Posts

Showing posts from July, 2019

२०७६ साउन १६ गते बिहीवारको प्रतीक दैनिक

Image

वीरगंज महानगरमा दर्ता नभएको गाडीलाई करोडौं भुक्तानी

Image
प्रस, वीरगंज, १५ साउन/     तत्कालीन वीरगंज उपमहानगरपालिकाले दर्ता नभएको गाडी खरीद गरेर करोडौं रुपियाँ भुक्तानी दिएको प्रमाण भेटिएको छ ।     तत्कालीन वीरगंज उपमहानगरपालिकाले सडक सरसफाइ गर्नको लागि खरीद गरेको सडक क्लिनर मेशिन (बुमर) को भुक्तानी पञ्च कन्या निर्माण सेवा कुपन्डोललाई ८१ लाख रूपियाँ भुक्तानी दिएको देखिन्छ । तत्कालीन कार्यालय प्रमुख विष्णु कोइरालाले २०७१/११/३ को सम्झौता अनुसार ना ५ ख ८३४८ नं. को बुमर मेशिन वीरगंज उपमहानगरपालिकाको लागि खरीद गरेका थिए ।     खरीद गरेको गाडी कार्यालयमा भए तापनि त्यो गाडी अहिलेसम्म नामसारी भएको छैन । सिप्रदीबाट ठेकेदार कम्पनीले किस्तामा गाडी खरीद गरी उपमहानगरपालिकासँग एकमुस्ट भुक्तानी दिएको देखिन्छ । महानगरपालिकामा रहेको गाडी अहिलेसम्म जिन्सीमा समेत दर्ता छैन ।     ठेकेदार कम्पनीले किस्तामा खरीद गरेको गाडी महानगरमा दर्ता नगरी भुक्तानी लिए पनि सिप्रदीलाई सो भुक्तानी नदिएको कारण यो समाचारमा प्रकाशमा आएको छ । सिप्रदीले पञ्चकन्या निर्माण सेवालाई बिक्री गरेको बूमरको रु ५ लाख बाँकी तिर्नुपर्ने देखिन्छ । सिप्रदीका प्रतिनिधि गाडी खोज्दै एक हप्ता पहिले मह

बल्ल पर्सागढी तात्यो, आवको बजेट प्रस्तुत ग¥यो

Image
प्रस, पर्सागढी, १५ साउन/     पर्सागढी नगरपालिकाले एक कार्यक्रमको आयोजना गरी आर्थिक वर्ष २०७६–०७७ को बजेट नीति तथा कार्यक्रम सार्वजनीक गरेको छ ।     मेयर लोकनारायण यादवले आर्थिक वर्ष ०७५–०७६ मा लोटहा सिंचाइ आयोजना, सिंघाही सिंचाइ आयोजनालगायत महŒवपूर्ण कार्य गरेको र सो काम अहिले पनि जारी रहेको जानकारी गराएका थिए ।     वडामा नाला, सडक, मन्दिर,  पोखरी, स्वास्थ्यचौकी, नदी नियन्त्रण, तटबन्ध, राष्ट्रपति चुरे संरक्षणलगायत  पर्यटन, खेलकूद, पोषणजस्ता कार्यक्रम सञ्चालन गरेको जानकारी गराएका थिए । आर्थिक वर्ष २०७६–०७७ मा ६० करोड ५९ लाख रकम विनियोजन भएको जानकारी गराए ।     वित्तीय समानीकरणतर्पm १२ करोड, राजस्व बाँडफाँटमा ९ करोड, सशर्त अनुदान १३ करोड, सवारीसाधन कर ६२ लाख, आन्तरिक स्रोत १ करोडलगायत जम्मा ६० करोड ५९ लाख २८ हजारको रकम विनियोजित गरेको जानकारी गराएका थिए ।     कार्यक्रममा उपमेयर अर्चना चौधरी, कार्यकारी अधिकृत कृष्ण चापागाईलगायतले मन्तव्य व्यक्त गरेका थिए । सार्वजनिकीकरण कार्यक्रममा वडा अध्यक्ष, जनप्रतिनिधिलगायतको उपस्थिति थियो ।

परसौनीका प्रशासकीय अधिकृत सम्पर्कविहीन, ७ करोड रुपियाँ भुक्तानी गर्न बाँकी

Image
प्रस, परवानीपुर, १५ साउन/     बारा, परसौनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रञ्जीतकुमार यादव बितेको १६ दिनदेखि मोबाइल अफ गरी सम्पर्कविहीन भएका छन् । उनी असार ३१ गतेदेखि कार्यालयमा आएका छैनन् । उनले मोबाइलको स्वीच अफ गरेका छन् । कार्यकारी अधिकृत सम्पर्कविहीन भएपछि गाउँपालिकाको कामकारबाही प्रभावित भएको गापाका अध्यक्ष भोला कलवारले बताए ।     असार ३० गतेसम्म कार्यालयको कामकाज गरी असार ३१ गतेदेखि कार्यालय नआएको र पछि सम्पर्क गर्दा उनको मोबाइल अफ भएको पाइएको अध्यक्ष्F कलवारले बताए ।     गापाको विकास खर्चबाट विभिन्न उपभोक्ता समितिलाई १ करोड ९० लाख र बाँकी सामाजिक सुरक्षा तथा सशर्त करीब ५ करोड रुपियाँ हालसम्म भुक्तानी दिन नसकिएको गाउँपालिका अध्यक्ष कलवारको भनाइ छ ।     उनले भने– “दिनहँु दर्जनौं व्यक्तिको भुक्तानीको लागि फोन आइरहेको छ, उनको पत्ता लागिरहेको छैन, अर्कोतर्पm मन्त्रालयमा पहल गर्दा अर्को प्रशासकीय अधिकृत पनि पठाइएको छैन ।” परसौनी गाउँपालिका–१ नकटुवाको सडक ढलान उपभोक्ता समितिका अध्यक्ष लालबाबू मुखिया बिनले आपूmहरूले सडक ढलान, खडन्जा, चापाकल जडानलगायत करीब २० लाख रुपियाँ लिन बाँ

रक्तसञ्चार केन्द्रमा रगत अभाव

प्रस, वीरगंज, १५ साउन/     रक्तसञ्चार केन्द्र वीरगंजमा रगत अभाव भएको छ । केन्द्रका प्रमुख सौरभराज पाण्डेले सबै समूहको रगत अभाव भएको बताए ।     उनले तीन दिनयता रक्तदान कार्यक्रम पनि नभएको र केन्द्रमा रगत अभाव भएकोले बिरामीहरूलाई समस्या भएको बताएका छन् ।     रक्तसञ्चार केन्द्र वीरगंजमा अहिले दैनिक ३० वटाको हाराहारीमा रगतको माग छ । अहिले गर्मी याममा यो माग दोब्बर भएको छ । प्रायः मानिसले रगतका लागि सिफारिश मात्र गर्ने, रगत लिनको लागि रगत दिने प्रचलनमा कमी भएकोले पनि बेलाबेलामा रक्तसञ्चार केन्द्र वीरगंजमा रगतको अभाव हुने गरेको छ ।

हल्ला फैलिएपछि महादेव मन्दिरमा भीड

प्रस, वीरगंज, १५ साउन/     वीरगंज महानगर–११ रानीघाटस्थित सिद्धेश्वर महादेव मन्दिरमा आज बिहानैदेखि मानिसहरूको भीड लागेको छ ।     सिद्धेश्वर मन्दिरमा स्थापित शिव लिङ्गमा चढाइएको दूध भगवानले सेवन गरेको हल्लासँगै बिहानैदेखि मन्दिरमा दूध चढाउनेहरूको भीड लागेको छ । खासगरी महिलाहरू ठूलो सङ्ख्यामा बिहानदेखि दूध चढाउन लामबद्ध देखिए । चढाइएको दूध शिवलिङ्गबाट बगेर अन्यत्र जानुपर्नेमा त्यसो भई शिवलिङ्गमैं विलीन हुने गरेको दूध चढाउनेहरूले दाबी गरेका छन् ।     भगवान् शिवले दूध सेवन गरेको हल्लासँगै बिहानदेखि साँझसम्म महिला भक्तजनको ठूलो भीड लागेको छ।

भारतबाट भित्रिएको मिठ्ठालाई नेपाली बनाएर छाडियो

Image
प्रस, सेढवा, १५ साउन/     प्रहरी चौकी महादेवपट्टी र सुवर्णपुरले हिजो बेलुकी करीब ६० क्विन्टल मिठ्ठा (सख्खर) नियन्त्रणमा लिएर छाडेको छ ।     हिजो बेलुकी भारतबाट अवैधरूपमा नेपाल भित्रिएको सो सख्खर प्रहरीले चार घण्टा नियन्त्रणमा लिएर छाडेको छ । भारतबाट घरेलु मदिरा उत्पादनका लागि नेपाली नं.को ट्याक्टरमा लोड गरी ल्याइएको करीब ६० क्विन्टल मिठ्ठा प्रहरी चौकी जीराभवानी गापा–१ गम्हरियामा नियन्त्रणमा लिएको थियो ।     प्रसनि पवनकुमार झा र जितनप्रसाद यादवले अवैध तरीकाबाट भिœयाइएको ट्याक्टरमा लोड गरेको मिठ्ठा नियन्त्रणमा लिएका थिए । तर चार घण्टापछि ट्याक्टर र मिठ्ठा छाडिएको थियो ।     बालाजी मिठ्ठा उद्योगको बिलको आधारमा मिठ्ठा छाडिएको प्रहरीले जनाएको छ । तर बालाजी मिठ्ठा उद्योग दुई वर्षदेखि बन्द छ । भारतबाट भिœयाई बालाजी मिठ्ठा उद्योगको नाममा बिल काटेर व्यापारी र प्रहरीको मिलेमतोमा मिठ्ठालाई वैधानिकता प्रदान गरेको स्थानीयले बताएका छन् । बालाजी मिठ्ठा उद्योग दुई वर्षदेखि बन्द रहेकोमा सोको बिलको आधारमा मिठ्ठा छाडिनु प्रहरी मिलेमतोबाहेक केही होइन, स्थानीयको आरोप छ ।     प्रत्यक्षदर्शीले मिठ्ठा नियन्

