$type=ticker$count=12$cols=4$cate=0

ग्रेडलाई प्रमुख ठानी छोराछोरीलाई तनाव दिनु बुद्धिमानी होइन

SHARE:

वैद्यनाथ ठाकुर
    एसइईको नतिजा प्रकाशन भइसकेको छ । परीक्षार्थी परिवारमा खुशियाली तथा तनाव दुवै मिश्रित अवस्था देखिंदैछ । जसको बच्चाले ‘ए प्लस’, ‘ए’ वा ‘बी प्लस’सम्म ल्याएका छन्, तिनीहरू लडडु बाँड्दैछन् । घरपरिवारमा निकै नै खुशीको माहोल छ तर जसको घरमा ‘बी’ देखि ‘डी’सम्मका श्रेणी आएको छ, त्यहाँ खुशी कम बढी तनावको अवस्था उत्पन्न भएको छ । अभिभावकहरूले नानीबाबुहरूलाई पढ्ने बेलामा ध्यान नदिएको, बढीजसो खेलकूदमा समय बिताएको, खराब साथीको सङ्गतमा परेको जस्तो आक्रोशपूर्ण गुनासो गरेर घरभित्र यतिबेला तनाव सृजना गरेको देखिन्छ । यसो गर्नु उचित होइन । यतिबेला नानीबाबुहरूलाई गालीभन्दा पनि राम्रो परामर्शको आवश्यकता छ । ठीकै छ अब एघार र बा¥ह कक्षामा अलि बढी मेहनत गरे सबै कुरा राम्रो भइहाल्छ भन्ने सल्लाहसुझावको जरुरी छ ।
    विद्यार्थीले समयमा राम्रोसँग नपढेको होला तर पनि यतिबेला त्यो कुरा कोट्याउनुको कुनै अर्थ छैन । नानीबाबुको परीक्षाफल बिग्रिनुमा जति दोषी विद्यार्थी छन्, त्योभन्दा कम्ती दोषी अभिभावक तथा विद्यालय प्रशासन र स्वयम् शिक्षा मन्त्रालय पनि छैनन् ।
    विद्यालयहरूमा भ्रष्टाचार व्याप्त छ । दरबन्दी अनुसारको विषयगत शिक्षक छैन । आवश्यकता अनुसारको विषयगत शिक्षक छैन । पठनपाठन सिकाइमा भन्दा पनि पढाइ (झाराटराइ)मा बढी केन्द्रिकृत रहने पुरानो परम्पराको निरन्तरता अभैm कायम छ । समान तहमा समान तलब छैन, अनेक प्रकारका शिक्षकहरू कार्यरत छन् र शिक्षकहरू स्वयम् विभिन्न प्रकारका मानसिक एवं आर्थिक तनावमा रहेका छन् । समयमा पाठ्यपुस्तक उपलब्ध हुँदैन । यतिधेरै समस्या भएपनि सरोकारवाला निकायको नियमित अनुगमन पठनपाठनबारेमा शून्य नै छ र स्वयम् अभिभावकसमेत कहिले विद्यालयमा गएर आप्mना नानीबाबुको पढाइ र सिकाइ उपलब्धिबारे सोध्ने चलन नभएको अवस्थामा केवल परीक्षार्थीलाई मात्रै यतिबेला दोष दिनु अथवा तनाव दिनु कुनै पनि अर्थमा सकारात्मक मान्न सकिन्न ।
    अहिले सामाजिक सञ्जालमा कसले कति अङ्क पायो वा कति ग्रेड पायो ? यो विषय अत्यन्तै चासोको विषय बनेको छ । यति ग्रेड आयो र उति ग्रेड आयो भनेर अरूलाई देखाउने होडबाजीले एसइई परीक्षा विद्यार्थीको लागि मूल्याङ्कनभन्दा पनि विद्यार्थीको परिवार र आफन्तलाई समाजमा अब्बल देखाउन प्रयोग गरिने अस्त्र बनिरहेको छ । यस्तो मनोविज्ञान कदापि राम्रो मान्न सकिन्न । शिक्षाको वर्तमान अवस्था अभैm पनि हेर्दा शैक्षिकस्तर, अध्यापनशैलीलगायतका