राधेश्याम पटेल, परवानीपुर, १२ असार/
गएराति वीरगंजमा एउटी ११ वर्षीया बालिकाको बलात्कार भएको घटना सार्वजनिक भएको छ । वीरगंज महानगरपालिका–२७ उदयपुरघुर्मीका राकेश यादव बालिकाको बलात्कार गरेर फरार भएका हुन् ।
छिमेकी राकेशले जन्ती हेर्न आएकी बालिकालाई शुरूमा जिस्काएको र पछि जबरजस्ती करणी गरेको प्रहरीमा उजूरी परेको पर्सा प्रहरीका डिएसपी अनन्तराम शर्माले बताए । उनले पीडित पक्षको बयान र उजूरी लिई अनुसन्धान थालेको बताए । “रेप घटना हो, हामी कानूनी सबै प्रक्रिया पूरा गरी अनुसन्धान गरिरहेका छौ”–पर्साका प्रहरी नायब उपरीक्षक शर्माले भने–“घटनामा संलग्न केटा फरार छ, उसको बुवाको मृत्यु भइसकेको छ, केटाको खोजी गरिरहेका छौं ।”
प्रहरीले पीडित बालिकाको मेडिकल जाँच गराई परिवारजनको जिम्मा लगाएको छ । घटनापछि गाउँका शिक्षक साहेब यादवले दुवै पक्षलाई मिलापत्र गराउन गाउँमै पञ्चायती गरी घटना गोप्य राखेको आरोपमा पर्सा प्रहरीले पक्राउ गरी केरकार गरी रिहा गरेको छ । तारेखमा उनलाई रिहा गरेको पर्सा प्रहरीले जनाएको छ । पीडित परिवारजनले गाउँलेको प्रभावमा आएर पीडित बालिकालाई मामा घर आदर्शनगर पु¥याएका थिए ।