निजगढमा बन्दको असर, अप्रिय घटना भएन ः बारा प्रहरी

Image
जीतलाल श्रेष्ठ, निजगढ, १५ साउन/     विप्लव नेतृत्वको नेकपाले गरेको नेपाल बन्दको असर निजगढमा बुधवार बिहानैदेखि प¥यो ।     बन्दका कारण निजगढका अधिकांश निजी, सरकारी, सामुदायिक विद्यालय बन्द भए् । लामो दूरीका सवारी साधन चलेनन् ।  बन्दले निजगढ नगरपालिकाको निजगढ, रतनपुरी, भरतगंजसिगौंलका विद्यालयहरूमा पनि असर पारेको छ ।     बन्दका कारण पूर्व—पश्चिम राजमार्ग भएर गन्तव्य जाने साना तथा ठूला सवारी साधन छिटपुटमात्र चलेको थियो । निजगढ हुदै रतनपुरी, भरतगंजसिगौंल, टाँगियाबस्ती चल्ने अटो, मयुरी रिक्सा छिटपुट चलेका थिए । बन्दका कारण बाहिरबाट यात्रु आउन नसकेपछि अटो रिक्सा चलाउनुको कुनै अर्थ नरहेकोले ग्यारेजमा थन्काएको चालकहरूले बताए ।     राजमार्ग आसापासका पसल, होटल व्यवसाय भने खुलेका थिए । यहाँका पसल, व्यवसाय सामान्य चलेको छ । बन्दको असर परेपनि कुनै अप्रिय घटना नभएको र प्रहरीले स्कटिङ्ग गरी सवारी साधन सञ्चालन हुन सहयोग गरेको इलाका प्रहरी कार्यालय, निजगढका प्रहरी निरीक्षक विक्रम लामाले बताए ।     बन्द आह्वान भएको बेलुकीदेखि नैं सुरक्षा व्यवस्था कडा पारिएकोले बारामा कुनै अप्रिय घटना  नभएको जिल्ला प्रहर

वीरगंजमा १० करोडको कृषि फर्म शुरू, व्यावसायिक जडीबुटी खेती गर्ने लक्ष्य

Image
राधेश्याम पटेल, परवानीपुर, १५ साउन/     वीरगंज महानगरपालिका–३१ चोर्नीको टेढामा १० करोड रुपियाँको लागतमा एकीकृत कृषि फर्म शुरू गरिएको छ ।     वीरगंजका उद्योगी प्रकाश खण्डेलवाल र मनोज उपाध्यायको संयुक्त लगानीमा शुरू भएको कृषि फर्ममा दुई करोड लगानी भइसकेको छ । फर्मले करीब १० बिघा क्षेत्रफलमा अर्गानिक खेती तथा जडीबुटी खेती शुरू गरेको छ । प्रदेश नं २ कै नमूना एकीकृत अर्गानिक कृषि फर्म र जडीबुटी खेती तथा सङ्कलन केन्द्रको रूपमा विकास गर्ने लक्ष्यका साथ योजना अगाडि बढेको लगानीकर्ताहरूले बताएका छन् ।     भास्कर एग्रो इन्टिग्रेटेड फर्म नामकरण गरिएको उक्त फर्मले स्थानीय  सम्भावनालाई अवसरमा बदल्नको लागि मार्ग प्रशस्त गर्ने विश्वास गरिएको छ । शुरूमा करीब डेढ बिघा क्षेत्रफलमा बेसार र १ बिघामा सजिवन खेती लगाइएको फर्मका सञ्चालक मनोज उपाध्याय बताउँछन् । उनले सो कृषि फर्ममा उत्पादन हुने सबै प्रकारका उत्पादन पूर्णरूपले अर्गानिक हुने बताए ।     उपाध्यायले भने–“हाम्रा दुईवटा लक्ष्य छन्, पहिले अर्गानिक खेती गरी सर्वसाधारणलाई स्वस्थ तरकारी बिक्री गर्ने, दोस्रो जडीबुडीको उत्पादन र सङ्कलन गरी बजार व्यवस्था ग

महुवनमा प्लस २ शुभारम्भ

Image
प्रमोद यादव, पचगावाँ, १५ साउन/     सखुवापरसौनी गाउँपालिका–५ स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय महुवनमा कक्षा ११ शुभारम्भ भएको छ ।     सो गाउँपालिका र आसपासका  विद्यार्थीहरूले आप्mनो घरैबाट १२ कक्षासम्मको शिक्षा हासिल गर्न सकून् भन्ने उद्देश्यले प्लस २ सञ्चालन गरिएको कार्यक्रमका मुख्य अतिथि प्रदेशसभा सदस्य मन्जुर अन्सारीले बताए ।      कार्यक्रममा जिल्ला शिक्षा विकास तथा समन्वय एकाइ कार्यालय, पर्साका प्रमुख हर्कबहादुर श्रेष्ठ, गाउँपालिका अध्यक्ष एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रदीप जैसवाल, नागरिक अगुवा रामेश्वरप्रसाद जैसवाल, शिक्षक महासङ्घ पर्साका अध्यक्ष तीर्थराज यादव,  वडाध्यक्ष सलिम मियाँ, विद्यालयका प्रधानाध्यापक रामदेवप्रसाद कुर्मीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।     कार्यक्रम विद्यालयका प्रधानाध्यापक रामदेवप्रसाद कुर्मीको अध्यक्षतामा भएको थियो ।

नेविसङ्घद्वारा ठाराब क्याम्पसमा तालाबन्दी

प्रस, वीरगंज, १५ साउन/     नेविसङ्घले ठाकुर राम बहुमुखी क्याम्पसमा तालाबन्दी गरेको छ ।     नेविसङ्घ ठाराब क्याम्पस एकाइ अध्यक्ष मनोज साहले चारवटा शाखामा तालाबन्दी गरेको बताए । उनले डेढ महीना अघिदेखि क्याम्पस प्रशासनको ध्यानाकर्षण गराउँदासमेत फाँटहरूमा सुधार नभएको, कर्मचारी समयमा नआउने गरेको र टाढा–टाढाबाट आउने विद्यार्थीहरूले दैनिक समस्या झेल्नुपरेको कारण तालाबन्दी गरेको बताए । उनले प्रशासन, स्टोर, लेखा र क्याम्पस प्रमुखको कोठामा अनिश्चितकालीन तालाबन्दी गरेको बताएका छन् ।     एकाइ अध्यक्ष साहले शिक्षा सङ्कायतर्पm प्रयोगात्मक परीक्ष्Fाको लागि १५ सय शुल्क तोकिएकोमा क्याम्पस प्रशासनले आपूmखुशी रु ४५ सय लिइरहेको र त्यसको भर्पाई नदिएको तथा अन्य परीक्ष्Fा शुल्कसमेत असुल गरेर परीक्ष्Fा सञ्चालन नगरेको थुप्रै समस्याहरू भएकाले तालाबन्दी गर्नुपरेको बताए ।     उनले क्याम्पसमा देखिएका समस्या समाधान गर्नेतर्पm नेविसङ्घ एकाइले क्याम्पस प्रमुखको बारम्बार ध्यानाकर्षण गराउँदापनि समस्यातर्पm गम्भीर नदेखिएकाले तालाबन्दीको विकल्प नदेखिएको बताए ।

१७ मिनटमा दहेजरहित विवाह सम्पन्न

Image
प्रस, वीरगंज, १५ साउन/     विनादहेज १७ मिनटमा एउटा जोडीको विवाह सम्पन्न भएको छ । बारा जिल्ला निवासी जोखु चौधरी र पर्सा निवासी स्मृतिकुमारी दासबीच मङ्गलवार विवाह सम्पन्न भएको हो ।     प्रमाणपत्र तह उत्तीर्ण वर्ष २४ की स्मृति र प्रमाण पत्र तह उत्तीर्ण वर्ष २८ का जोखुबीच कुनै उपहार–दहेज नलिने सहमति अनुसार दुवैतर्फका आमाबाबुको उपस्थितिमा विवाह भएको पूर्ण ब्रहम कबीर उपासक समाज, पर्साले जनाएको छ ।     समाजका संयोजक नरेश दासको संयोजनमा भएको विवाह समारोहमा दुलहादुलहीलाई १७ मिनटसम्म वेदमन्त्र सुनाएपछि दुलहाले दुलहीलाई सिन्दुर दान गरे । सिन्दुर दानपछि कार्यक्रम समापन भएको थियो ।     सिन्दुरदानबाहेक दुल्हादुल्ही दुवै पक्षको कुनै पैसा खर्च नभएको समाजका सदस्य लालबाबू साहले बताए । समारोहमा सहभागीहरूलाई संस्थाको तर्फबाट चियानाश्ताको प्रबन्ध मिलाइएको थियो ।     कार्यक्रम वीरगंज नयाँ बसपार्कस्थित समाजको कार्यालयमा भएको हो ।     लैङ्गिक हिंंसामुक्त, दहेजमुक्त र शाकाहारी समाज निर्माणमा कबीर उपासक समाज लागेको र हालसम्म यस्तो सयौं जोडीको विवाह गराइसकेको समाजका संयोजक दासले बताए ।

आर्थिक प्रलोभनमा चेक काट्दै

प्रस, रौतहट, १५ साउन/     यमुनामाई गाउँपालिकामा अहिलेसम्म आर्थिक प्रलोभनमा चेक काट्ने कार्य भइरहेको आरोप स्थानीयले लगाएका छन् ।     गाउँपालिका प्रमुख श्रीप्रसाद मुखिया, प्रशासकीय अधिकृत समशाद आलम र लेखापाल नारायण झाको मिलेमतोमा आर्थिक प्रलोभनमा चेक काट्ने कार्य भइरहेको आरोप यमुनामाई गाउँपालिकाका अनुठाराय यादवले लगाएका छन् ।     असार महीनाको १५ गतेसम्म उपभोक्ता समितिले विकास निर्माण कार्य सम्पन्न गरी २० गतेसम्म कार्य सम्पन्न भएको भनी भुक्तानीको लागि निवेदन दिनुपर्ने प्रावधान रहेको छ । असार ३१ गतेसम्म गाउँपालिकाले अनुगमन गरी भुक्तानी दिनुपर्ने कानूनी प्रावधान रहेको छ । साउन १ गतेदेखि खाता बन्द गर्नुपर्ने नियम भएपनि यमुनामाई गाउँपालिकाका प्रमुख श्रीप्रसाद मुखिया, प्रशासकीय अधिकृत समशाद आलम र लेखापाल नारायण झाको मिलेमतोमा असार २५ देखि ३१ गतेको मिति राखी हालसम्म चेक काट्ने गरेको यादवले बताएका छन् । यस सम्बन्धमा प्रशासकीय अधिकृत आलमलाई फोन गर्दा फोन उठेन ।

प्रदेश नं २ को कृषि अनुसन्धानको वार्षिक समीक्षा सम्पन्न

प्रस, वीरगंज, १५ साउन/     साउन १४ गते परवानीपुरस्थित नेपाल कृषि अनुसन्धान परिषद् अन्तर्गतको क्षेत्रीय कृषि अनुसन्धान केन्द्रमा प्रदेश नं २ का सातवटै अनुसन्धान केन्द्रको आव २०७५/७६ को तेस्रो चौमासिक तथा वार्षिक प्रगति समीक्षा गोष्ठी परिषद्का निमित्त कार्यकारी निर्देशक डा. दीपक भण्डारीको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ ।     उक्त गोष्ठीको अध्यक्षता सोही केन्द्रका क्षेत्रीय निर्देशक केशवप्रसाद श्रेष्ठले गरेका थिए भने गोष्ठीको उद्देश्यबारे योजना महाशाखाका वैज्ञानिक नामदेव उपाध्यायले प्रकाश पारेका थिए । यसैगरी, गोष्ठी सफलताको शुभकामना व्यक्त गर्दै परवानीपुर गाउँपालिकाका अध्यक्ष हरिनारायण साहले कृषि अनुसन्धान केन्द्रका उपलब्धिहरू केन्द्रको घेराभित्र मात्र सीमित नराखी स्थानीय निकायहरूसँग सहकार्य गरी कृषकसमक्ष पु¥याउनुपर्ने विचार व्यक्त गरे ।     उक्त गोष्ठीको प्राविधिक सत्रमा क्षेत्रीय कृषि अनुसन्धान केन्द्र, परवानीपुरका साथै राष्ट्रिय धान बाली अनुसन्धान कार्यक्रम, हर्दिनाथ, तेलबाली अनुसन्धान कार्यक्रम, नवलपुर, उखु बाली अनुसन्धान कार्यक्रम, जीतपुर, कृषि अनुसन्धान केन्द्र, बेलाचापी, कृषि यन्त्

नदी कटानको स्थायी समाधानका लागि

Image
सञ्जय साह मित्र     वर्षाले बाढी ल्याउँछ । बाढीले विकास भत्काउँछ । विकास भत्काउन नसके बाढीले गाउँलाई डुबानमा पार्छ, शहरमा पानी पस्छ । गाउँ डुबानमा पार्दा खेतको बाली नष्ट हुन्छ । घर भत्काउँछ । कतिपय अवस्थामा मानिसको पनि मृत्यु हुन्छ ।     बाढीले हरेक वर्ष कति जनधनको क्षति गर्छ भन्ने कल्पना गर्न पनि गाह्रो छ । सरदर सामान्य तथ्याङ्क आउँछ । हरेक जिल्लामा बाढीले सरदर दश अर्बको क्षति पु¥याउने गरेको छ । बाढीले सबै क्षेत्रमा क्षति पु¥याउने गरेको छ । सबै क्षेत्रको क्षतिको वास्तविक मूल्याङ्कन चाहिं आर्थिक मात्र हुन सक्दैन । आर्थिक क्षेत्र नै सबै कुरो होइन । मानसिक क्षतिको मूल्याङ्कन कसरी गर्ने ? अत्यधिक बाढीले कैयौं परिवारको घर भत्किन्छ । घर भत्किंदा कति गरीब बालबालिकाको सपना त्यतिकै भङ्ग हुन्छ । कति विपन्न बालबालिकाको पढाइ समाप्त हुन्छ । अन्य धेरै क्षेत्रमा यस प्रकारको क्षति हुन्छ ।     बाढीले भौतिक संरचनामा सबैभन्दा बढी क्षति पु¥याउँछ । मुख्यतया एक दुई वर्ष यता बनेका नयाँ सडकले बढी क्षति पु¥याउने र सडकलाई बढी क्षति पुग्ने हुन्छ । सडकको कारण गाउमF पानी पस्ने र सडक नै बढी क्षति हुने कारण चाहिं

विपद् जोखिम न्यूनीकरण

    विपद् आयो भने जोखिम हुन्छ, हुन्छ । मानिस विवेकशील प्राणी भएकोले जोखिम आइपरेपछि राहतको कार्य गर्न सक्दछ, जोखिम हटाउन सक्दैन, जोखिम न्यूनीकरणका लागि क्रियाशील हुन सक्दछ । जोखिम न्यूनीकरण ध्येय हुनुहुँदैन, सकभर जोखिम ननिम्तियोस् भन्ने सत्प्रयास मानवीय धर्म हो । विपद् आउनै नदिनु मानिसको बुताको बाहिरको चीज हो, किनकि प्रायः विपद् दैवी हुने गर्दछ । तर दैवी विपद् पनि धेरै अंशमा मानिसले नै सिर्जना गरेको हुन्छ । मानिसले आज गरेको प्रकृति प्रतिकूल कामको परिणाम लामो समयपछि देखिने हुँदा, आपूmले नै गरेको गल्तीको परिणाम हो भन्ने ठान्दैन । यसमा मानव मनोविज्ञानले पनि काम गरिरहेको हुन्छ । किनकि मानिसले हत्तपत्त आप्mनो गल्ती स्वीकार गर्दैन । झन् धेरै पहिले गरेको गल्ती, त्यो पनि आफैंले नगरेको हुन सक्छ, पुर्खादेखि हुँदै आएको हो भने कसरी स्वीकार गर्ने ? तर स्वीकार गर्नुपर्छ । किनकि आजको वैज्ञानिक युगले धेरै प्राकृतिक विपदाहरूको सिर्जना मानिसले हजारौं वर्षदेखि गर्दै आएको गल्तीको परिणाम हो भन्ने साबित गरिदिइसकेको छ ।     आगलागी, बाढी–पहिरो, हुरी–बवण्डरको सिर्जना मानिस आफैंले नगरेको भए तापनि यस पछाडि मानिसक

२०७६ साउन १५ गते बुधवारको प्रतीक दैनिक

Image

रेशमाको शङ्कास्पद मृत्युः प्रेमीलगायतको मोबाइल अफ, हत्या भएको परिवारजनको दाबी

Image
प्रस, वीरगंज, १४ साउन/     वीरगंजमा एकजना युवतीको शङ्कास्पद मृत्यु भएको छ । मृत्यु हुनेमा वीरगंज महानगरपालिका–३ प्रगतिनगरकी २३ वर्षीया लक्ष्मी भनिने रेशमा ठाकुर रहेकी छन् ।     आइतवार दिउँसो २ बजे घरबाट भतिजासँग रु ५० मागेर रिक्शामा गएकी उनी राति साढे ८ बजे विष खाएर अस्पतालमा छटपटाई रहेको अवस्थामा प्रहरीले उनलाई फेला पारेको र केही बेरमैं अस्पतालकै इमरेजन्सी शाखामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ ।     एक वर्षदेखि प्रेम सम्बन्धमा रहेकी रेशमाको बिहान साढे ८ बजे आनन्दसँग कुराकानी भएको र उनलाई भेट्न बजार निस्केकी परिवारजनले बताएको छ । परिवारजनका अनुसार रेशमाको हत्या भएको हो र घटनामा संलग्न रेशमाका साथीहरूलाई कानूनको दायरामा ल्याई सत्यतथ्य बाहिर ल्याउन प्रहरीसमक्ष माग गरेका छन् ।     रेशमासँगै माईस्थानको हट ममः मा खाजा खान गएकी वीरगंज बसपार्ककी ज्यासमी भन्ने सुरक्षा खतिवडाले उनको मृत्यु विषसेवनले गर्दा भएको बयान दिएकी छन् । उनका अनुसार आइतवार दिउँसो ४ बजेतिर हट ममःमा पुग्दा रेशमासँग रवि कलवार, अलका बसेका थिए । आपूmले माईस्थान चोकबाट भेज ममः किनेर ल्याई हट ममः पसलमैं ख

