$type=ticker$count=12$cols=4$cate=0

सकारात्मक राजनीतिको विजय

SHARE:

श्रीमन्नारायण
    ‘सबैको सहयोग र सबैको विकास’को नारा दिएर ५ वर्षसम्म देशको नेतृत्व गरेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमाथि भारतीइ जनताले पुनः विश्वास प्रकट गरेको छ । भारतको सत्ताधारी भारतीय जनता पार्टी नेतृत्वको एनडिए गठबन्धनलाई त्यहाँको जनताले ऐतिहासिक समर्थन दिनुमा प्रधानमन्त्री नरेन्द्र मोदीको सक्षम, सशक्त एवं सुयोग्य नेतृत्व क्षमता प्रमुख कारण मानिन्छ । भारतीय राजनीतिमा व्याप्त जातिवाद, परिवारवाद एवं नातावादको जालोलाई ध्वस्त पार्दै उनले त्यहाँको राजनीतिमा नयाँ युगको सूत्रपात गरेका छन् । यस पालि मोदीलाई चुनाव जिताउन सकारात्मक राजनीतिले महŒवपूर्ण काम गरेको छ ।
    नेहरू–गाँधी परिवारका पण्डित जवारहलाल नेहरू र इन्दिरा गाँधीले मात्रै यस अघि लगातार दुई पटक बहुमत प्राप्त सरकारको नेतृत्व गरेका थिए । साधारण–मध्यमवर्गीय परिवारका नेता नरेन्द्र मोदी, लगातार दुईपटक बहुमत प्राप्त सरकारको नेतृत्व गर्ने अवसर पाउने, भारतका तेस्रो व्यक्ति हुन् । नरेन्द्र मोदीले चुनाव प्रचारमा सकारात्मक राजनीतिको बढी प्रयोग गरे तथा जनतामा आपूmप्रति विश्वास बढाउने काम गरे । न पारिवारिक पृष्ठभूमि, न कुनै किसिमको सहानुभूतिको लहर, तर पनि विपक्षी दलहरूको लज्जास्पद पराजयमा अवश्य पनि नरेन्द्र मोदीको कुशल, सक्ष्Fम एवं विराट् नेतृत्व क्ष्Fमतालाई प्रमुख कारण मान्नुपर्दछ । पूर्व प्रधानमन्त्री इन्दिरा गाँधीजस्तै सोझो र सरल भाषामा जनतासँग संवाद कायम गर्ने तथा जनताको विश्वास जिती आपूmलाई तिनको प्रिय नेता बन्ने कला नरेन्द्र मोदीबाहेक विश्वका कमै नेतामा पाइन्छ । नरेन्द्र मोदी यथार्थमा जननेता हुन् र उनलाई देशका जनताले प्रिय नेता ठान्दछ । सकारात्मक राजनीतिबाट पनि चुनाव जित्न सकिन्छ भन्ने यथार्थलाई मोदीले साबित गरिदिएका छन् ।
    ‘राष्ट्रवाद’ र ‘विकास’लाई आप्mनो प्रमुख चुनावी मुद्दा बनाएका नरेन्द्र मोदीले गत वर्ष एनडिएले प्राप्त गरेको ३९ प्रतिशत मतसहित ३३६ सिटको तुलनामा यस पालि ५४.०४ प्रतिशत मतसहित ३५३ सिटमा सफलता हासिल गरे । उनको स्वयंको पार्टी भाजपाले भने सन् २०१४ मा प्राप्त गरेको २८२ सिटको तुलनामा यस पालि ३०३ सिट प्राप्त गरेको छ ।  ४८ वर्षपछि भारतमा कुनै राजनीतिक पार्टी बहुमतसहित सत्तामा पुनरागमन गरेको छ । भाजपाको ठूलो सफलताकै कारण लगातार दोस्रोपटक संसद्मा प्रमुख प्रतिपक्षी दलको हैसियत कुनैपनि राजनीतिक पार्टीले प्राप्त गर्न सकेन । भारतीय राष्ट्रिय कांग्रेसले गत वर्ष ५४३ सिटमध्ये ४४ सिट मात्रै प्राप्त  गरेको थियो, जुन प्रतिपक्ष्Fी दल बन्न चाहिने ५५ सिटभन्दा कम थियो । यसपटक पनि उसले ५२ सिट मात्रै जितेको छ ।
