$type=ticker$count=12$cols=4$cate=0

देखिन थाल्यो असारे विकास

SHARE:

कुमार रुपाखेती
    अहिले नेपालमा असारे विकासको मौसम हो । असारे विकास अर्थात् टालटुले काम गरेर सरकारी खजाना रित्याउँदै रकम झ्वाम्म पार्ने बेला हो यो । वर्षभरि सुतेर बस्ने अनि जब प¥यो राति तब बूढी ताती भनेझैं झाडातिरुवा काम गरेर, जनताको आँखामा विकास गरेको छारो हालेर गोजी गरम गर्न पल्केका सम्बन्धित निकायहरूलाई अहिले भ्याइनभ्याइ छ ।
    वीरगंज महानगरको दुर्दशा र मार्मिक कथा कसैसँग छिपेको छैन । सुक्खा मौसममा बुङबुङ्गी धूलो उड्ने, वर्षात्मा असरल्ल पानी र हिलाम्य हुने, झिङ्गा, लामखुट्टे र छाडा वस्तुको बिगबिगी, सडक ढाकेर पसल थाप्ने रामकहानी यहाँको सदाबहार समस्या हो । त्यसमाथि पनि अचेल विकासको नाममा ‘बापका राज’झैं ठेकेदारहरू चलनचल्तीका सडकहरूमा दिनदहाडै आवागमनमा अवरोध, बाधा पु¥याउँदै बाँसको ढाट हालेर सडकजाम गर्दै असारे विकासको मजा लिंदै, आमजनतालाई सास्ती दिंदैछन् । यस्तो चलनचल्तीको सडकमा दिउँसो सडकजाम गरेर सर्कस देखाउनुभन्दा राति सुनसानमा काम गरे यिनको बाउको के जान्थ्यो र ?
    तर भनिन्छ रातारात यसरी विकास गर्दा जनताले विकास देख्न नपाउने भएकाले दुःख दिंदै धूलो, धूवाँ उडाउँदै दिउँसै काम देखाउने र रातिका बखत कमिनीको हिसाबकिताब रेस्टुरेन्टमा गर्न सजिलो र पायक पर्ने चर्चा पनि छ ।
    सडक, नाला, ढलको उचित व्यवस्थापन गरिदेऊ भन्दै सम्बन्धित निकायमा उजूरी गर्न, टोल, वडाको नागरिक बा¥हमासै हुल बाँधेर धाइरहेका हुन्छन् तर सम्बन्धित निकाय कुम्भकर्णे निद्रामा मस्त रहन्छ । तर जब उनीहरूको अनुकूल र पैसा हसुर्ने मौसम आउँछ, वर्षात् लाग्छ, अनि पानीले बगाउने असारे विकासको यहाँ धमाधम र झमाझम रहन्छ ।
    यहाँ बर्सेनि पिच बन्ने, एक वर्षात् पनि नटिक्ने, छोटो आयुका विकास निर्माण फेरि धडल्लेले चालू छ । कुनै सुपरहिट फिल्मको दुश्यभैंm चोकचोकमा बालुवाको थुप्रो, अलकत्राको धूवाँ, गिट्टीको डुङ्गुर, ठेकेदार र कामदारहरूको हुल र हल्ला अनि सम्बन्धित निकायमा कामको चाप आम कुरा भएको छ । खनिज पदार्थको अनियन्त्रित दोहन अचेल राष्ट्रिय समस्या भएको छ । यसरी बर्सेनि कच्ची काम गरेर माम हाम गर्न पल्केकाहरूको हर्कतले गर्दा बर्सेनि टनका टन बालुवा र गिट्टी फोहरमा परिणत हुने र नजीकैको नालाको पाहुना बन्ने, नालाहरू जाम हुने समस्या बढेको छ ।
    असारे विकासले गर्दा अचेल नगवा चोकमा बालुवा, गिट्टी बोकेका दर्जनौं ट्याक्टरहरू एकाबिहानैदेखि लाममा देखिन्छन् । यो गर्मीमा आमनागरिकले घर, महल कमै मात्र निर्माण गर्ने तर विकास निर्माणमा मनग्गै गिट्टी, बालुवा चाहिने हुँदा हामीहरू राति नै नदी, खोला पुगेर गिट्टी, बालुवा उत्खनन गरेर बिहानै वीरगंज पुग्ने गरेको एकजना ट्याक्टर चालकले बताए । यो छुट्टै कुरा हो कि यसरी जथाभावी ल्याइएका बालुवा, गिट्टी महानगरको पक्की सडक निर्माण गर्न योग्य वा अयोग्य छन् भनी हेर्ने फुर्सद कहाँ र कसलाई नै छ र ?
