कुनै पनि उद्देश्यका साथ आप्mनो घर र गाउँ–टोलभन्दा बाहिर निस्कने जो कोही व्यक्ति गन्तव्य स्थलका लागि पर्यटक वा पाहुना हो । अर्थात् उद्देश्यका साथ वैधानिक तरिकाले यात्रारत जो कोही यात्रु पर्यटक हो । अर्थशास्त्रीहरू पर्यटकलाई पैसासँग जोडेर हेर्छन् । परम्परागत परिभाषा अनुसार आर्थिक क्रियाकलापविना यात्रु पर्यटक होइन । जसबाट पर्यटन व्यवसायलाई प्रत्यक्ष फाइदा छैन । तर अव परिभाषा बदलिएको छ–‘यात्राको क्रममा कुनै खर्च नगर्ने वा खर्च गर्न नसक्ने यात्रु पनि पर्यटक हो ।’ उनीहरूले आपूm पुगेको स्थानको महŒवपूर्ण सन्देश प्रत्यक्ष तथा परोक्ष प्रचारप्रसार गरिरहेका हुन्छन् । उनीहरूको कुरावाट कैयन नयाँ पर्यटक त्यस ठाउँमा जान अभिप्रेरित हुन्छन् । यसर्थ हरेक यात्रु महŒवपूर्ण पर्यटक हो । पर्यटन व्यवसायीले उनीहरूसँग जहिले पनि सकारात्मक र सहयोगी एवं सद्भावपूर्ण व्यवहार गर्नुपर्छ ।
जुन स्थान धेरै पक्ष्Fको गन्तव्य बन्न लायक छ त्यहाँ पर्यटन व्यवसाय फस्टाउन सक्छ । वर्तमान अवस्थमा मानवका इच्छा, आकाङ्क्ष्Fा र उद्देश्य विभिन्न हुन्छन् । एकलाई मन नपर्ने स्थान अर्कोलाई मन पर्न सक्छ । ग्रामीण वातावरणमा लामो समय बिताएकाहरू सहरिया रमझम र भीडभाडमा केही समय बिताउन चाहन्छन् । यसको ठीकविपरीत लामो समय शहरी भीडभाडमा व्यस्त जीवन बिताएका मानिस एकान्त, प्राकृतिक वातावरण भएको ग्रामीण क्षेत्रमा समय बिताउन लालायित हुन्छ । यसर्थ जहाँ विविधता छ, त्यो ठाउँ सबै खाले पर्यटकको गन्तव्य बन्न सक्छ । तर त्यो अवसर र विविधताको कुरा पर्यटकले कसरी थाहा पाउने ? जमाना विज्ञापनको छ । ‘प्रचार गर्ने वा बोल्नेको पीठो बिक्छ, नबोल्नेको चामल पनि बिक्दैन ।’ प्रदेश नं. २ को अवस्था ठीक यस्तै छ । पहिलो कुरा आपूmसँग भएको पर्यटकीय क्षेत्रबारे जानकारी दिएर पर्यटकको ध्यानाकर्षण गराउनुपर्छ । दोस्रो कुरा पर्यटकलाई आप्mनो क्षेत्रमा जतिसक्दो लामो समय टिकाउन पर्यटनमैत्री व्यवहार हुनुपर्छ । हामी यी दुवै कुरामा पछि परेका छौं ।
बालबालिकादेखि वृद्धवृद्धासम्म र धार्मिक पर्यटकदेखि विज्ञान एवं इतिहासका खोज अनुसन्धानकर्ताहरूका लागि समेत प्रदेश नं. २ गन्तव्य बन्न सक्छ । मुलुकका सातवटा प्रदेशमध्ये प्रदेश नं २ मात्रै त्यस्तो प्रदेश हो जहाँ चारवटा संरक्षित क्षेत्रको सङ्गम छ । कोशी टप्पु वन्यजन्तु आरक्ष, पर्सा राष्ट्रिय निकुञ्ज, चितवन राष्ट्रिय निकुञ्ज र बाल्मीकि टाइगर रिजर्व भारतको प्रवेशद्वार यही प्रदेशमा पर्छ ।
समथल भूभागको पश्चिममा सुमेश्वर पर्वतमाला र उत्तरमा चुरे पहाड भौगोलिक विविधताका साथै यहाँको वन जंगलको छुट्टै विशेषता छ । सुख्खा बन्दरगाहालगायत व्यापारिक एवं औद्योगिक क्षेत्र र कृषिमा मुलुककै अब्बल यस प्रदेशमा धार्मिक र सास्कृतिक विविधता पनि कम छैन । हिमाल, पहाड र मधेस तीनै प्रदेशका वेशभूषा, भाषा, लोकसंस्कृति तथा परूम्पराको मिलन बिन्दु यही प्रदेशमा छ । विश्व प्रसिद्ध जानकी मन्दिर, गढीमाई, ऐतिहासिक सिम्रौनगढ क्षेत्र, भिस्वा स्तुप, दुग्धेश्वर महादेवलगायत स्थल हामीसँग छ । यहाँका पोखरी, नहर र नदीहरूलाई व्यवस्थित गरी जलविहार गर्न सकिन्छ । यसको निम्ति पर्यटनमैत्री समाज, सबै स्थानमा यातायात, सुरक्षा, सञ्चार र स्वास्थ्य सेवा सुविधा आधारभूत शर्त हो । यसको लागि नागरिक समाज स्थानीय तह र प्रदेश सरकार प्रतिबद्धताका साथ अगाडि बढ्नुपर्छ । पर्यटकहरू अवरोध तोडेर पनि हामीकहाँ आइपुग्नेछन् ।