बाढीको पीडामा छिपहरमाई, गाउँगाउँको सडक कटान, करोडौंको क्षति

Image
राधेश्याम पटेल, परवानीपुर, १४ साउन/     पर्साको छिपहरमाई गाउँपालिका पछिल्लो बाढीबाट नराम्ररी प्रभावित हुनुको साथै करोडौको क्षति भएको छ ।     विगत दुई साताभित्र दुईपटक आएको ओरिया खोलाको बाढीले गर्दा सयौ बिघा धान बाली जलमग्न भई बर्बाद भएको छ भने गाउँपालिकाको चारैतिरको सडक सञ्जाल पनि टुटेको छ ।     गाउँपालिका अध्यक्ष मनोज गुप्ताका अनुसार भिस्वाबाट जयमङ्गलापुर जाने सडकखण्ड, झलमहियादेखि चरगाहा सम्म, पूर्वारी टिहुकीदेखि बुडगाइँसम्म जाने बाटो, झलमहियादेखि मिर्जापुर जाने बाटो बाढीले कटान गर्दा करीब एक करोडको क्षति भएको हो ।     दुई वर्षदेखि गाउँपालिकाको विकासमा जुटेका अध्यक्षले आर्थिक वर्ष २०७४–०७५ मा रु ८ करोड र २०७५–०७६ मा ९ करोड खर्च गरी गाउँपालिका अन्तर्गतको विभिन्न सडक सञ्जाल चुस्त दुरुस्त बनाएका थिए । बाढीले माटो र ग्रेभलसहित ४०/४० मिटर चौडा कटान गरेको उनले बताएका छन् ।     वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रबाट ९ लाख ६२ हजार पर्ने प्रतिसोलार सिंचाइ प्रणालीको ४/५ वटा मेशिन पनि डुबानमा पनि खराव भएको उनले बताए । बाढी गएपछि हाल बाटोको सम्पर्क जोडने र आवतजावत सहज बनाउने काममा जुटेको उनले बता

अरमान अलिको अपहरण

प्रस, वीरगंज, १४ साउन/     वीरगंज महानगरपालिका–१९ इनर्वा निवासी ३५ वर्षीय अरमान अलिको अपहरण भएको उनका परिवारजनले बताएका छन । सोमवार बिहान ५ बजे नमाज पढेर घर गएका अरमान कसैको फोन आएपछि गएका र त्यसपछि फर्केका छैनन् । उनका परिवारले हिजो दिनभर खोजतलाश गरेको तर कतैबाट कुनै खबर नपाएको बताएका छन् । आज बिहान ८ बजे अरमानकी दिदीलाई अरमानले फोन गरेर पैसा नदिए मारिदिने धम्की दिएको बताए । अरमानको नम्बरबाट फोन आएको र अरमानले पैसा दिनु नत्र मारिदिन्छन् भन्नेबाहेक अरू कुरा नगरेको र त्यसपछि फोन स्वीच अफ भएको बताइएको छ ।     परिवारले आज बिहान यस्तो फोन आएपछि अरमानको अपहरण भएको ठानेर प्रहरीलाई सूचित गरेको छ । प्रहरीले घटनाबारे अनुसन्धान शुरू गरेको बताएको छ ।

८९ किलो गाँजासहित चार भारतीय पक्राउ

Image
प्रस, वीरगंज, १४ साउन/     ८९ किलो गाँजासहित चारजना भारतीय नागरिकलाई पर्सा प्रहरीले पक्राउ गरेको छ ।     बोलेरो गाडीमा नेपालबाट भारततर्पm गाँजा लगिरहेको सूचना पाएर प्रहरीले वीरगंज–२५ ड्राइपोर्ट बहुअरीस्थित सडकखण्डमा चेकजाँचको क्रममा उनीहरूलाई मङ्गलवार बिहान पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ ।     बिआर२८जी २७७० नं.को बोलेरो गाडीमा फल्स बटम बनाई ८९ किलो गाँजा लुकाएर भारत लगिरहेको अवस्थामा प्रहरीले मोतीहारी, विशुनपुर–३ बस्ने ३१ वर्षीय नूरमहमद हुसेन, पूmलवरिया–११ बस्ने ३२ वर्षीय असलम आलम साइन, २८ वर्षीय इर्शाद साइन र शीतलपटी बस्ने ३० वर्षीय सुनील साहलाई पक्राउ गरेको जिप्रका, पर्साले जनाएको छ ।     पक्राउ परेका भारतीय नागरिकमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

बहिनीहरूलाई अंगे्रजी र प्रविधिबाट दक्ष पार्ने प्रयास

Image
प्रस, वीरगंज, १४ साउन/     आसमान नेपालद्वारा पर्सामा सञ्चालित बहिनी शिक्षाको लागि दिदी कार्यक्रम अन्तर्गत कक्षा ८ मा अध्ययनरत छात्राहरूलाई लक्षित गरेर अग्रेजीसमेत प्रविधिसँग जोड्नका लागि चारदिने आधारभूत तालीम शुरू भएको छ ।     डिएफआइ, भिएसओ र ब्रिटिश काउन्सिलको सहयोगमा आसमान नेपाल पर्साले ६ वर्षदेखि सञ्चालन गर्दै आएको बहिनी शिक्षाको लागि दिदी कार्यक्रम प्रभावकारी भएपनि मावि तहसम्म शिक्षा लिएकाहरूमा अंग्रेजी कमजोर देखिएपछि ब्रिटिश काउन्सिलको पहलमा अहिले अंग्रेजीसमेत प्रविधिबारे दक्ष बनाउने उद्देश्यले चार दिने तालीम आयोजना गरिएको आसमान नेपालका पर्सा संयोजक मुन्नीलाल बैठाले बताए ।     बालविवाह भएर ९ जना र एसइई परीक्षा दिएका ९५ जना आसमान नेपालबाट बाहिरिएपछि अहिले बाँकी  २११ जना छात्राहरूलाई लक्षित गरेर तालीम दिइँदैछ । वीरगंजको होटल कुमु प्यालेसमा पर्सा जिल्लामा यो कार्यक्रम लागू भएको १२ विद्यालयबाट ५/५ जना छात्रा समावेश गरेर आधारभूत तालीम दिने काम भइरहेको छ ।     खेलकूद र बोलचालको माध्यमबाट अंग्रेजी बोल्न तथा छात्राहरूलाई कम्प्युटर, ट्याब्लेट चलाउन पनि आधारभूत तालीमद्वारा दक्षता प्रदान ग

बिहे मण्डपबाट बेहुला फरार

प्रस, सिम्रौनगढ, १४ साउन/     बारा जिल्लाको सिम्रौनगढ नपामा रहेको कन्काली मन्दिरमा बिहेको बखत बेहुला भागेपछि बिहे रोकिएको समाचार छ ।     पर्सा जिल्लाको भेडिहारीका मुकेश सर्राफको बारा आदर्श कोतवाल निवासी युवतीसँग बिहे तय थियो । हिजो बेलुकी राती दश बजेको साइत थियो र बेहुलासहित जन्ती बिहेको लागि कन्काली मन्दिर पुगेका थिए ।     तर साइतको बखत राति दश बजे बेहुलालाई जग्गेमा बोलाउँदा बेहुला भागेको कुरा सार्वजनिक भएको थियो । बेहुली र बेहुला पक्षले बेहुलाको खोजतलाश गरेर थाकेपछि हिजै राति बिहे स्थगित भएको जन्ते जानेले बताए ।

खडेरी र वर्षाको दोहोरो पिडामा चुरे आसपासको बस्ती

Image
जीतलाल श्रेष्ठ, निजगढ, १४ साउन/     यस वर्षको वर्षायाम अघि चुरे आसपासका खेतवारीका बालीनाली खडेरी लागेर नष्ट भयो । वर्षा लागे पछि भने डुबान र कटानले नष्ट भयो ।     निजगढ नगरपालिकाको रतनपुरीको डमरपुर, भक्तलाल, कुलिया, रामथली, बारथली, बु«ङ्गजोर, लाल चुरे आसपासमा दुई सय बिघाभन्दा बढी जमीनको मकैंबाली सुख्खा खडेरीले नष्ट भएको निनपा–१२ रतनपुरी कुलियाका किरण श्रेष्ठले बताए ।     चुरे फेद र आसपासमा आकाशे पानीको भरमा बाली लगाउनुपर्ने बाध्यता छ । “आकाशे पानीको भरमा बाली लगाइयो । समयमा पानी पर्दैन । विगतमा बाढी आउँदा कुलिया भक्तलाल खोलाले तीन बिघाभन्दा बढी कटान गरी बगर बनाइदियो ।     यस पाली घरबारीमा रहेको डेढ/दुई कठ्ठाका लगाएको मकैंबाली खडेरीले खाइदियो । केही रहलपहल झनैं निरन्तरको वर्षाले बर्वाद बनायो”—निनपा १२ कुलियाका रामप्रसाद जमकटेलले दैवी विपत्तिको पीडा सुनाए ।     “कसरी जीवन धान्ने, स्थानीय सरकारले क्षतिपूर्ति दिन वास्ता गर्दैन । खोला नियन्त्रण ठाउँमा गर्दैन । कसलाई पोख्ने पीडा ? ३/४ बिघा जमीनको मालिक अहिले मात्र डेढ–दुई कठ्ठा जमीन बाँकी छ । त्यैपनि कहिले आउने बाढीले बढार्ने हो, ठेगान छैन