    प्रादेशिकरूपले विश्लेषण गर्ने हो भने गत वर्ष सन् २०१४ को निर्वाचनमा भारतीय राष्ट्रिय कंग्रेसले तमिलनाडू, आन्ध्रप्रदेश, गुजरात, राजस्थान, उडिसा, झारखण्ड, दिल्ली, जम्मु–कश्मीर, उत्तराखण्ड, हिमाञ्चल प्रदेश, गोवा, नागाल्यान्ड, सिक्किम, त्रिपुरा र केन्द्र शासित करीब ६ वटा प्रदेशमा खाता पनि खोल्न सकेको थिएन । परिस्थिति यस पालि पनि धेरै फेरिएको छैन र पार्टीले यस वर्षको निर्वाचनमा पनि गुजरात, दिल्ली, राजस्थान, उत्तराखण्ड, हरियाणा, जम्मु–कश्मीर, हिमाञ्चल, तेलङ्गाना, आन्ध्र प्रदेश, उडिसा, त्रिपुरा र करीब आधा दर्जन केन्द्र शासित प्रदेशमा खाता खोल्न सकेन । उत्तर प्रदेश, बिहार, मध्यप्रदेश, झारखण्ड, महाराष्ट्र, पश्चिम बङ्गाललगायत प्रदेशमा येनकेन प्रकारेण एक सिट जितेर पार्टीले चित्त बुझाउनुप¥यो । जबकि उपरोक्त प्रदेशमा नै ४ सयभन्दा बढी लोकसभा सिट छ । सन् २०१४ को निर्वाचनमा कांग्रेसले देशको कुनैपनि प्रदेशमा दोहोरो अङ्कको सिट जित्न सकेको थिएन । यस वर्ष केरलमा कांग्रेसले राम्रो सफलता हासिल गरेको छ । केरलबाहेक तमिलनाडूमा पनि पार्टीले आप्mना सहयोगी डिएमकेसित मिलेर राम्रो सफलता हासिल गरेको छ तर त्यसबाहेक एउटा पञ्जाबमा मात्रै पार्टीले ८ सिट जितेको छ, अन्यथा अन्य कुनै प्रदेशमा ३ सिट पनि जित्न सकेको छ । कांग्रेसका अध्यक्ष राहुल गाँधीले पनि अमेठीमा पराजय भोग्नुप¥यो । केरलको वायनाडमा जहाँ अल्पसङ्ख्यक मुसलमान र इसाईहरू बहुमतमा छन् त्यहाँ राहुल गाँधीले अवश्य चुनावी सफलता हासिल गरे।
    कांग्रेसका दिग्गज नेताहरू सदनमा पार्टीका नेता मल्लिका अर्जुन खड्गे, पूर्व मुख्यमन्त्रीहरू सुशीलकुमार सिन्दे र अशोक चह्वाण (महाराष्ट्र), भूपेन्द्र सिंह हुड्डा (हरियाणा), शीला दीक्षित
(दिल्ली), दिग्विजय सिंह (मध्यप्रदेश), हरिस रावत (उत्तराखण्ड), विरप्पा मोइली (कर्नाटक) गरी करीब ९ जना पूर्व मुख्यमन्त्रीहरू यसपटकको मोदी लहरमा पराजित भए । गुना र ग्वालियरका राजा मानिएका सिन्धिया राजपरिवारका ज्योति रादित्य सिन्धिया पनि यसपटक चुनावी पराजय भोग्न बाध्य भए । खेल र चलचित्र जगत्का केही अनुहारलाई पनि कांग्रेसले जिताउन सकेन । विजेन्द्र कुमार र कृष्ण पुनिया
(ओलम्पिक पदक विजेता), शत्रुघ्न सिन्हा र पूनम सिन्हा (पति–पत्नी) तथा राज बब्बर एवं उर्मिला मातोंडकरले पनि चुनावमा पराजय भोग्नुप¥यो । राजस्थानका मुख्यमन्त्री अशोक गहलोतका छोरा वैभव गहलोत तथा तेलङ्गानाका मुख्यमन्त्रीकी छोरीले पनि पराजय भोग्नुप¥यो । कर्नाटकका मुख्यमन्त्री एचडी कुमारास्वामीका सुपुत्र निखिल कुमारास्वामीले पनि पराजय भोग्नुप¥यो । 
