प्रस, वीरगंज, १२ असार/
पोखरिया नगरपालिकाले सडक मरम्मतको नाउँमा लाखौ रुपियाँ हिनामिना गरेको प्रमाण भेटिएको छ । इलाका प्रहरी कार्यालय पोखरियादेखि बसन्तपुरसम्म तथा पोखरिया विद्युत् प्राधिकरणको कार्यलयदेखि मसिहानी नहरसम्म मरम्मत गरी सडक बोर्डको ३० लाख तथा अन्य शीर्षकबाट २० लाख गरी ५० लाख खर्चिएको पाइएको छ । सामान्य खाल्टाखुल्टी पुर्नुका साथै स्काभेटर लगाएर बाटो सम्याएबापत सो रकम सिध्याएको बुझिएको छ । बाटोको पुरानो ग्रेभल स्काभेटरले खनेर खाल्टाखुल्टी पुरिएको भएपनि सयौ टिपर–ट्याक्टर गिट्टी, बालुवा, ग्रेभलको नक्कली बिल बनाएको स्रोतले जानकारी दिएको छ ।
उपभोक्ता समितिमार्फत सो काम गराएका देखिन्छ जबकि खरीद ऐन अनुसार उपभोक्तामार्फत हुने काममा मेशिन औजार प्रयोग गर्न पाइँदैन । प्राविधिक तथा उपभोक्ताबीच लेनदेनको कुरा नमिल्दा अहिलेसम्म बिल भुक्तानी भएको छैन । सो कार्यलयमा कार्यरत एक प्राविधिकका अनुसार दुई लाखको गिट्टी बालुवासमेत खर्च भएको छैन, स्काभेटरले नै सबै काम गराएको पनि बताए । नक्कली बिल बनाएको भन्दै साइड हेर्ने ओभरसियरले बढी कमिशन माग्दा विवाद उत्पन्न भएको छ ।
यस विषयमा पोखरियाका मेयर दिपनारायण रौनियारसँग बुझ्दा पोखरियादेखि बसन्तपुरसम्म १५ लाख तथा पावरहाउसदेखि गण्डक नहरसम्म १५ लाख गरी ३० लाखको काम उपभोक्ता समितिमार्फत भएको जानकारी दिए । त्यसमा थप रकम माग गरेकोबारे केही थाहा नभएको बताए । काममा कुनै किसिमको अनियमिता नभएको उनले बताएका छन् ।