नेकपा पर्साद्वारा प्रमलाई १२ बुँदे ज्ञापन

Image
प्रस, वीरगंज, १४ साउन/     नेकपा पर्साले पर्साका प्रअिजमार्फत प्रधानमन्त्रीलाई ज्ञापन बुझाएको छ ।     पर्सा जिल्लामा हालै बाढीले गरेको क्षति लगायत १२ बुँदे समस्या समाधानका लागि ज्ञापन बुझाएको नेकपा पर्साका अध्यक्ष प्रभु हजराले बताए ।     उनले बाढी प्रभावित क्षेत्रमा राहत पुग्न नसकेको, राहतमा भेदभाव गरिएको, क्षतिको विवरण तयार गरेपनि क्षतिपूर्ति नदिएको, नदी नियन्त्रणका उपायहरू अवलम्बन नभएको, वीरगंज महानगरले एडिबीको सहयोगमा बनाएको ढलमा प्राविधिक त्रुटि रहेको, पर्सासँग जोडिएको सीमा क्षेत्रमा भारतले बाँध लगाएको कारण जिल्ला डुबानमा परेको, किसानहरूलाई मलखादको समस्या रहेकोलगायत विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको अध्यक्ष हजराले बताए ।     ज्ञापन बुझाउने कार्यक्रममा सहभागी जगरनाथपुर गापाका अध्यक्ष जालिम मियाँले आप्mनो गापाको झकरा मसियानीको दुईस्थानमा तत्काल नदी नियन्त्रण नभए आसपासका गाउँ डुबानमा पर्ने बताए ।     यसैगरी पूर्व सांसद विचारी यादवले वीरगंज महानगर–३० लालपर्साका बाढी पीडितहरूलाई अहिलेसम्म कुनै राहत नपाएको गुनासो गरे ।     प्रजिअ नारायणप्रसाद भट्टराईले ज्ञापन बुझ्दै सम्बन्धित

बिरुवागुठी हुलाक कार्यालयको अवस्था दयनीय

Image
प्रस, पर्सागढी, १४ साउन/     पर्सागढी नगरपालिका–४, बिरुवागुठी इलाका हुलाक कार्यालयको अवस्था दयनीय भएको छ । हुलाक कार्यालयमा पङ्खा, फर्निचर छैन ।     कार्यालयमा दुईजना हुलाकी शेखरनाथ घिमिरे र रञ्जीत चौधरी कार्यरत छन् ।     गर्मीको बखत कार्यालयमा पङ्खा नहुँदा बाहिर बस्नुपर्छ भने पानी परेपछि नजीकैको स्वास्थय चौकीमा ओत लाग्नुपर्ने बाध्यता रहेको हुलाकी घिमिरेले बताए । जिल्ला हुलाक कार्यालयमा पटक–पटक सोबारे जानकारी गराउँदा पनि कुनै सुनवाइ नभएको उनले बताएका छन् ।

विवाहिता महिलाको हत्याको प्रयास, अवस्था गम्भीर

Image
प्रस, वीरगंज, १४ साउन/     वीरगंजको भिस्वा डाँडामा एकजना महिलाको हत्याको प्रयास भएको छ ।     मङ्गलवार दिउँसो ४ बजे वीरगंज घडीअर्वा निवासी मनु चौधरीलाई अशोकवाटिका निवासी रोशनकुमार गुप्ताले भिस्वा डाँडामा छुरा प्रहार गरेको प्रहरीले जनाएको छ ।     गुप्ताले छुरा प्रहार गर्दा चौधरीको घाँटीमा गम्भीर चोट लागेको छ । घाँटी, हात र शरीरको अन्य भागमा छुरा प्रहार भएको प्रहरीले जनाएको छ । उनको उपचार नारायणी अस्पतालपछि नेशनल मेडिकल कलेजमा भइरहेको छ ।     प्राप्त जानकारी अनुसार चौधरीलाई आज बिहान ११ बजे गुप्ताले घरबाट बोलाएर भिस्वा डाँडामा रहेको झाडीमा कुरा गरी गुप्ताले चौधरीमाथि छुरा प्रहार गरेको प्रहरी नायब उपरीक्ष्Fक अनन्तराम शर्माले जानकारी दिए ।     गुप्ता प्रहरी नियन्त्रणमा रहेको प्रनाउ शर्माले जानकारी दिए । घाइते महिला विवाहित रहेको र उनको एकजना छोरा छ । पति अजय सिंह लामो समयदेखि काठमाडौंको एउटा समिलमा काम गर्दैछन् । गुप्ता र चौधरीबीच पाँच वर्षदेखि प्रेम सम्बन्ध रहेको प्रहरीको भनाइ छ । केही दिन अघि चौधरीलाई गुप्ताले काठमाडौं लगी एक सातासम्म राखेको र दुई दिन अघिमात्र वीरगंज आएको प्रनाउ शर्माले

वीरगंज वितरण केन्द्रले फडको मा¥यो, ४६ करोड महसुल असुली

Image
राधेश्याम पटेल, परवानीपुर, १४ साउन/     नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र, वीरगंजले गत आर्थिक वर्षमा अघिल्लो वर्षको तुलनामा ४६ करोड बढी विद्युत् महसुल उठाएको छ ।     आर्थिक वर्ष २०७४–०७५ मा ३ अर्ब ९ करोड ७७ लाख ५१ हजार २ सय ६३ रुपियाँ सङ्कलन भएको थियो भने आव २०७५–०७६ मा ३ अर्ब ५५ करोड ८३ लाख ९७ हजार ४३ सङ्कलन भएको वितरण केन्द्र प्रमुख मुनीन्द्र ठाकुरले बताए ।  उनका अनुसार सङ्कलित रकममा बिजुलीको महसुल र कारबाईबाट असुल उपर गरिएको रकम पनि समावेश छ ।     ४५ हजार ग्राहक रहेको वीरगंजमा १ वर्षको अवधिमा ४६ करोड महसुल वृद्धिले अहिले देशभरकै १ सय १० वटा वितरण केन्द्रभन्दा बढी मुनाफा आर्जन गरेको नेपाल वीरगंज प्राधिकरणको आकलन छ । वितरण केन्द्रले रु ५  करोड ५३ लाख छुट बिलिङबाट र चुहावट नियन्त्रण गरेर २० करोड ६९ लाख ६२ हजार गरी करिब २६ करोड असुल उपर गरेको बताइएको छ ।     आर्थिक वर्ष २०७४–०७५ मा चुहावट दर १०.७३ प्रतिशतबाट आव २०७५–०७६ मा ४.९६ प्रतिशतमा झार्दा करीब रु २१ करोड नेपाल विद्युत् प्राधिकरणलाई फाइदा भएको वितरण केन्द्रका प्रमुख ठाकुरको भनाइ छ भने गत वर्ष वीरगंज पथलैया औद्योगिक करिडरका ८

फरार पाकेटमार पक्राउ

प्रस, वीरगंज, १४ साउन/     जिल्ला प्रहरी कार्यालय, बाराले प्रहरी हिरासतबाट फरार एकजना भारतीयलाई पक्राउ गरेको छ ।     सिम्रौनगढ नगरपालिका–३ नयकाटोला बस्ने गौरीशङ्कर यादवको पाकेट मारेको कसूरमा पक्राउ परेका भारत, मोतीहारी निवासी १९ वर्षीय फिरोज मियाँ साउन ७ गते राति प्रहरी हिरासतबाट फरार भएका थिए ।     उनलाई प्रहरीले गौरबाट पक्राउ गरी कारबाई प्रक्रिया अगाडि बढाइएको बारा प्रहरी प्रवक्ता प्रनाउ रञ्जितसिंह राठौरले जानकारी गराएका छन् ।

बाढी र खेतीपातीले काठ तस्करीमा कमी

Image
प्रस, सेढवा, १४ साउन/     डिभिजन वन कार्यालय, पर्साले गत आवमा वनसम्बन्धी पर्सा जिल्ला अदालतमा २५ वडा मुद्दा दायर भएको बताएको छ ।     सहायक वन अधिकृत वशिष्ठ नारायण पटेलले आव ०७५–०७६ मा काठ चोरी तस्करीका २१, वन्यजन्तु चोरी शिकारीका २, वन अतिक्रमण र बालुवागिट्टीसम्बन्धी १/१ गरी कुल २५ वटा मुद्दा दायर गरिएको बताए । उनले पछिल्लो चरणमा वन फडानी, काठ तस्करीका घटनामा कमी आएको दाबी गरेका छन् ।     पहिलोको तुलना अहिले काठ तस्करी कम भएको छ– सहायक वन अधिकृत पटेलले भने । स्थानीयले भने बाढीका कारण बाटोघाटो खराब भएको र मानिस धान रोपाइँमा व्यस्त भएकाले काठ तस्करहरूलाई भरिया समस्या भएकोले काठ तस्करीमा कमी आएको बताएका छन् ।     पर्सा जिल्लाको वन नजीक रहेका बस्तीहरूमा काठ तस्करीको वारदात बढी हुने गरेको छ ।     तस्करहरूले वनको काठ कटान गरी नजीकको गाउँमा लुकाउने र वीरगंज, जीतपुर बजार तथा छिमेकी भारत पठाउने गर्दै आएका छन् । ४ थान गोलिया काठ बरामद     यसैबीच अस्थायी प्रहरी चौकी हरपुरले आज चार थान गोलिया सालको काठ बरामद गरेको छ । बिहान ६ बजेतिर गस्तीको क्रममा जीराभवानी गापा–५ सखुवनियाबाट प्रहरीले चारवटा गोल

