प्रस, वीरगंज, १४ असार/
सङ्घीय शिक्षक फोरम नेपालको तेस्रो जिल्ला अधिवेशन शनिवार त्रिजुद्ध माविमा शुरू भएको छ । पर्सा निर्वाचन क्षेत्र नं १ का सांसद प्रदीप यादवले कार्यक्रम उद्घाटन गर्दै शिक्षाको स्तर सुधार नभएसम्म मधेसको विकास हुन नसक्ने बताए । सरकारले शिक्षा नीतिमा गरेको भेदभाव सबैलाई थाहा भएपनि इमानदारीका साथ मधेसका शिक्षकहरूले कार्य नगर्दा प्रदेश २ मा शिक्षाको अवस्था कमजोर रहेको बताए । नेपालको तथ्याङ्कमा प्रदेश २ शिक्षामा सबैभन्दा बढी पछि पर्नुको कारण शिक्षकसँगै अभिभावक पनि रहेको उनको आरोप थियो । फरक प्रसङ्गमा सांसद यादवले पार्टी नेतृत्वले बाहिरी दबाब सहन नसकेर आपूmलाई निलम्बन गरेको जानकारी गराए । पार्टीको निर्णयलाई आपूmले सहर्ष स्वीकार गरेको बताउँदै पार्टीको कामको निरन्तरतामा कुनै कमी नराख्ने बताए । कार्यक्रममा वीरगंज महानगरका मेयर विजयकुमार सरावगी, प्रदेशसभा सदस्य प्रह्लाद गिरी, पार्टी पर्साका सहअध्यक्ष रामनरेश यादव, सुन्दरप्रसाद कुर्मी, महानगरका शिक्षा महाशाखा प्रमुख अरविन्दलाल कर्ण, जिल्ला शिक्षा एकाइ प्रमुख हरिराउत कुर्मी, शिक्षक महासङ्घ पर्साका अध्यक्ष तीर्थराज यादव, चन्देश चौहान, छोटेलाल साह, पकहामैनपुर गाउँपालिकाका अध्यक्ष विजयप्रसाद चौरसियालगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।