प्रस, वीरगंज, १४ असार/
नेपाल विद्युत् प्राधिकरण वीरगंज वितरण केन्द्रले चालू आर्थिक वर्षको चैतसम्ममा विद्युत् महसुल नबुझाउने झन्डै ६ सय ग्राहकको विद्युत् लाइन काटेको छ ।
प्राधिकरणले बारा र पर्साका विभिन्न स्थानका ५९८ ग्राहकको विद्युत् लाइन काटेको केन्द्रका प्रमुख मुनिन्द्र ठाकुरले जानकारी दिएका छन् । लाइन काटन थालेपछि बक्यौतामध्येबाट ५ करोड १४ लाख रुपैयाँ असुल भएको प्राधिकरणले जनाएको छ । वीरगंज वितरण केन्द्रले लामो समयदेखि विद्युत् महसुल तिर्न अटेरी गर्ने ग्राहकहरूलाई कालोसूचीमा राख्दै कारबाही गरिरहेको छ । पटकपटक बक्यौता महसुल असुलीको लागि ताकेता गर्दा पनि नउठेपछि लाइन काटेर कालोसूचीमा राखिएको केन्द्रका प्रमुख ठाकुरले बताए । कालोसूचीमा परेकाहरूबाट ३१ लाख ५४ हजार रुपैयाँ उठ्न बाँकी छ । चालू आवको चैतसम्ममा प्राधिकरण वीरगंज वितरण केन्द्रले २ अर्ब ४ करोड ६४ लाख रुपैयाँ विद्युत् महसुल उठाएको छ । शाखाले २ अर्ब ७५ करोड ४६ लाख रुपैयाँ बिलिङ गरेको थियो । यसमा सडकबत्तीलगायत अन्य विविधको पनि महसुल जोडिएकाले बढी बिलिङ देखिएको ठाकुरले बताए ।
यस अवधिमा विरतण केन्द्रले विद्युत् हुकिङ गर्ने करीब ३ सयजनालाई कारबाही गरेको जनाएको छ ।