प्रस, वीरगंज, १२ असार/
वीरगंज महानगरपालिकाले सात दिनमा खर्च गर्नेगरी रु १ करोड ७० लाख विभिन्न विद्यालयमा पठाएको समाचार प्राप्त भएको छ ।
महानगरले आव २०७५–०७६ मा शिक्ष्Fा विकासको लागि रु २ करोड छुट्याएकोमा सो रकम आवको अन्तिम समय हिजो ३१ वटा विद्यालयमा पठाएको देखिन्छ । अधूरो भवन, बाउन्ड्री वाल, सेनेटरी प्याड, बायोमेट्रीलगायत काम गर्न सो रकम महानगरले विनियोजित गरेको थियो । चार महीना अघि शिक्ष्Fा महाशाखाले सम्बन्धित विद्यालयमा के काम गर्न सकिन्छ भनेर स्टिमेट तयार पारी फाइल लेखा शाखामा दिए तापनि चार महीनादेखि फाइल रोकेर राखिएको थियो ।
मनपामा रहेका आसेपासेहरूले कोटेशनमार्पmत सो काम गराउन दबाब दिंदै आएको तर सम्बन्धित विद्यालयले आपैm खर्च गर्ने र बाँकी हुने रकमले अन्य काम गर्ने विषयमा सहमति नजुटेपछि चार महीनादेखि फाइल रोकिएको थियो । रकम फ्रिज हुने अवस्थामा पुगेपछि एक साताको समयमा मनपाले सो रकम पठाएपछि समस्या भएको एक शिक्ष्Fकले बताए । ती शिक्ष्Fकका अनुसार सेनेटरी प्याड बनाउने मेशिनको लागि रु ३१ लाख महाशाखाले रोकेर राखेको छ । सीधा निकासा दिने रकमलाई पेश्की दिएर पुनः चलखेल भइरहेको उनको भनाइ छ ।
यस विषयमा महाशाखाका प्रमुख अरविन्दलाल कर्णले छनोट भएका सम्बन्धित विद्यालयहरूबाट
छलफल गरी आवश्यक पर्ने कामको विवरण र स्टिमेट समेत सिफारिश गरी सम्बन्धित ठाउँमा पठाएको तर फाइल किन रोकेको र हिजो पैसा पठाएको विषयमा आपूmलाई थाहा नभएको जानकारी दिए ।