नेपालमा समाजवादको खोजी

Image
विनोद गुप्ता     गत साप्ताह स्व. विपी कोइरालाको ३७ औं र स्व. पुष्पलाल श्रेष्ठको ४१ औं पुण्यतिथिको अवसरमा पाठशाला वीरगंजले नेपाली राजनीतिका तीन प्रखर चिन्तक–माओवादीतर्पmबाट श्रीराम कार्की, एमालेतर्पmबाट घनश्याम भुसाल (हुन त उहाँहरू दुवै नयाँ परिवेशमा नेकपा भइसकेका छन् ) र नेकातर्पmबाट प्रदीप गिरीको सहभागितामा नेपालमा समाजवादः एक विमर्श कार्यक्रमको आयोजना गरेको थियो । वीरगंजको नगरसभा भवन भनिने टाउनहल पार्टी प्यालेसमा आयोजित कार्यक्रममा मोटो सहभागिताले राम्रो आस जगाएको थियो । वीरगंजको लागि यो निकै राम्रो बौद्धिक प्रयास मानिनुपर्छ । यस कार्यक्रममा सबभन्दा पहिले आप्mनो मन्तव्य राम कार्कीले व्यक्त गरेका थिए ।     मन्तव्यको क्रममा उनले प्रारम्भमा नै वर्तमान राजनैतिक आर्थिक र सांस्कृतिक प्रणालीसँग आप्mनो असहमति भएको र वर्तमानभन्दा फरक समाज निर्माण गर्न सम्भव भएको आधारमा आप्mनो विचार राख्ने स्पष्ट गरेका थिए । हाम्रो समाजको संरचना ‘म’मा आधारित भएकोले यसमा प्रतिस्पर्धा छ, भेदभाव छ र असमानता छ भन्दै बुद्ध, गार्गी र मैत्रेयीले फरक समाजवाद बनाउने सोच राखेको तर पूर्वीय सभ्यताको समाज अलौकिक सोचले ग्

प्रयोगविहीनता

    एउटा समाचार आएको छ । रक्त सञ्चार केन्द्रमा रहेको रक्त वर्गीकरण गर्ने मेशिन प्रयोगविहीन छ । यस मेशिनले रगतलाई प्याकसेल, प्लेटलेट र प्लाज्मा गरी तीन वर्गमा विभाजित गर्दछ । जुन मानिसलाई रगतको आवश्यकता हुन्छ, उसलाई एकैचोटि यी तीनै तŒव नचाहिन सक्छ । कसैलाई प्याकसेल, कसैलाई प्लेटलेट त कसैलाई प्लाज्मा चाहिने हुन्छ । सामान्यतया डाक्टरहरूले कसैलाई रगत दिनुप¥यो भने खुट्याएर भन्दैनन् । सिङ्गो रगत बिरामीको शरीरमा हालिदिन्छन् । यसरी तीनजना बिरामीलाई काम लाग्ने एउटै रगत एकजनामा खर्च भइरहेको छ । यसले गर्दा वीरगंजमा मात्र होइन, नेपालभरि नै जहिले पनि रगतको अभाव भइरहेको सुनिन्छ । हुनत हामीकहाँ रक्तदाता समूह नै खडा भएको छ । विभिन्न सङ्घसंस्था पनि बेलाबखत रक्तदान कार्यक्रमको आयोजना गर्दछन् । तर जाँगर र विवेकको अभावमा जहिले पनि रगतको कमी भइरहेको हुन्छ । रक्तदाताहरूलाई धन्यवाद दिनुपर्छ, जो रगत अभाव भएको सुन्नेबित्तिकै रक्तदान गर्न तत्पर भइहाल्छन् ।     कुरा रगत वर्गीकरण गरी छुट्याउने मेशिनको मात्र होइन, हामीकहाँ थुप्रै यस्ता उपकरण छन्, जुन मानवीय आवश्यकताका लागि अपरिहार्य छन् तर तिनको उपयोग कहिले हुन सक

२०७६ साउन १४ गते मङ्गलवारको प्रतीक दैनिक

Image

रगत वर्गीकरण गर्ने मेशिन प्रयोगविहीन

Image
प्रस, वीरगंज, १३ साउन/     रक्तसञ्चार केन्द्र, वीरगंजमा रहेको रगत वर्गीकरण गर्ने (ब्लड कम्पोन्टमेन्ट सेपेरेशन) मेशिन प्रयोगविहीन अवस्थामा छ ।     दुई वर्ष अघि रु ४० लाख मूल्य पर्ने यो मेशिन नेपाल राष्ट्रिय प्रयोगशालाले नेपाल रेडक्रस सोसाइटी, पर्सा अन्तर्गतको रक्तसञ्चार केन्द्र वीरगंजलाई उपलब्ध गराएको थियो ।     रोगीहरूलाई आवश्यकता अनुसार प्याकसेल, प्लेटलेट र प्लाज्मा उपलब्ध गराउने उद्देश्यले (ब्लड कम्पोन्टमेन्ट सेपरेशन) मेशिन जडान गरिएको हो । तर दुई वर्ष बित्दा पनि यो मेशिन प्रभावकारीरूपमा सञ्चालनमा आउन सकेको छैन ।     बिरामीहरूको चेकजाँच गर्ने चिकित्सकहरूले उनीहरूलाई आवश्यक पर्ने प्याकसेल, प्लेटलेट र प्लाज्माको माग गर्नुपर्ने र रक्तसञ्चार केन्द्रले सो अनुरूप रगत उपलब्ध गराउनुपर्नेमा अहिलेसम्म ५ प्रतिशतमात्र यो मेशिन प्रयोगमा आएको छ ।     रगत अभाव भएको बेला यो मेशिनको प्रयोग बढी हुन गएको खण्डमा रगत अभावको समस्या हुँदैनथ्यो । एकथरी रगतबाट तीनथरी बिरामीको उपचार हुँदा रगत अभावको समस्या टर्ने विश्वास लिएकोमा चिकित्सकहरूले बिरामीहरूको लागि तीनथरीको रगतको सिफारिश नगरी सम्पूर्ण रगत माग गर्न

बसपार्क तुरून्त सञ्चालनमा आउँछ –मेयर सरावगी

Image
प्रस, वीरगंज, १३ साउन/     वीरगंज बसपार्कको निर्माण कार्य सम्पन्न भएपनि सञ्चालनमा आउन सकेको छैन । पुरानो संरचना भत्काएर अत्याधुनिक बसपार्क निर्माण सम्पन्न भएको महीना बितिसक्दा पनि सञ्चालनमा आउन सकेको छैन ।     मेयर विजय सरावगीले एक साताभित्र बसपार्क सञ्चालनको लागि तयारी भइरहेको बताए । उनले यस अघि गरिएको तयारी बाढीको कारण तहसनहस नभएकोले पुनः नयाँ तयारीका साथ बसपार्क सञ्चालन हुने बताए ।         मेयर सरावगीले बसपार्क सञ्चालनमा नआउँदै त्यहाँको शौचालय जथाभावी प्रयोग गर्दा खराब भएको र बिजुली बत्तीको उचित व्यवस्थापन बाँकी भएकोले एकाध दिन ढिलो हुने बताए । उनले सबै तयारीको लागि मानिस खटाइसकेको र एक साताभित्र सञ्चालनमा आउने बताए ।     यस अघि बसपार्क निर्माण कार्य  सम्पन्न भएपछि बस व्यवसायी, प्रहरी र व्यवस्थित वीरगंज अभियानका व्यक्तिहरूले सबै बसलाई बसपार्कबाट सञ्चालन गर्ने सहमति गरेका थिए । सहमतिको केही दिन बसपार्कबाट बसहरू सञ्चालन भएपनि अहिले पुरानै ढर्राबाट बसपार्क बाहिरबाट बसहरू सञ्चालन भइरहेका छन् ।     नारायणी यातायात सञ्चालक समिति प्रालिका जगतसाह कानूले बसपार्क पूर्णरूपमा नबनेको कारण भित्

मेसु उपाध्याय अस्पतालमा हाजिर भएनन्

प्रस, वीरगंज, १३ साउन/     नारायणी अस्पताल वीरगंजमा नयाँ मेसुमा दरबन्दी भएका डा मदन उपाध्याय अहिलेसम्म हाजिर हुन आएका छैनन् ।     असारको तेस्रो साता उनको सरुवा विभागले नारायणी अस्पतालमा गरेको भएपनि अहिलेसम्म मेसु अस्पतालमा हाजिर हुन आएका छैनन् । स्रोतका अनुसार उनलाई यहाँ नआउन दबाब दिइएको छ । दबाबकै कारण अहिलेसम्म डा. उपाध्याय हाजिर नभएका हुन् । डा. उपाध्यायको नारायणी अस्पतालमा सरुवा भएपछि हाल अस्पतालका मेसु एनामुल हकले असार २२ देखि साउन २१ गतेसम्म अस्थायी, करार, ज्यालादारीमा १५ जनालाई भर्ना गरेका छन् ।     मेसु डा. हकले अस्प्ताल विकास समितिमा ३२ जना मात्र अस्थायी, करार र दैनिक ज्यालादारीमा कर्मचारी रहेकोमा अहिले आप्mनो पालामा ५६ जनाभन्दा बढीलाई भर्ना गरिसकेको एकजना कर्मचारीले बताए । प्रदेश सरकारले मङ्सिरपछि कुनैपनि अस्थायी, करार र ज्यालादारीमा कर्मचारी भर्ना नगर्नू भनेर निर्देशन गरेको थियो । प्रदेश सरकारको निर्देशनविपरीत अस्पतालमा ठूलो सङ्ख्यामा कर्मचारी भर्ना गरिएको स्रोतले जनाएको छ ।     मेसु डा. हकले अत्यावश्यक कामका लागि दुईजना कर्मचारीमात्र भर्ना गरेको बताए । एकजना कर्मचारीले भने

