प्रस, ठोरी, १३ असार/
माध्यमिक शिक्षा परीक्षा (एसइई) २०७५ मा साधारणधारतर्पm विजयबस्ती माविका सुदीप श्रेष्ठ ठोरी गाउँपालिकामा प्रथम भएका छन् ।
श्रेष्ठले ‘बी प्लस ग्रेड’ अर्थात् ३.२० जिपिए ल्याइ ‘ठोरी टप’ हुन सफल भएका हुन् । ठोरी गाउँपालिकामा पाँचवटा माध्यमिक विद्यालयहरू छन् ।
ठोरीमा ‘बी प्लस’ ल्याउने विद्यार्थी श्रेष्ठ मात्रै हुन् । ठोरी–४ स्थित विजयबस्ती माविका प्रअ नारायण लामाका अनुसार सो विद्यालयबाट ३७ जनाले एसइई परीक्षा दिएकोमा चारजनाले २.०५–२.४०, १६ जनाले १.६५–२.० र १६ जनाले १.२५–१.६० जिपिए ल्याएका छन् ।
ठोरी गाउँपालिका–२ मा रहेको सरस्वती माविका ९ जनाले ‘बी’ ग्रेड अर्थात् २.४५–२.८० जिपिए ल्याउन सफल भएको प्रधानाध्यापक केशवप्रसाद रेग्मीले जानकारी दिए ।
रेग्मीका अनुसार १४ जनाले २.०५–२.४०, ३८ जनाले १.६५–२.०, ९ जनाले १.२५–१.६० र १ जनाले ०.८५–१.२० जिपिए ल्याएका छन् ।
त्यसैगरी, ठोरी गाउँपालिका–१ स्थित नेपाल राष्ट्रिय प्राविधिक मावि दीपकनगरका दुईजना विद्यार्थीले ‘बी’ ग्रेड अर्थात् २.४५–२.८० जिपिए ल्याउन सफल भएको प्रधानाध्यापक निरञ्जन श्रीवास्तवले जानकारी दिए । श्रीवास्तवका अनुसार ८ जनाले २.०५–२.४०, ४ जनाले १.६५–२.०, ६ जनाले १.२५–१.६० र २२ जनाले ०.८५–१.२० जिपिए ल्याएका छन् ।
ठोरी गाउँपालिका–३ स्थित नेपाल राष्ट्रिय मावि ओडारका १ जना विद्यार्थीले ‘बी’ ग्रेड अर्थात् २.७५ जिपिए ल्याउन सफल भएको विद्यालयका सूचना अधिकृत चिरञ्जीवी सापकोटाले जानकारी दिए । सापकोटाका अनुसार ८ जनाले २.०५–२.४०, १८ जनाले १.६५–२.० र ३६ जनाले १.२५–१.६० जिपिए ल्याएका छन् ।
ठोरी गाउँपालिका–५ स्थित ज्ञानज्योति मावि सुवर्णपुरका २ जनाले ‘सी’ प्लस, २ जनाले ‘सी’ र ९६ जनाले ‘डी प्लस’ ग्रेड ल्याएको विद्यालयका लेखापाल जीवन श्रेष्ठले जानकारी दिए ।
यसैबीच, प्राविधिक धारतर्पm दीपकनगर माविका ४ जनाले ‘ए’ ग्रेड अर्थात् ३.२५–३.६०, १३ जनाले ‘बी प्लस’ अर्थात् २.८५–३.२०, ११ जनाले २.४५–२.८०, ६ जनाले २.०५–२.४० र २ जनाले १.६५–२.० जिपिए ल्याएको प्रअ श्रीवास्तवले बताए ।
परीक्षा नियन्त्रण कार्यालय सानो ठिमी भक्तपुरले बिहीवार परीक्षाफल सार्वजनिक गरेको हो ।
२०७५ सालको एसइई परीक्षा गत चैत १० देखि २१ गतेसम्म सञ्चालन भएको थियो ।
दुई विषयसम्म ‘सी’ वा ‘सी’भन्दा तलको ग्रेड आएमा पूरक ग्रेडवृद्धि परीक्षामा सहभागी हुन सक्ने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।