    भारतका कम्युनिस्ट पार्टीहरूमा पनि मोदी लहरले ठूलै क्षति पु¥यायो । कम्युनिस्ट पार्टीहरूको गढ मानिएको पश्चिम बङ्गाल र त्रिपुरामा पार्टीले खाता पनि खोल्न सकेन भने केरलमा सत्ताधारी भएर पनि उसले १ सिटमैं चित्त बुझाउनुप¥यो ।
    परिवारवाद, जातिवाद र नातावादमा विश्वास राख्ने नेताहरूले यसपटक ठूलै पराजय भोगे । कर्नाटकमा अहिले जनता दल एसएचडीका कुमारा स्वामीको नेतृत्वमा कांग्रेससहितको गठबन्धन सरकार अस्तित्वमा छ तर त्यहाँ २८ सिटमा सत्ताधारी गठबन्धनले ३ सिटमैं चित्त बुझाउनुप¥यो । मुख्यमन्त्रीका बुबा तथा भारतका पूर्व प्रधानमन्त्री एचडी देवेगौडा पनि चुनावी पराजय भोग्न बाध्य भए । भारतीय राजनीतिका दिग्गज नेता शरद पवारकी छोरी सुप्रिया शुले पनि परम्परागत निर्वाचन क्षेत्र महाराष्ट्रको बारामतीमा पराजय भोग्नुप¥यो ।
    भारतको लोकसभामा सबैभन्दा बढी सिट सङ्ख्या भएको उत्तरप्रदेशमा जातीय एवं पारिवारिक राजनीतिका पर्याय मानिएका मायावती र अखिलेश यादवले मोर्चा बनाई चुनाव लडे पनि पूर्व मुख्यमन्त्री अखिलेश यादवले आप्mनी पत्नी डिम्पल यादव तथा पारिवारिक सदस्यहरू धर्मेन्द्र यादव र अक्षय यादवलाई चुनाव जिताउन सकेनन् । उत्तर प्रदेशका सबै सिट जित्ने दाबी गरेका उनले ५ सिटमैं चित्त बुझाउनुप¥यो जबकि उनका सहयोगी मायावतीले १० सिटमैं सन्तोष गर्नुप¥यो । मायावती आपूmलाई तथा अखिलेश यादव आप्mना बुबा मुलायम सिंह यादवलाई भारतको प्रधानमन्त्री बनाउन चाहन्थे । प्रधानमन्त्री नरेन्द्र मोदीलाई हटाउन विपक्षी दलहरूबीच एकजुटता कायम गर्न महाअभियान चलाएका आन्ध्र प्रदेशका मुख्यमन्त्री एन चन्द्रबाबू नायडु ऐतिहासिक पराजय भोगेपछि थन्किएका छन् ।
    बिहारको राजनीतिमा विगत चार दशकदेखि निर्णायक साबित हुँदै आएका पूर्व मुख्यमन्त्री लालुप्रसाद यादवको पार्टीले आप्mनो खातासम्म खोल्न सकेन । लालु यादवकी छोरी तथा सम्धीले पराजय भोग्नुप¥यो । मोदीको विरोध गरी चुनाव लडेका चर्चित अभिनेता शत्रुघ्न सिन्हाले पनि ठूलो पराजय भोग्नुप¥यो । जातिवादी र परिवारवादी राजनीतिमा विश्वास गर्ने शरद यादव, पूर्व मुख्यमन्त्री जितनराम माझी, उपेद्र कुशवाहा तथा पप्पु यादव (पति–पत्नीसहित)ले पराजय भोग्नुप¥यो । झारखण्डमा पनि दुईजना पूर्व मुख्यमन्त्री शिवु सोरेन तथा बाबुलाल मराण्डीले ठूलो पराजय भोग्नुप¥यो । प्रधानमन्त्री मोदीको विरोधमा खुलेर लागेका पश्चिम बङ्गालकी मुख्यमन्त्री ममता बनर्जीले गत वर्ष प्रदेशमा ३४ सिट जितेकोमा यस वर्ष २३ सिटमैं चित्त बुझाउनुप¥यो जबकि भाजपाले १८ सिट जिती मुख्यमन्त्री बनर्जीको टाउको दुखाइ बढाइदिएको छ । चार महीना अघि भएको प्रदेशसभा निर्वाचनमा कांग्रेसले जितेको मध्यप्रदेश, राजस्थान र छत्तीसगढका ६५ सिटमध्ये कांग्रेसले जम्मा ४ सिट जित्नुले नै भाजपाका नेताहरूको परिश्रम र गहिरो जनसम्पर्कलाई दर्शाउँछ ।