तीन वटा कार्यालयको राजस्व साढे ४ अर्ब

Image
राधेश्याम पटेल, परवानीपुर, १२ साउन/     वीरगंजमा एउटै स्थलबाट तीनवटा कार्यालयको राजस्व सङ्कलन हुने गरेको छ ।     अञ्चल यातायात व्यवस्था कार्यालय वीरगंज (सवारी), यातायात व्यवस्था कार्यालय नारायणी सवारी चालक अनुमतिपत्र (लाइसेन्स) र आन्तरिक राजस्व कार्यालय, पर्साको राजस्व वीरगंज महानगर प्रतिमा चोकबाट सङ्कलन हुने गरेको छ । तीनवटै कार्यालयको गत वर्षको राजस्व सङ्कलन करीब साढे ४ अर्ब छ ।             कार्यालयका कम्प्युटर अपरेटर प्रकाश झाका अनुसार आर्थिक वर्ष २०७५–०७६ मा आन्तरिक राजस्व कार्यालय, वीरगंजले ३ अर्ब २० करोड १३ लाख ४१ हजार ८ सय १५ राजस्व सङ्कलन गरेको छ । त्यसैगरी अञ्चल यातायात व्यवस्था कार्यालय (सवारी) तर्फ  १ अर्ब १३ करोड १४ लाख ६८ हजार ३ सय ३० र यातायात व्यवस्था कार्यालय(लाइसेन्स) तर्फ १२ करोड २८ लाख २१ हजार  गरी कुल ४ अर्ब ४५ करोड ५६ लाख ३१ हजार १ सय ४६ रुपियाँ राजस्व सङ्कलन भएको छ ।     यातायातको लाइसेन्स कार्यालयले लाइसेन्स दर्ता, नवीकरणलगायत शीर्षकमा सेवाग्रहीबाट शुल्क तथा राजस्व उठाउँछ भने यातायता व्यवस्था कार्यालय (सवारी) शाखाले सवारी साधनको दर्ता, नामसारी, सवारी धनी पूर्जा

नेपाली मदरसामा भारतीय विद्यार्थी बढी

Image
प्रस, परवानीपुर, १२ साउन/     नेपाली मदरसामा नेपालीभन्दा बढी भारतीय विद्यार्थीहरूले पढ्ने गरेका छन् ।     पर्साको छिपहरमाई गाउँपालिका–  ५ भिस्वामा सञ्चालीत  इस्लामिया नेदाय मिल्लत मदरसाको अवस्था हो यो । सीमावर्ती क्षेत्रका बासिन्दाले नेपाल भारतको सङ्गमस्थलको रूपमा पनि उक्त मदरसालाई लिने गरेका छन् । नेपाल भारतको सीमावर्ती क्षेत्रमा विगत १० वर्षदेखि सञ्चालित मदरसामा १० जना शिक्षक छन् । तीमध्ये नेपाल सरकारले एकजना राहत शिक्षक नियुक्त गरेको छ भने बाँकी ९ जना निजी स्रोतबाट नियुक्त गरी पठनपाठन भइरहेको मदरसाका प्रधानाध्यापक अब्दुल हकिमले बताए ।     प्रअ हकिमका अनुसार सीमा क्षेत्रमा व्यवस्थितरूपमा मदरसा सञ्चालन भएकोले भारतीय विद्यार्थीहरू पनि आकर्षीत भएका हुन् । मदरसामा नेपाली भन्दा भारतीय विद्यार्थीहरूको सङ्ख्या बढिरहेको मदरसा व्यवस्थापन पक्षले जनाएको छ । मदरसाका राहत शिक्षक मुस्ताक अन्सारीका अनुसार सो मदरसामा २५ प्रतिशत नेपाली र ७५ प्रतिशत भारतीय विद्यFर्थी अध्ययन गर्छन् । मदरसामा ५० जना छात्रा तथा ३ सय ५० जना छात्र गरी ४ सयजना अध्ययनरत छन् ।     छात्राहरू दिनभर अध्ययन गरी घर फर्कन्छन् भने

झोलुङ्गे पुलको काम रोकियो

प्रस, निजगढ, १३ साउन/     धन्सार खोलामा निर्माण भइरहेको झोलुङ्गे पुलको निर्माण कार्य रोकिएको छ ।     बारा, रौतहट र मकवानपुर जिल्लालाई जोड्ने सङ्गम–स्थलको रूपमा रहेको धन्सार खोला झोलुङ्गे पुल निर्माण कार्य अन्तिम चरणमा पुगेर अवरुद्ध भएको हो । सम्झौता अनुसार निजगढ नगरपालिकाले उक्त पुलको बाँकी कामको  लगत स्टिमेट प्रक्रियामा विलम्ब गरेकोले अन्तिम चरणको काम अगाडि बढ्न नसकेको पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष मानबहादुर योञ्जनले बताएका छन् । समितिका अनुसार पुल निर्माणको ९५ प्रतिशत काम सम्पन्न भइसकेको छ । “नगरपालिकाले तदारुकता देखाएको भए बाँकी ५ प्रतिशत काम पनि सम्पन्न भइसक्ने थियो”–अध्यक्ष योञ्जनले गुनासो गरे ।     उक्त पुल निर्माण भएपछि बारा,  रौतहट र मकवानपुर जिल्लाका बासिन्दालाई प्रत्यक्ष लाभ पुग्ने पुल निर्माण समितिका सचिव छिरिङ बलले बताए । मकवानपुरको बकैया गाउँपालिकातर्फबाट बारामा पढ्न आउने विद्यFर्थीहरू अधरुरो पुलबाट आवतजावत गरिरहेका छन् । वर्षाको बेला खोला तरेर आवतजावत गर्नै नसकिने भएकोले पढाइ छोड्नुभन्दा जोखिम मोलेर भए पनि निर्माणाधीन पुलबाट आवतजावत गर्न बाध्य भएको विद्यार्थीहरू बत

बाढी प्रभावितलाई राहत वितरण

प्रस, वीरगंज, १३ साउन/     दिव्य युवा क्लब पर्सा, एक्शन एड नेपालको आयोजनामा आज पकाहा मैनपुर गापा–३ पकाहामा बाढी प्रभावित ३५ परिवारलाई राहत वितरण गरिएको छ ।     यसैगरी पोखरिया नपा–८ मननपुरका २८ परिवार र पटेर्वासुगौली गापा–३ वनकटवाका १२ जना गरी ७५ जनालाई राहत वितरण गरिएको दिव्य युवा क्लबले जनाएको छ । स्थानीय तहको सहयोग–सहकार्यमा बाढी प्रभावित क्षेत्रका मानिसहरूलाई राहत सामग्री वितरण गरिएको हो ।     राहत वितरण कार्यक्रममा सम्बन्धित नपा, गापाका प्रमुख, उपप्रमुख, वडाध्यक्ष्F, वडासदस्यको सहभागिता थियो ।  बाढी प्रभावितहरूका साथै बालबालिका र सुत्केरीलाई लक्षित गरेर राहत सामग्री वितरण गरिएको दिव्य युवा क्लबले जनाएको छ

बारा ट्राफिकद्वारा १ करोड ३३ लाख राजस्व

प्रस, परवानीपुर, १३ साउन/     जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराले आर्थिक वर्ष २०७५–०७६ मा ट्राफिक नियम उल्लङ्घन गरेका १ सय ७५ सवारी साधनलाई कारबाई गरेको जनाएको छ ।     उक्त सवारी साधनलाई कारबाई गरे बापत १ करोड ३३ लाख ८६ हजार ५ सय राजस्व सङ्कलन भएको छ । बाराको विभिन्न स्थानमा सवारी चेकजाँच गर्ने क्रममा नियमविपरीत चलाइएको सवारी चालकबाट राजस्व सङ्कलन गरिएको हो । आर्थिक वर्ष २०७५–०७६ मा सडक दुर्घटनामा परी ६६ जनाको ज्यान गएको  छ भने मृत्यु हुनेमा  ४७ पुरुष, १२ महिला, चारजना बालक र तीनजना बालिका गरी कुल ६६ जना रहेको बारा ट्राफिक प्रहरी प्रमुख विश्वविजय ढकालले जानकारी दि ।     ८८ जना  गम्भीर घाइते भएका थिए भने १ सय २ जना सामान्य घाइते गरी कुल १ सय ९० जना घाइते भएका जिल्ला ट्राफिक प्रहरी कार्यालय निजगढ, बाराले जनाएको छ ।     कारबाईमा पर्ने सवारी साधनहरूमा मोटरसाइकल ६५ वटा, ट्रक, ट्यांकर ३९ वटा, बस २२ वटा, जिपकार भेन २४ वटा, ट्याक्टर ११ वटा टेम्पो ३ वटा र अन्य ११ वटा गरी जम्मा १ सय ७५ वटा  सवारी साधन दुर्घटनामा संलग्न रहेका जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराले जनाएको छ ।

निजगढ नगरका अधिकांश सोलार बत्ती बल्दैन

Image
प्रस, निजगढ, १३ साउन/     निजगढ नगर विकास कोषको रकमबाट जडान गरिएका अधिकांश सोलार बत्ती महीनौं यतादेखि बल्न छोडेका छन् ।     २०७२ फागुन ११ गते निजगढ नगरपालिका कार्यालय बाराद्वारा टेन्डर गरी जडान गरिएका अधिकांश सोलार बत्तीमा जडान गरेको ५/७ महीनापछि नैं फाट्टफुट्ट समस्या आउने गरेको थियो । समान्य मरम्मतपछि बल्ने गरेपनि त्यस यतादेखि बत्तीहरू क्रमशः निभ्दै जान थालेको छ ।     टेन्डर प्रक्रियामा अन्य ५ प्रतिस्पर्धीलाई पछि पार्दै सौर्य इनर्जी प्रालिले ठेक्का पाएको थियो । प्रतिपोल सोलार बत्ती १ लाख १ हजार ९ सय रुपियाँमा ठेक्का पाई जडान गरेको थियो । ०७३ मङ्सिर २९ गते दिउँसो निजगढ बजारमा एउटा सोलार बत्ती एक्कासि जलेर नष्ट भयो । त्यसको मरम्मत गरेपछि पुनः बल्न थाल्यो । तर अहिले अधिकांश बत्तीको अवस्था उस्तै छ । केही बलेपनि मधुरो बल्ने र ४/५ घण्टामा नैं निभ्ने गरेको स्थानीयहरू बताउँछन् ।     चीसो याममा घामको तापक्रम नपुगेर समस्या आउन सक्ने भनिएपनि केही महीना अघिदेखि अधिकांश सोलार बत्ती बलेका छैनन् । ५० वटा सोलार सडक बत्ती राख्न नगर विकास कोषबाट प्राप्त ५० लाख ९५ हजार खर्च भएको छ भने, यस अघि निजगढ नग

