प्रस, वीरगंज, १३ असार/
पर्सा जिल्ला अदालतले ‘न्यायमा बाह्य पहँुच’ कार्यक्रम अन्तर्गत शुक्रवार वीरगंज कलेजमा कानूनका विद्यार्थीसँग अन्तत्र्रिmया तथा छलफल कार्यक्रम सम्पन्न गरेको छ ।
‘विगतको न्यायप्रणाली तथा अहिलेको न्यायप्रणाली’ विषयमा छलफल केन्द्रित थियो । वर्तमान संविधानले दिएको अधिकार सुनिश्चित गर्न अदालतले गरिरहेको कामकारबाईबारे विद्यार्थीलाई जानकारी गराइएको थियो । न्यायालय आपैंm रूपान्तरित हुँदै सर्वसाधारणहरूको न्यायमा सहज पहँुच बढाउने कार्ययोजना अन्तर्गत पर्साका सबै स्थानीय तहमा अन्तत्र्रिmया गरिसकेको पर्सा अदालतका न्यायाधीशहरूले जानकारी दिए ।
कानूनका विद्यार्थीहरूको लागि ‘अभ्यास अदालत’को पनि सोही कार्यक्रममा शुभारम्भ गरियो । पर्सा जिल्ला अदालतका मुख्य न्यायाधीश लीलाराम अधिकारीको सभापतित्वमा भएको कार्यक्रममा बालविवाह तथा घरेलु हिंसासम्बन्धी कार्यपत्र न्यायाधीश चन्द्रकान्त पौडेलले र अदालतको कामकारबाहीबारेमा कार्यपत्र न्यायाधीश प्रेमप्रसाद न्यौपानेले प्रस्तुत गरेका थिए ।
कार्यक्रममा न्यायाधीश बद्रीप्रसाद ओली, कलेजका प्रिन्सिपल डा दीपेन्द्र चौधरी, अदालतका श्रेस्तेदार कृणप्रसाद अधिकारीलगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा शाखा अधिकृत भोलानाथ धमलाले सहजीकरण गरेका थिए ।