    यस निर्वाचनमा भाजपाले प्रधानमन्त्री मोदीको कुशल नेतृत्व, राष्ट्रवादको एजेन्डा, आतङ्ककारीहरूमाथि गरिएको एयर स्ट्राइक तथा सर्जिकल स्ट्राइकलाई प्रमुख राजनीतिक मुद्दा बनाएको देखियो भने विगत ५ वर्षमा मोदी सरकारले गरीब, महिला तथा ग्रामीण जनतालाई लक्षित गरी ल्याएका कार्यक्रमहरू खाना पकाउने ग्याँस वितरण, उज्ज्वला योजना, गरीबहरूलाई ५ लाख रुपियाँसम्मको बिमा योजना, सबै गाउँमा बिजुली पु¥याउनु, आवास योजना, उपल्लो जातिका गरीबलाई जागीरमा १० प्रतिशत आरक्षणको निर्णयले पनि भाजपालाई चुनावमा सफलता दिलाउने काम ग¥यो जबकि विपक्षीहरूले अघि सारेको बेरोजगारीको मुद्दालाई भाजपाले चर्चामैं आउन दिएन । कांग्रेसले आप्mनो घोषणापत्रमा अघि सारेको ‘न्याय’ योजनामाथि जनताले पत्यार गरेन तथा प्रत्येक वर्ष ७२ हजार रुपियाँ दिने घोषणामाथि पनि कसैले विश्वास गरेन । मोदीमाथि विपक्षी दलहरूले लगाउने प्रायः आरोप मोदी चतु¥याइँ गरेर आप्mनै अस्त्र बनाइहाल्थे । ‘पाले’ (चौकीदार) चोर हो’ भन्ने कांग्रेसको आरोपलाई म पनि चौकीदार (पाले) भन्ने प्रत्याक्रमणले उल्टै कांग्रेसलाई नै अन्योलमा राख्ने काम ग¥यो । सांस्कृतिक राष्ट्रवाद हिन्दूत्वलाई यदाकदा अगाडि सारेर भाजपाले हिन्दू भावनालाई आपूmबाहेक अन्यत्र जान दिएन । बाध्य भएर कांग्रेसले पनि हिन्दूत्वको मुद्दा समात्नुप¥यो र यो नै उसको पराजयको कारण बन्यो । नोटबन्दी र जिएसटीबाट जनता पीडित थियो तर राष्ट्रवादको नाराका कारण जनता मोदीलाई समर्थन गर्न बाध्य भयो । मोदीले जनतालाई राजनीतिमा चाख लिन प्रेरित गरे । जातिवाद र परिवारवादको जालो भत्काउन उनले जनतालाई प्रेरित गरे । भनिन्छ सांसदहरू मिलेर प्रधानमन्त्रीको छनोट गर्दछन् तर भारतमा भएको १७ औं लोकसभा निर्वाचनमा मोदीले नै सांसदहरूलाई जिताएका छन् । अमेरिकी राष्ट्रपतिको निर्वाचन शैलीमा भएको यस निर्वाचनमा मोदी र मोदी विरोधमा चुनाव केन्द्रित थियो । सारा विपक्षी मिलेर पनि उनलाई पराजित गर्न सकेनन्, भाजपा अध्यक्ष अमित शाह पनि आधुनिक चाणक्य नै हुन्, जसले अति सूक्ष्म, सुनियोजित र सफल रणनीतिमार्पmत पार्टीलाई ऐतिहासिक सफलता दिलाए । सकारात्मक राजनीतिबाट पनि चुनाव जित्न सकिन्छ भन्ने कुरालाई मोदीले साबित गरिदिएका छन् ।
neelambAd
Name