कुराहरूमा केही वर्षयता शहरी क्षेत्रमा उल्लेख्य मात्रामा परिवर्तन आए तापनि दूरदराजका ग्रामीण भेगमा शैक्षिक अवस्थामा खासै सुधार हुन सकेको छैन । फलस्वरूप नतिजालाई जीवनको सफल निचोड हो भन्ने बुझाइले गर्दा उत्तीर्णाङ्क ल्याउन नसकेर आत्महत्या गर्नेहरू पनि हाम्रै समाजमा छन् । जुन कुरा हामीले प्रत्येक वर्ष नतिजा प्रकाशनका समयमा सुन्दै आएका छौं। त्यसो त आत्महत्या गर्न उकास्ने पनि यही समाजका हुन् । किनकि कम अङ्क ल्याउनेलाई जुन तरीकाले प्रस्तुत गरिन्छ, त्यो अत्यन्तै दुःखदायी छ ।
    यो परीक्षा नै अन्तिम हो भनेभैंm गरी परीक्षामा राम्रो अङ्क नआउनेहरूको जिन्दगी नै सकियो भन्ने तरीकाले चित्रण गर्ने परिपाटीले यस्तो दुर्घटना वर्षैपिच्छे सुनिने गरिन्छ । त्यसो त एसइईमा उच्च ग्रेड ल्याउनेलाई बधाई दिनै नहुने भन्ने आशय हुँदै होइन । तथापि विद्यालयको परीक्षामा प्राप्त उच्च अङ्क वा ग्रेडले एउटा मानिसको जीवन पद्धति वा पूरै जीवन निर्धारण गर्न सक्दैन । भलै उच्च अङ्क ल्याउनेहरू उच्च स्थान, पद र ओहोदामा होलान् तर कम अङ्क ल्याउनेहरूलाई मनोवैज्ञानिक असर पर्ने गरी चित्रण गर्दा यसबाट बालबालिकामा पर्न सक्ने मनोवैज्ञानिक दुष्प्रभावबारे सतर्कता अपनाउन जरुरी छ ।
    नतिजा प्रकाशनसँगै छोराछोरीले कम अङ्क ल्याए, कम ग्रेड ल्याए, फलानोको छोराको यति, फलानोको छोरीको ग्रेड यति भनेर आप्mना सन्ततिलाई कृपया मानसिक तनाव दिने काम नगरौं । एउटा परीक्षाले दिएको अङ्कले भन्दा पनि तपाईंले सिकाउनुभएको संस्कार, अनुशासनले जीवन अगाडि बढाउनमा मदत गर्ने हो । यस कुरालाई व्यावहारिक जीवनमा अभिभावकहरूले कहिले बिर्सनुहुन्न ।
    देशको बागडोर सम्हाल्ने मात्र नभई महान् दार्शनिक, वैज्ञानिकलगायत विभिन्न क्षेत्रमा अब्बल भनेर प्रमाणित गर्नेहरू जति सबै विद्यालयको परीक्षामा उत्कृष्ट भएका थिएनन् । एउटा एसइई परीक्षामा उत्कृष्ट अङ्क ल्याउनेले अरू परीक्षाहरूमा उत्कृष्ट अङ्क ल्याउलान् भन्न सकिएला तर जिन्दगीको प्रत्येक मोडमा आउने हरेक परीक्षा विद्यालयको पाठ्यक्रममा आधारित नहुन सक्छ ।
    उसो त एसइईमा राम्रो अङ्क (ग्रेड) ल्याउनेहरू नाम चलेका कलेज खोज्छन्, अधिकांशले विज्ञान विषय पढ्छन्, प्लस टु सकाउँछन् र उच्च शिक्षा अध्ययनका नाममा अस्ट्रेलिया, अमेरिका, क्यानडा हुइँकिन्छन् र उनीहरूको एउटै उद्देश्य हुन्छ, त्यहाँको ‘पिआर’ । अन्ततः राम्रो अङ्कले देशलाई के दिइरहेको छ त ? यसतर्पm पनि विचार गर्न जरुरी छ ।
    वास्तवमा भन्ने हो भने एक/दुई जना अपवादबाहेक अधिकांशको सपना यही हुन्छ । सबै उच्च अङ्क ल्याउने विदेशिने हो भने देशमा बस्ने चाहिं आखिर नपढेका, ज्ञान नभएका वा बालबच्चा र वृद्ध मात्रै त हुन् ? ‘राम्रो अङ्क ल्याऊ, राम्रो कलेजमा अध्ययन गर, त्यसपछि अस्ट्रेलिया, क्यानडा जाऊ’ भन्ने जस्ता कुराहरूमा जबसम्म परिवारको धारणा परिवर्तन हुँदैन, तबसम्म यो देशमा दक्ष जनशक्ति अभाव भई नै रहन्छ।
    नतिजा प्रकाशनसँगै एसइईमा राम्रो ग्रेड ल्याउने जतिले विज्ञान नै पढ्नुपर्छ भनेर पारिवारिक दबाब तथा सामाजिक दबाब उत्तिकै छ । डाक्टर, इन्जिनियर मात्रै समाजमा हुने हो भने त्यो समाज कस्तो बन्ला ? एकपटक परिकल्पना गरेर हेरौं त । अथवा भएका डाक्टर तथा इन्जिनियरले चलाएको अस्पताल र बनाएको सडक तथा भौतिक निर्माण को गुणवत्ता कस्तो छ ? यसतर्पm पनि चिन्तनमनन हुनु जरुरी छ ।
    समाजमा आप्mना सन्तति विज्ञान पढेको भन्दा गर्वले छाती फुलाउने मात्र हैन आपूmले रोजेको हरेक क्षेत्रमा मेहेनत गरेर अगाडि बढ्न चाहिं परिवारले प्रेरित गर्न सक्नुपर्छ । मान्छेले जीवनकालभरि परीक्षा दिइरहन्छ । विद्यार्थीकालमा पाठ्यक्रमको परीक्षा दिन्छ भने समयसँगै एउटा छोरा वा छोरी, एउटा पति वा पत्नी, एउटा अभिभावक वा अन्य धेरै भूमिकाको परीक्षा दिइरहन्छ । जीवन एक भोगाइ हो । चुनौतीहरू आउँछन् र जान्छन्, सामना गर्ने धैर्यता चाहिं हुनुपर्छ ।
    त्यसैले एउटा परीक्षालाई विद्यार्थीको एक वर्षको मूल्याङ्कनको रूपमा लिऊँ, पूरै जीन्दगीको परीक्षाको रूपमा हैन । आज कमजोर देखिएकाहरू भोलि बलिया हुनेछन् । आज अनुत्तीर्ण भएकाहरू भोलि जीवनका विभिन्न घुम्तीमा आउने परीक्षामा गोल्ड मेडल प्राप्त गर्नेछन् भन्ने कुरा कहिले नबिर्साैं ।
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : ग्रेडलाई प्रमुख ठानी छोराछोरीलाई तनाव दिनु बुद्धिमानी होइन
ग्रेडलाई प्रमुख ठानी छोराछोरीलाई तनाव दिनु बुद्धिमानी होइन
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEivghM6w8-RihAIkZaF_k0RiHswQjA3UIvYIR2rsPNJ1a9R9RY7cqbhxTK_343-jaOQz4TWm7cXO-m9xVumVvZs8SLRAfZ0elWRWAag4lGld3EuJaCZOeLVUm3RsnB95OW8GB19owKiGMs8/s200/baidnath+thakur.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEivghM6w8-RihAIkZaF_k0RiHswQjA3UIvYIR2rsPNJ1a9R9RY7cqbhxTK_343-jaOQz4TWm7cXO-m9xVumVvZs8SLRAfZ0elWRWAag4lGld3EuJaCZOeLVUm3RsnB95OW8GB19owKiGMs8/s72-c/baidnath+thakur.jpg
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2019/06/blog-post_459.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2019/06/blog-post_459.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy