प्रस, ठोरी, १५ असार/
वीरगंज–ठोरी हुलाकी सडक खण्ड अन्तर्गत ठोरी गाउँपालिका १ र २ वडामा ठेकेदार कम्पनीले सिएनजी मात्रै गरेर छाड्दा बाढी पस्ने खतरा बढेको भन्दै जिल्ला प्रशासन कार्यालय, पर्साको आइतवार ध्यानाकर्षण गराइएको छ ।
हुलाकी राजमार्ग निर्माण सरोकार समितिले प्रमुख जिल्ला अधिकारी नारायण भट्टराईलाई भेटेर ज्ञापनपत्र दिएको हो ।
समितिका संयोजक अर्जुनबहादुर बस्नेत, नेपाली कांग्रेस ठोरी गाउँपालिकाका संयोजक शम्भुराम पौडेल, जिल्ला सदस्य गोमा पौडेल, गोविन्द विष्टलगायतको टोलीले प्रजिअ भट्टराईलाई ज्ञापन बुझाएको हो । हुलाकी सडक ठेकेदारको लापरवाहीले बाढी गाउँ पस्ने खतरा बढेपछि ठोरीवासीमा त्रासमा परेको भन्दै यसको रोकथामका लागि काम अघि बढाउन पहलका लागि प्रजिअलाई अनुरोध गरिएको बस्नेतले बताए । ज्ञापनपत्रमा भनिएको छ–ठेकदार कम्पनीले सडक निर्माणका लागि शुरू गरेको सिएनजी भएर ठुटे, ढेडुलगायत खोलाको भेल बाढी बस्ती पसेर बगाउने खतरा बढेको छ । तत्काल उक्त खोलाको भेल–बाढी रोकथामका लागि ठेकेदारलाई जाली हाल्ने काम अघि बढाउन पहलीकदम गरिदिन ज्ञापनपत्रमा अनुरोध गरिएको छ ।
ज्ञापनपत्र बुझ्दै प्रजिअ भट्टराईले ठेकेदार कम्पनीलाई जोखिमपूर्ण स्थानमा रोकथामका लागि जाली हाल्ने काम अघि बढाउने निर्देशन दिनेक भएको बस्नेतले बताए ।