प्रस, ठोरी, १२ असार/
ठोरी गाउँपालिका–४ निर्मलबस्तीमा सामाजिक रूपान्तरणका लागि दलित समुदाय सशक्तीकरणमा गैरदलित समुदायको भूमिका विषायक अन्तक्र्रिया बिहीवार सम्पन्न भएको छ ।
कार्यक्रमका बोल्ने अधिकाँश वक्ताहरूले पुरातनवादी जातीय सोच त्यागेर सामाजिक परिवर्तन गर्न सबै समुदायको समान भूमिका आवश्यक रहेको बताएका थिए ।
दलित समुदायको सशक्तीकरणमा गैरदलितहरूको भूमिका सकारात्मक बनेमात्रै सुन्दर समाजको परिकल्पना गर्न सकिने कुरामा वक्ताहरूले जोड दिएका थिए ।
कार्यक्रममा ठोरी गाउँपालिकाका अध्यक्ष पद्मलाल श्रेष्ठले पुरातनवादी धार्मिक सोचको आडमा समाजमा छुवाछूत विद्यमान रहेको भए पनि त्यस्ता कुप्रथाको अन्त्य गरिने बताएका थिए । वडाध्यक्ष वईबहादुर पाख्रिन, नेकपा ठोरीका राम श्रेष्ठ, नेपाली कांग्रेसका हरि सिलवाल, समाजसेवी टोपनाथ घिमिरे, सामाजिक कार्यकर्ता रञ्जित कार्कीलगायतले दलित अधिकारबारे आआप्mनो धारणा राखेका थिए ।
कार्यक्रममा दलित समुदायका अगुवाहरूले दलित समुदायको उत्थानका लागि गैरदलित समुदायको रचनात्मक भूमिका हुनुपर्ने बताएका थिए ।
स्थानीय शिक्षक एवं दलित अगुवा हरि दर्जीले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रममा दलित अगुवाहरू हरि सुनार लगायतले दलित समुदायको हक अधिकारबारे बोलेका थिए ।
दलित विकास केन्द्र, ठोरीका अध्यक्ष गगन सुनारको सभापतिŒवमा भएको कार्यक्रममा वरिष्ठ अधिवक्ता सीताराम घले परियार र पत्रकार सरू सुनारले सहजीकरण गरेका थिए ।
ठोरी गाउँपालिकाको आर्थिक सहयोगमा दलित विकास केन्द्रले आयोजना गरेको कार्यक्रमको सञ्चालन दलित बुद्धिजीवी अरुण विक ले गरेका थिए । कार्यक्रममा दलित तथा गैरदलित अगुवा तथा राजनीतिक दलका प्रतिनिधि, समाजसेवीहरूको सहभागिता थियो ।