खोलामा तटबन्ध गर्न नैं व्यस्त निजगढ नगरपालिका, प्रदेश सरकार र केन्द्र सरकारको ध्यान गएन

Image
प्रस, निजगढ, १३ साउन/     यस वर्ष आएको बाढीले भत्काएको तटबन्ध निजगढ नगरपालिकाले केही दिन यतादेखि धमाधम बनाउने र मरम्मत कार्य गरिरहेको छ । निजगढमा लालबकैया खोलाले तटबन्ध कटान गर्दै बस्तीमा बाढी पस्ने प्रबल सम्भावना नजीकिएसँगै निजगढ नगरपालिकाले ग्रेभलको तटबन्ध निर्माणसँगै मरम्मत, सम्भार गरिरहेको हो ।     पुर्णरूपमा तटबन्ध भत्किंदा निजगढ नगरपालिका–४, कछडियाटोल, खिलाटोल, बकैया टोल, बजार टोलका गरी १५ सयभन्दा बढी घर डुबान र जमीन कटानको चपेटामा पर्ने निजगढ नगर उपप्रमुख लीलादेवी लामिछानेले बताइन् ।     अवनिश क्रसर नजीकैको तटबन्ध बाढीले पूरै खोल्न ३/४ मिटर मात्र बाँकी थियो । एक्साभेटर, टिपरको प्रयोग गर्दै सुरक्षाकर्मी, स्थानीय, उद्योगी, समाजसेवी सबै मिलेर रोकथामको उपाय गरे । जसका कारण बस्तीमा खोला पस्नबाट तत्काल जोगियो । त्यसै दिनदेखि निरन्तर तटबन्धका काम गरिरहेका छौ”—उनले भनिन् ।     बकैया खोलामा राष्ट्रपति चुरे संरक्षण अन्तर्गत बनाइएका तटबन्ध पनि अधिकांश स्थानमा कटानमा परेको छ । खोला तर्फबाट बालुवा खन्दै तटबन्ध बनाइएकोले बाढीले क्षति पु¥याएको स्थानीयको भनाइ छ । १५ वर्ष अघि बनाइएको मोहोरी तट

कटान–डुबानबारे मुख्यमन्त्री र सिंचाइमन्त्रीबीच छलफल

Image
प्रस, जनकपुरधाम, १३ साउन/     प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबू राउतको नेतृत्वमा काठमाडौ गएको सर्वदलीय प्रतिनिधिमण्डलले सोमवार केन्द्रीय सरकारका ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनसँग भेट गरी डुबान, नदि कटान समस्या र समाधानको विषयमा छलफल गरेको छ ।     मन्त्रालयमा भएको छलफलमा मुख्यमन्त्री राउतले प्रदेश २ मा बाढीबाट भयावह क्षति भएको जानकारी गराउँदै सङ्घीय सरकारको तर्फबाट तत्कालीन र दीर्घकालीन योजना बनाएर नदी कटान तथा डुबान नियन्त्रण गरिदिन आग्रह गरेका थिए ।     सो अवसरमा दीर्घकालीनरूपमा चुरे क्षेत्रको संरक्षण, नदीहरूमा पक्की तटबन्ध निर्माण, बिग्रे–भत्केका ड्याम तथा तटबन्धहरू मरम्मत सम्भार एवं पुनर्निर्माणलगायतको योजना बनाउन मुख्यमन्त्री राउतले जोड दिए ।     छलफलमा ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले प्रदेश २ मा  बाढी र डुबानले ज्यानधनको क्षति पु¥याइरहेकोप्रति सङ्घीय सरकार संवेदनशील रहेको भन्दै तत्काल गर्न सकिने कामहरू तुरुन्त अघि बढाउने र दीर्घकालीन गुरु योजनाको रूपमा अगाडि बढाउनुपर्ने योजनाहरूलाई विज्ञ परामर्शको आधारमा अगाडि बढाउने प्रतिबद्धता जाहेर गरे ।     छल

नेपाल–भारत सम्बन्ध

Image
श्रीमन्नारायण     नेपाल र भारत परमपरागत छिमेकी राष्ट्र हुन् । दुई देशका जनताबीचको सम्बन्ध यसका इतिहासभन्दा पनि पुरानो छ । नेपाल र भारत दुई यस्ता दक्षिण एशियाली मित्रराष्ट्र हुन्, जसलाई भूगोल र इतिहास दुवैले एशियाको मानचित्रमा गाँसिदिएको छ । खुला सिमाना, धार्मिक, सांस्कृतिक राजनीतिक र आर्थिक सम्बन्धले हामी बीचको मित्रतालाई अझै बढी प्रगाढ बनाएको छ । अर्को शब्दमा भन्नुपर्दा यी दुई देशबीचको भौगोलिक सन्निकटता, आर्थिक अन्तर्सम्बन्ध र सामाजिक सांस्कृतिक आदानप्रदान आदिका कारण यो आपसी सम्बन्ध राज्यस्तरमा मात्रै सीमित नभई जनस्तरमा समेत गहिरो र फराकिलो रहेको छ ।  यस बहुआयामिक सम्बन्धलाई थप प्रगाढ बनाउन दुवै देशका सरकार, जनता र सामाजिक सङ्घसंस्थाहरू समेतले आआप्mनो स्तरबाट हरसम्भव योगदान र सहयोग गर्दै आएका छन् । हालै राजधानी काठमाडौंमा पुष्पलाल स्मृति प्रतिष्ठानद्वारा एउटा विचार गोष्ठीको आयोजना गरी दुवै देशको सम्बन्धलाई दुवै देशका जनताको तथा राष्ट्रको हितमा उपयोगी बनाउन दुवै देश सहमत देखिए ।     गोष्ठीमा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले छिमेकीको चासो बुझेर राष्ट्र हितमा केन्द्रित भई गहन सहक

कारुणिक घटना

    हत्या अपराध हो । जानेर वा नजानेर हत्या गर्नु क्षम्य मानिंदैन । आत्महत्या पनि आप्mनो हत्या गर्नु हो । त्यसैले आत्महत्यालाई कानूनले र धर्मले पनि वर्जित गरेको छ र दण्डनीय बनाएको छ । तर अपराध गर्ने व्यक्ति मरेर गएपछि दण्ड कसलाई दिने ? धर्मको थाहा छैन, स्वर्ग वा नर्कमा गएर उसले दण्ड पाउला कि पुरस्कृत होला १ आत्महत्या मानिसले बाँच्नै नसक्ने परिस्थिति उत्पन्न भयो भने गर्दछ । जुन पनि कारणले बाँच्ने अवस्था रहेन, बाँच्ने इच्छा म¥यो, कुनै अपमानको आशङ्का, कुनै भय वा अन्य कुनै पनि कारणले मानिसले आपूmलाई मार्दछ । तर यो कुरा वयस्कको हकमा लागू हुन्छ । वयस्क भनेको उत्तरदायित्व ग्रहण गरेको व्यक्ति हो । कुनै कारणले उसले उत्तरदायित्व ग्रहण गर्न सकेन भने कुण्ठा उत्पन्न भएर मानिस आत्महत्याका लागि प्रेरित हुन सक्दछ । आत्महत्या गर्न प्रेरित गर्ने विभिन्न कारण हुन सक्दछ । तर एउटा अबोध बालकले, जसमाथि कुनै उत्तरदायित्व हुँदैन, जसले गरेको अपराध कानूनले समेत क्ष्Fमा गरिदिन्छ, आत्महत्या गर्नु भनेको आश्चर्यलाग्दो विषय हो ।     ठोरीमा एकजना १२ वर्षका बालकले आत्महत्या गरेका छन् । माथि वर्णित कुनै पनि परिस्थिति उनम

२०७६ साउन १३ गते सोमवारको प्रतीक दैनिक

Image

विपत्तिमा सहयोग गर्न सङ्घीय सरकारलाई प्रदेशको आग्रह

Image
प्रस, वीरगंज, १२ साउन/     मुख्यमन्त्री लालबाबू राउतले बाढी बाट प्रदेश नं. २ मा भएको क्षतिबारे प्रधानमन्त्री केपीशर्मा ओलीलाई जानकारी गराएका छन्।     मुख्यमन्त्री राउतको नेतृत्वमा सङ्घीय राजधानी काठमाडौं पुगेको सर्वदलीय टोलीले आइतवार प्रधानमन्त्री ओलीलाई भेटेर प्रदेश २ मा बाढीले पु¥याएको क्षतिबारे अवगत गराएका हुन् । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटघाटमा मुख्यमन्त्री राउतले बाढीबाट भएको जनधनको क्षतिपूर्ति प्रदेश सरकारको बुताभन्दा बाहिर रहेको बताउँदै विस्थापितहरूको पुनर्वास र पुनर्निमाण र नदी नियन्त्रण तथा सडक मरम्मतका लागि लागि सहयोग गर्न सङ्घीय सरकारसँग अनुरोध गरेका थिए ।     सो अवसरमा प्रधानमन्त्री ओलीले बाढी प्रभावित क्षेत्रको छिट्टै भ्रमण गर्ने बताउँदै विपत्तिमा सहयोग गर्न सङ्घीय सरकार तयार रहेको र आवश्यक सहयोग गर्ने बताए।     नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दहालको समेत उपस्थिति रहेको उक्त भेटमा प्रदेश २  सर्वदलीय टोलीका भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनल, आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादव, नेकपा संसदीय दलका नेता सत्यनारायण मण्