(स्थानीय समाचार ,1, %प्रमुख समाचार ,1, खेलकूद ,25, मन्तव्य ,3, सम्पादकीय ,27,(७ अप्रिल–विश्व स्वास्थ्य दिवसको उपलक्ष्यमा),1,(सन्दर्भ: ५८ औं राष्ट्रिय सहकारी दिवस,1,(स्थानीय समाचार,7,%प्रमुख समाचार,3,१५ अगस्त,6,२० चैत्र २०७१),1,२०७७ सालको वार्षिक राशिफल,1,main news,8,pramuk samachar,1,recent,5,अन्तरार्टिय समाचार,10,अन्तराष्ट्रिय समाचार,105,अन्तर्राष्ट्रिय मातृभाषा दिवस,1,अन्तर्वार्ता,28,अर्थ विशेष,129,अर्थ-उद्योग-वाणिज्य,710,अर्थ–उद्योग–वाणिज्य,29,अर्थविशेष,390,असार १५: धान दिवस,1,आइतवार विशेष,441,आजको बहस,16,आयुर्वेद,77,आर्थिक समाचार,136,आलेख,3,इतिहास,11,उपन्यास,11,एकाङ्की,4,एकाङ्की नाटक,2,कथा,55,कबीरा खडा बजार,216,कविता,44,कानुनी परामर्श,61,कुरोको चुरो,41,कृति समीक्षा,3,खेलकूद,1780,खोजीनीति,2,गजब,2,गुड फ्राइडे,1,गुरुनानक जयन्ती,1,गुरुनानक देव जयन्ती विशेष,1,चिठ्ठी,1,चियोचर्चा,1,जनसरोकार,2,जीवनी,2,जीवशास्त्र,1,जीवेम शरदः शतम्,1,जीवेम शरद: शतम्,1,जैव विविधता दिवस,1,टाकन–टुकन,54,टाकनटुकन,18,तथ्याङ्क,1,दृष्टिकोण,1,धन्वन्तरि जयन्ती,1,धर्म दर्शन,5,धर्म संस्कृति,10,धर्म–संस्कृति,115,नारी हस्ताक्षर,3,नारी हस्ताक्षर,6,नियतिको फल,1,नियात्रा,2,नीति वचन,1,पाठक पत्र,54,पाठक प्रतिक्रिया,22,पाठक मञ्च,58,पाठकमंच,42,पुस्तक समीक्षा,10,पोषण,2,पोषण/आहार,3,प्रजापिता ब्रह्माबाबाको ४७ औं अव्यक्ति दिवस,1,प्रतीक दैनिक,2264,प्रमुख समाचार,3585,प्रविधि,3,प्रवृत्ति र मनोवृत्ति,2,प्रसङ्गतरङ्ग,4,प्रसङ्गवश,1,फरक,145,फरक मत,2,फिचर,456,फिचर समाचार,81,फोटो,8,बाटिका,441,बुद्ध जयन्तीको उपलक्ष्यमा,1,बेलाको बोली,1,ब्रह्मा स्मृति दिवस,1,भानु जयन्ती,1,भाषा,1,भाषा/संस्कृति,1,भ्यालेन्टाइन डे,1,मजदुर दिवस विशेषः,1,मतमतान्तर,1,मतान्तर,1,मनोरन्जन,9,मन्तव्य,483,महाभारतबाट सङकलन तथा अनुवाद,231,महाभारतबाट सङकलित,16,महाशिवरात्री,1,महिला सरोकार,1,महिला हस्ताक्षर,1,मानवीय व्यवहार,1,यात्रा,29,यात्रा संस्मरण,3,यात्रानुभव,1,युग परिवर्तन कसरी र कहिले,3,युवा आवाज,1,राशिफल,2,रोचक,18,लघुकथा,32,लोक/संस्कृति,11,लोकविश्वास,2,लोहिया जयन्ती,1,वाटिका,553,वातावरण,1,वि.सं. २०७७ सालको वर्षफल,1,विज्ञान प्रविधि,3,विज्ञापनको लागि सम्पर्क,1,विश्लेषण,1,विश्व एड्स दिवसको उपलक्ष्यमा,1,विश्व सन्दर्भ,3,व्यक्तित्व,1,व्यङग्य,27,व्यङ्ग्य,35,व्यङ्ग्यम्,5,शिक्षा नेपाल,10,शिक्ष्f नेपाल,487,सङ्कलन तथा अनुवाद,35,सन्दभ: विश्व मधुमेह दिवस,1,सन्दर्भ ः विवेकानन्दा दिवस,2,सन्दर्भ - महिला हिंसा,3,सन्दर्भ - मानव अधिकार दिवस,1,सन्दर्भ : क्षयरोग दिवस,1,सन्दर्भ : चुरे दिवस,1,सन्दर्भ : बाल दिवस,1,सन्दर्भ : रमजान,1,सन्दर्भ ६१ औं राष्ट्रिय क्षयरोग दिवस,1,सन्दर्भः अन्तर्राष्ट्रिय हिन्दी दिवस,1,सन्दर्भ गाँधी जयन्ती,1,सन्दर्भः गुरु नानक जयन्ती,1,सन्दर्भ भानुजयन्ती,1,सन्दर्भः भारतको स्वतन्त्र दिवस,1,सन्दर्भ मोती जयन्ती,1,सन्दर्भः योग दिवस,1,सन्दर्भ रक्तसञ्चार सेवा दिवस,1,सन्दर्भ विश्व रेडक्रस