उमाशङ्कर द्विवेदी
भीष्म, द्रोण, कृप, अश्वत्थामा र कृतवर्मा आदि क्रोधमा भरिएर युद्ध गर्न थालेपछि पाण्डवको सेनाको संहार हुन थाल्दथ्यो र पाण्डवहरू क्रोधित भएर युद्ध गर्न थाल्दा तपाईंको सेनाको संहार हुन थाल्दथ्यो । यस प्रकार दुवै सेनाको संहार जारी थियो ।
सञ्जयले भने– जुन बेला बडो बडो वीरहरूको विनाश गर्ने त्यो भयङ्कर संग्राम जारी थियो, शकुनिले पाण्डवहरूमाथि धावा गरे । उनको साथमा ठूलो सेनाको डप्mफाको साथमा कृतवर्मा पनि थिए । यिनीहरूको सामना गर्नको लागि अर्जुनका पुत्र इरावान् आए । इरावान्को जन्म नागकन्याको गर्भबाट भएको थियो । उनी धेरै बलवान् थिए । शकुनि तथा गन्धार देशका अनान्य वीर पाण्डवसेनाको व्यूह भङ्ग गरेर त्यसभित्र पसेपछि इरावान्ले आप्mना योद्धाहरूसित भने– वीरहरू हो, यस्तो युक्ति गरौं, जसबाट यी कौरव योद्धाहरू आज आप्mना सहायकहरूका साथ र वाहनसहित मारिऊन् । इरावान्का सैनिकहरू– ‘बेस’ भन्दै कौरवहरूको दुर्जय सैनिकमाथि जाइलागे र उनीहरूको सेनालाई मारेर सोत्तर पार्न थाले । आप्mनो सेनाको यो विध्वंसलाई सुबलका पुत्रहरूले सहन गर्न सकेनन् । उनीहरूले दौडेर इरावान्लाई चारैतिरबाट घेरामा हालेर उनीहरूमाथि तीखा बाणहरूबाट प्रहार गर्न थाले । इरावान्को शरीरको अगाडि र पछाडिको भागमा ठूल्ठूला घाउ भए, सम्पूर्ण अङ्ग रगताम्य भयो । उनी एक्लो थिए तथा उनीमाथि चारैतिरबाट शत्रुहरूको प्रहार भइरहेको थियो तैपनि उनी न त अधीर नै भए न त व्यथाले व्याकुल नै । उनले आप्mना तीखा बाण प्रहार गरेर सबैलाई घाइते पारेर मूच्र्छित पारिदिए । उनी आप्mनो शरीरमा छिरेका प्रासहरू झिकेर त्यसैबाट सुबलपुत्रहरूमाथि बडो वेगले प्रहार गरे । यसपछि उनी हातमा टल्किदै गरेको तरबार र ढाल लिई सुबलपुत्रहरूलाई मार्ने उद्देश्यले पैदल नै अगि बढे । यतिकैमा उनीहरूको मूच्र्छा खुल्यो तथा उनीहरू क्रोधित भएर इरावान्माथि ठूलो हमला गरे साथै उनलाई कैद गर्न उद्योग गर्न थाले तर उनीहरू निकट आउनेबित्तिकै इरावान्ले तरबारले हानेर उनीहरूको शरीरको टुक्राटुक्रा पारिहाले । अस्त्र, शस्त्र, बाहु तथा अन्य अङ्गहरू काटिएपछि उनीहरू प्राणहीन भएर भुइँमा खसिहाले । उनीहरूमध्ये केवल वृषभ नामक राजकुमार मात्र जीवित बाँचे ।
तिनीहरूलाई भुइँमा खसेको देखेर दुर्योधन बडो क्रोधित भएर अलम्बुक्ष नामक राक्षसको छेउमा गए । त्यो राक्षस बडो भयानक र मायावी थियो तथा बकासुरको वध गर्नाको कारण भीमसेनसित वैरभाव राख्दथ्यो । ऊसित दुर्योधनले भने– वीरवर, हेर, अर्जुनको यो पुत्र इरावान् धेरै बलवान् र मायावी छ । यस्तो कुनै उपाय गर जसबाट यसले मेरो सेनाको संहार गर्न न सकोस् । तिमी आप्mनो इच्छा अनुसार जहाँसुकै पनि जान सक्दछौ, मायास्त्रमा पनि प्रवीण छौ, अतः जसरी भएपनि इरावान्लाई तिमीले युद्धमा मारिहाल ।
त्यो भयङ्कर राक्षस ‘हस्’ भनेर सिंहको समान गर्जना गर्दै इरावान्को छेउमा आएर उनलाई मार्नको लागि अगि बढ्न थाल्यो । इरावान्ले पनि उसको वध गर्नको लागि अगि बढेर उसलाई रोके । उनलाई आपूmतिर आइरहेको देखेर राक्षसले मायाको प्रयोग आरम्भ ग¥यो । उसले मायाशक्तिले दुई हजार घोडा उत्पन्न गरेर मायाशक्तिबाट नै उत्पन्न सवार बसाल्यो । ती सवारहरू पनि राक्षस नै थिए र हातमा शूल तथा पट्टिस लिएका थिए । ती मायामय राक्षसहरू र इरावान्को सेनाको साथ युद्ध हुन थाल्यो र दुवैतिरका योद्धाहरू परस्पर प्रहार गरेर एकार्कालाई यमलोकमा पठाउन थाले ।
सेना मारिएपछि दुवै रणोन्मत्त वीरहरू द्वन्द्व युद्ध गर्न थाले । राक्षसले इरावान्माथि आक्रमण गर्दथ्यो र उनी त्यसको प्रहारलाई छल्दथे । एकचोटि राक्षस एकदमै नजीक आएपछि इरावान्ले उसको धनुषलाई काटिदिए । त्यसले इरावान्लाई आप्mनो मायाले मोहित पार्दै आकाशमा उडेर विलीन हुन पुग्यो । यो देखेर इरावान् पनि अन्तरिक्षमा उडेर त्यस राक्षसलाई आप्mनो मायाले मोहित पार्दै त्यसको विभिन्न अङ्गहरूलाई काट्न थाले । महाराज, बाणहरूबाट बारम्बार काटिए पनि त्यो राक्षस नवीनरूपमा प्रकट भइहाल्दथ्यो, किनकि राक्षसहरूमा माया स्वाभाविक नै हुन्छ र उनीहरूको रूप पनि उनीहरूको इच्छा अनुसार नै हुन्थ्यो । यस प्रकार उसको जुन जुन अङ्ग काटिन्थ्यो, ती पुनः उत्पन्न भइहाल्थ्यो । इरावान् पनि क्रोधित थिए, अतः उनी उसमाथि बन्चरोले बारम्बार प्रहार गर्दै थिए । अङ्गहरू काटिएपछि अलम्बुसको शरीरबाट धेरै रगत बग्न थाल्यो र ऊ ठूलो स्वरले चित्कार गर्न थाल्यो । शत्रुलाई यस प्रकारले प्रबल भइरहेको देखेर अलम्बुसको क्रोधको सीमा रहेन । उसले महाभयानक रूप बनाएर इरावान्लाई समात्ने प्रयत्न ग¥यो । त्यस राक्षसी मायालाई देखेर इरावान्ले पनि मायाको प्रयोग गरे । यतिकैमा इरावान्की माताको कुलको एउटा नाग धेरै नागहरूलाई साथमा लिई त्यहाँ आएर इरावान्लाई चारैतिरबाट घेरेर उनको रक्षा गर्न थाले । इरावान्ले शेषनागको समान विराटरूप धारण गरेर अनेकौं नागहरूबाट उसलाई ढाकिदिए । अलम्बुसले गरुडको रूप धारण गरेर नागहरूलाई खान थाल्यो । उसले इरावान्कै मातृकुलका जम्मै नागहरूलाई भक्षण गरेर आप्mनो मायाले मोहित पारी तरबारले प्रहार ग¥यो । इरावान्को चन्द्रमाभैंm सुन्दर मस्तक काटिएर पृथ्वीमाथि खस्यो । यस प्रकार अलम्बुसले वीर इरावान्लाई मारी खसालेपछि समस्त राजाहरूका साथ कौरवहरू बडो प्रसन्न भए ।
अर्जुनलाई आप्mनो पुत्रको मृत्युको समाचार थाहा थिएन, उनी भीष्मको रक्षा गर्ने राजाहरूको संहार गर्नमा तल्लीन थिए तथा भीष्मले पनि मर्मभेदी बाणहरूबाट पाण्डवहरूका महारथीहरूलाई कम्पित पार्दै उनीहरूको प्राणहरण गरिरहेका थिए । यसै प्रकार भीमसेन, धृष्टद्युम्न र सात्यकिले पनि बडो भयानक युद्ध गर्दै थिए । द्रोणाचार्यको पराक्रम देखेर पाण्डव सेना त्रसित भइरहेको थियो । त्यस दारुण संग्राममा दुवैतिरका सैनिक एकार्काको उत्कर्ष सहन गर्न सकिरहेका थिएनन् र आविष्टभैंm भएर बडो कठोरताको साथ लडाइँ गर्न थाले । क्रमशः...