प्रस, वीरगंज, १३ असार/
मुख्यमन्त्री लालबाबू राउत गद्दीले सुरक्ष्Fा निकाय प्रदेश सरकार मातहतमा नभएको भन्दै गुनासो गरेका छन् ।
सडक सभ्यता अभिवृद्धि एवं सवारी दुर्घटना न्यूनीकरणमा समुदाय–प्रहरी साझेदारीसम्बन्धी एक दिवसीय ट्राफिक प्रहरी तथा सरोकारवालाहरूको सम्मेलनमा मुख्यमन्त्री गद्दीले सुरक्ष्Fा निकायविना प्रदेश सरकार अधूरो भएको बताए । उनले सङ्घ सरकार अन्तर्गत हालसम्म प्रदेशको सुरक्ष्Fा निकाय परिचालित भएकोले प्रदेश सरकार अधूरो भएको तर्क दिए ।
मुख्यमन्त्री गद्दीले ट्राफिक नियम कानून पालना गर्ने कुरामा सबै सचेत हुनुपर्ने बताए । उनले ट्राफिक नियम कानून परिपालन गर्ने कुरामा प्रदेश सरकारले पूर्ण सहयोग गर्ने प्रतिबद्धता जाहेर गरे ।
आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र यादवले प्रदेश सरकारले सडक सुरक्ष्Fा ऐन ल्याउन लागेको बताए । उनले ऐन दर्ता भइसकेको जानकारी गराए ।
कार्यक्रममा प्रदेशका प्रहरी प्रमुख प्रद्युम्न कार्की, वीरगंज महानगरका मेयर विजय सरावगी, पर्साका प्रजिअ नारायणप्रसाद भट्टराई, यातायात व्यवस्था कार्यालय, वीरगंजका प्रमुख रामअयोध्या राम, नेपाल पत्रकार महासङ्घ, पर्साका अध्यक्ष्F श्याम बन्जारालगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा ट्राफिकसम्बन्धी जनचेतना जगाउने कार्यमा सक्रियता देखाएबापत आदर्शनगर ग्रीनसिटी सामुदायिक सेवा केन्द्रलाई सम्मानित गरिएको थियो ।
यसैगरी, १५–२० वर्षदेखि ट्राफिक नियम परिपालन गर्दै सवारी सञ्चालन गरेबापत केही चालकहरूलाई पनि सम्मान गरिएको थियो ।
सहभागीहरूसँग ट्राफिक नियम परिपालना, दुर्घटना न्यूनीकरणलगायतका विषयमा प्रश्नोत्तर गराइएको थियो । कार्यक्रम सङ्घीय ट्राफिक प्रहरी कार्यालय, पथलैयाका प्रहरी उपरीक्षक योगबहादुर पालको अध्यक्षतामा भएको थियो ।
कार्यक्रममा प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरलगायतको सहभागिता थियो ।