दिवस,1,सन्दर्भ- विश्व वातावरण दिवस,1,सन्दर्भ- श्रीकृष्ण जन्माष्टमी,2,सन्दर्भ-विश्व पर्यटन दिवस,1,सन्दर्भ– शहीद दिवस,1,सन्दर्भ: २६ जनवरी,8,सन्दर्भ: नारी दिवस,2,सन्दर्भ: बाल दिवस,2,सन्दर्भ: भारतको ६४औं गणतन्त्र दिवस,1,सन्दर्भ: भारतको ६९औं स्वतन्त्रता दिवस,1,सन्दर्भ: भारतको स्वतन्त्र दिवस,2,सन्दर्भ: रमजान पर्व,1,सन्दर्भ: रेडक्रस दिवस,1,सन्दर्भ: विश्व एड्स दिवस,3,सन्दर्भ: विश्व बाल दिवस,1,सन्दर्भ: विश्व मौसम दिवस,1,सन्दर्भ: विश्व रेडक्रस दिवस,1,सन्दर्भ: वीपी जयन्ती,1,सन्दर्भ: श्री गुरु अर्जुनदेवजी महाराज शहिदी दिवस,1,सन्र्दभ विश्व पर्यावरण दिवस,1,सम–सामयिक,1,समय–सन्दर्भ,9,समयान्तर,301,समसामयिक,28,समाचार विश्लेषण,3,समीक्षा,1,समीक्षा समाहरण,1,सम्पादकीय,3049,सरोकार,46,संस्कृति/साहित्य,3,संस्मरण,15,साहित्यवार्ता,1,साहित्यात्मक,5,सिर्सियाँ नदी प्रदूषण प्रकरण,2,स्तवतन्त्र विचार,254,स्थानीय समाचार,12448,स्मृति,2,स्वतन्त्त विचार,2,स्वतन्त्र विचार,2833,स्वान्त सुखाय,88,स्वान्तः सुखाय,14,स्वान्तः सुखायः,140,स्वान्त सुखाय:,132,स्वान्त–सुखाय,157,स्वायन्त सुखाय,22,स्वास्थ्य चर्चा,49,हाम्रो बारेमा,2,हास्य एकाङ्की,1,हास्यव्यङ्ग्य एकाÍी,1,
ltr
item
Prateek Daily । प्रतीक दैनिक : सकारात्मक राजनीतिको विजय
सकारात्मक राजनीतिको विजय
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgPHVluh5F6Ov0MObvN0jPR0X2z3HTjUuoF4nYFsnDVke8Np6Ufc2_0hUsqvqBEbJGwjZx8HxCwfgS5u8zMRVYMGtkxW_XlQrR4FrLdb6cvWu03OHhiutXaa04hYmtX27gZ9wlwN5wKeVlE/s200/sriman+narayan.jpg
https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgPHVluh5F6Ov0MObvN0jPR0X2z3HTjUuoF4nYFsnDVke8Np6Ufc2_0hUsqvqBEbJGwjZx8HxCwfgS5u8zMRVYMGtkxW_XlQrR4FrLdb6cvWu03OHhiutXaa04hYmtX27gZ9wlwN5wKeVlE/s72-c/sriman+narayan.jpg
Prateek Daily । प्रतीक दैनिक
https://www.prateekdainik.com.np/2019/05/blog-post_993.html
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/
https://www.prateekdainik.com.np/2019/05/blog-post_993.html
true
6917042177189007432
UTF-8
सबै हेर्नुहोस् केही भेटिएन थप विस्तृत जवाफ दिनुहोस् Cancel reply Delete By Home PAGES POSTS सबै हेर्नुहोस सिफारिस गरिएको वर्गीकरण समाचार संग्रह खोज्नुहोस् सबै पोस्ट Not found any post match with your request गृहपृष्ठ Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec भर्खरै एक मिनेट अघि $$1$$ एक मिनेट अघि एक घण्टा अघि $$1$$ एक घण्टा अघि हिजो $$1$$ हिजो $$1$$ एक साताअघि पाँच साताअघि Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy