीको हाहाकार छ । यतै बस्दै आइयो । ठाउँ छोड्न मन लागेन । जाउँ त कहा जाउँ”—जमकटेलले भने ।
उनको जस्तै निनपा–१२ रामथलीका ७२ वर्षीय ज्ञानबहादुर दोड्ढो पनि पीडा छ । दोड्ढो घर र खेतवारी चुरे पहाडको फेदबाट करीब ३ सय मिटर टाढा छ । चुरे भएरै बग्ने स्थानीय खोल्सी डेढ दशक यतादेखि हेर्दाहेर्दै खोला बगरमा परिणत भयो । त्यही खोलाले दोङसहित ३०/३५ घर उठिबास लगाउन थालेको छ ।
जिल्ला भूसंरक्षण कार्यालय, बाराले दिएको जाली तीन वर्ष अघि लगाएकोमा हाल सो तारजाली पनि बाढीले बगाएर पल्टाएको उनले बताए । अघिल्लो वर्षायाममा दोड्ढो ७ कठ्ठा छिमेकी वीरबहादुर पाख्रिनको १० कठ्ठा, रामबहादुर गोलेको २ कठ्ठासमेत अरूको पनि खेतबारी कटान गरेको उनले बताए । कटान गरी बचेको जग्गामा लगाएको मकैं पनि वर्षा अघि खडेरीले सुकेको र खडेरीबाट केही बचेको मकै वर्षाले भिजेर उठाउन नसकिएको दुःखेसो पोखे ।
निनपा–१० का वडाअध्यक्ष पद्म बहादुर मोक्तान भन्छन्–“वर्षामा खोला पस्ने, हिउँदमा पानी नपर्ने दुवै पीडामा चुरे आसपासका बासिन्दा पर्दै आएका छन् ।” उनले भने–“स्थानीय सरकार, त्यसमाथि पनि आफैं वडाअध्यक्ष, पर्याप्त बजेट छैन । जनताको अपेक्षा धेरैै छ ।”
चुरे आसपासका बस्तीहरूमा हिउँदमा इनार, कुवा, जरुवा मूल सुक्दा खानेपानीको समेत हाहाकार हुने गरेको छ । वर्षामा आएको बाढीले निनपा–१३ डमरपुर, शक्तिखोलाले खानेपानीको पाइप बगाउँदा फेरि खानेपानीको हाहाकार शुरू भएको अहिले पनि उस्तै छ । पाइप जति बनायो बाढीले उति नै भत्काइदिन्छ”–निनपा–१३ निवासी नगर सभाका सदस्य दिपक न्यौपानेले भने ।
रतनपुरी, राथमली, बुङ्गजोर, कुलिया, लालमा खानेपानीको पाइप बाढीले बगाउदा सो क्षेत्रका उपभोक्ताहरू वर्षा याममा खानेपानीबाट वञ्चित हुने गरेका छन् ।