नरेश यादव, पर्सागढी, १३ असार/
पर्सागढी नगरपालिकाको तेस्रो नगरसभा अन्तर्गत शुक्रवारको बैठकमा आर्थिक विधेयक, विनियोजन विधेयक २०७६ माथि छलफल भएको छ ।
नगरप्रमुख लोकनारायण यादवको अध्यक्षतामा सम्पन्न भएको बैठकमा नगरका विभिन्न विषयगत समितिहरूको विषयगत रायसहित प्रतिवेदन असार १७ गते बिहान ११ बजेभित्र सभाध्यक्षको सचिवालय वा नगरपालिकामा दर्ता गराउन सबै विषयगत समितिका संयोजकहरूलाई आजको बैठकले निर्देशन दिने निर्णय गरेको प्रमुख यादवले बताए ।
अर्को बैठक असार १९ गते ११ बजे बस्ने तय भएको छ । यसैबीच, नगरका कर्मचारीहरूले उपप्रमुख अर्चना चौधरीबाट कर्मचारीमाथि अभद्र व्यवहार भएको भन्दै खेद प्रस्ताव पारित गरेको छ । उनीहरूले आन्दोलनका कार्यक्रमसमेत तय गरेका छन् ।
प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद चापागाईंको अध्यक्षतामा आज बसेको नगरका कर्मचारीहरूको बैठकले खेद प्रस्ताव पारित गरेको हो । असार १० गते नगरसभा प्रारम्भ सम्बन्धमा नगरका सूचना प्राविधिक ऋषि दासले नगरपालिकाको आधिकारिक फेसबूक पेजमा राखेको पोस्टलाई लिएर नगर उपप्रमुख चौधरीले नगरसभा भइरहेकै बेला प्राविधिक दासलाई अभद्र व्यवहार गरेको कर्मचारीहरूले बताए ।
कर्मचारीमाथि भएको अभद्र व्यवहारविरुद्ध असार १५ गते बिहान १० देखि साढे १२ बजेसम्म हातमा कालो पट्टि बाँधेर काम गर्ने र सुनुवाइ नभए चरणबद्ध आन्दोलनमा अगाडि बढ्ने कर्मचारीहरूले बताए ।