    यस्तै, एकजना भारतीय मजदूरका अनुसार जेठ र असारको महीनामा नेपालमैं यस्ता असारे विकासको भरमार काम पाइने भएकाले भारतको पञ्जाब नगई नेपाल छिर्छन् । उनका अनुसार यो सिजनमा यहाँ लतरपतर, हतरपतर जे जसरी पनि काम सिध्याउने हो, मस्त कमाउने समय हो ।
    धडाधड र छिटोछरितो विकास हुने मौसम भएकाले सम्बन्धित निकायमा समेत ठेकेदारहरूको दौडधूप र कार्यालयमा पेलापेल काममा कर्मचारीहरू व्यस्त देखिन्छन् । असारे सिजनमा नोकरीको छुट्टै मजा हुने एक सरकारी अधिकारीले बताए । रूस, चीन, जापान, भारतले यहाँ वर्षौं लगाएर केही किलोमिटर राजमार्गमा पक्की सडक बनाउँछन् तर यी विदेशीहरू कामचोर हुन् कि लोसे हुन्, त्यो त मलाई थाहा भएन तर तिनले हाम्रोबाट सिक्नुपर्ने देखिन्छ । हाम्रा ठेकेदारहरूले त दिनदहाडै चटपट र छुमन्तर भनेभैंm एकै दिनमा कैयौं किलोमिटर सडक त्यो पनि थोरै मजदूर र न्यूनतम ज्यालामा निर्माण गरी स्यावासी कमाउँछन् । त्यसो त यस्ता भाग्यमानी सीमित ठेकेदार मात्र छन्, जसले कमसल काम गर्दै, बर्सेनि त्यही ठेक्का पाउँछन्, जसलाई अचेल महानगरवासीले ‘टीके ठेकेदार’ भन्न थालेका छन् । त्यसो त नेपालमा कागजी विकास पनि हुन्छ यो मौकामा । फिल्डमा काम नभए पनि कागजमा विकास कोरेर झ्वाम पार्ने प्रकृति पनि पुरानै हो ।
    ‘क’ वर्गका ठेकेदारहरूको राष्ट्रियस्तरको ठेक्कापट्टाको कहानी त हामीले दिनहुँ पत्रपत्रिकामा पढ्दै आएका छौं । अनि बडे मियाँ त बडे मियाँ, छोटे मियाँ सुभान अल्लाह’ भनेझैं यी छोटेहरूको कारनामाको त हामी प्रत्यक्षदर्शी नै भयौं । तपाईंहरूलाई थाहा छ कि छैन असारे विकासको ठेक्कापट्टाको काम पहिले एउटाले लिने अनि बिक्री गर्ने चलन पनि सुपरहिट छ । राष्ट्रिय सरोकारको विषयमा ‘तैं चुप, मैं चुप’ बस्ने हामीहरू स्थानीय सरोकारको विषयमा उफ्रिने कुरै भएन । त्यसैले आप्mनो घरदैंलोअगाडिको सडकपेटीको असारे विकास देखेर दङ्ग पर्दै आप्mनो दैनिकी र गुजारा चलाउनु हामी सबैको नियति भइसकेको छ । जैसा देश वैसा भेष । अस्तु ।
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : देखिन थाल्यो असारे विकास
देखिन थाल्यो असारे विकास
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEiEksHuwnB8hbNG5GtnP5PLTQOMhqyStEUXFpCYb2yo5LtH5dv4Bb2-o1TMSvQxbUEIKMpfwoAmWMVgNGhrxTC866RTkq4t69XFFr8_TtiKDqsQc1q_YScYjfPhaX6rZrSZ_UqzgEdIU2B9/s200/kumar+rupakheti.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEiEksHuwnB8hbNG5GtnP5PLTQOMhqyStEUXFpCYb2yo5LtH5dv4Bb2-o1TMSvQxbUEIKMpfwoAmWMVgNGhrxTC866RTkq4t69XFFr8_TtiKDqsQc1q_YScYjfPhaX6rZrSZ_UqzgEdIU2B9/s72-c/kumar+rupakheti.jpg
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2019/06/blog-post_944.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2019/06/blog-post_944.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy