उमाशङ्कर द्विवेदी
घोडा मरेको देखेर कृतवर्मा बडो फुर्तिको साथ तपाईंको सालाको रथमाथि चढे । अनि भीमसेन अत्यन्त क्रोधमा भरिएर दण्डपाणि यमराजको समान तपाईंको सेनाको संहार गर्न थाले ।
महाराज १ मध्याह्न भइ नसक्दै अवन्ति नरेश विन्द र अनुविन्द इरावानलाई आइरहेको देखेर उनको सामु आए । उनीहरूबीच बडो रोमाञ्चकारी युद्ध शुरू भयो । इरावान क्रोधमा भरिएर ती दुवै भाइलाई आप्mनो तीखो वाणबाट घाइते पारिदिए, प्रत्युत्तरमा ती दुवै भाइहरूले पनि इरावानलाई आप्mनो वाणबाट घाइते बनाए । अनि इरावानले चारवटा वाण हानेर अनुविन्दको चारवटै घोडा सोत्तर पारे तथा दुइटा तीक्ष्ण वाण हानेर उनको धनुष तथा रथको ध्वजा काटेर खसालिदिए । अनि अनुविन्द आप्mनो रथबाट ओर्लेर विन्दको रथमा सवार भए । ती दुवै वीरहरू एउटै रथमा बसेर इरावानमाथि बडो फुर्तिले वाण वर्षा गर्न थाले । त्यसै प्रकार इरावानले पनि क्रोधले मुर्मुरिएर ती दुवै भाइमाथि वाणको झरी लगाइदिए तथा तिनका सारथिलाई पनि मारेर खसालिदिए । उनका घोडाहरू भयग्रस्त भएर रथ लिएर यताउति भाग्न थाले । यस प्रकार ती दुवै वीरहरूलाई जितेर इरावान आप्mनो पुरुषार्थ प्रदर्शन गर्दै बडो तीव्रताले तपाईंको सेनाको ध्वंस गर्न थाले ।
यति बेला राक्षसराज घटोत्कच रथमा सवार भएर राजा भगदत्तसित युद्ध गर्दैथिए । उनले वाणको झरी लगाएर भगदत्तलाई प्रायः छोपि नै दिएका थिए । अनि उनले सबै वाणहरू काटेर बडो फुर्तिका साथ घटोत्कचको मर्मस्थानमा वार गरे, तर अनेकौं वाणहरूबाट घाइते भएर पनि उनी कत्ति आत्तिएनन् । यसबाट कुपित भएर प्राग्ज्योतिषनरेशले चौधवटा तोमर (एक शस्त्रविशेष) हाने, तर घटोत्कचले त्यस शस्त्रलाई पनि काटेर सतरीवटा वाण भगदत्तमाथि हाने । अनि भगदत्तले उनको चारै घोडालाई मारिदिए । घटोत्कचले अश्वहीन रथबाट नै उनीमाथि बडो वेगले शक्ति प्रहार गरे, तर भगदत्तले त्यसलाई तीन टुक्रा पारिदिए जसले त्यो शस्त्र भुंइंमाथि खस्यो । हानेको शक्तिलाइ व्यर्थ भएको देखेर घटोत्कच भयभीत भएर रणाङ्गनबाट भागे । घटोत्कचको बल–पराक्रम सर्वत्र विख्यात थियो, उनलाई सङ्ग्रामभूमिमा सहसा यमराज र वरुण पनि जित्न सक्दैनथे। उनलाइ यस प्रकार परास्त गरेर राजा भगदत्त आप्mनो हात्तीमाथि चढेर पाण्डवहरूको सेनाको संहार गर्न थाले ।
यता मद्रराज शल्य आप्mना बहिनीका युगलपुत्र नकुल र सहदेवसित युद्ध गरिरहेका थिए । उनले ती दुवै भाइहरूलाई आप्mनो वाणले पूर्णरूपेण आच्छादित पारिदिए । सहदेवले पनि वाण वर्षा गरेर उनको प्रगति रोकिदिए । सहदेवको वाणहरूबाट आच्छादित भएपछि शल्य उनको पराक्रमबाट प्रसन्न भए तथा ती दुवै भाइलाई पनि आप्mनो मामाको शौर्य देखेर अत्यन्त प्रसन्नता भयो । यतिकैमा राजा शल्यले चारवटा वाण हानेर नकुलको रथको चारै घोडा मारिदिए । नकुल तत्काल आप्mनो भाइको रथमा चढे । यस प्रकार ती दुवै भाइहरू एउटै रथमा बसेर बडो फुर्ति साथ वाण वर्षा गरेर मामा मद्रराजलाई छोपिदिए । यसै बेला सहदेवले कुपित भएर मद्रराजमाथि एउटा वाण हाने । त्यो वाण उनको शरीर छेडेर पृथ्वीमा खस्यो । त्यस चोटले मद्रराज व्याकुल भएर रथको पछिलो भागमा गई बसे र त्यसको वेदनाले अचेत भए । उनलाई संज्ञाशून्य देखेर सारथिले रथ रणक्षेत्रबाट बाहिर लिएर गयो । यो देखेर तपाईंको सेनाका सम्पूर्ण वीर उदास भए तथा नकुल र सहदेव आप्mनो मामालाइ परास्त गरेर हर्ष ध्वनि र शङ्खनाद गर्न थाले ।
सञ्जयले भने–महाराज १ सूर्यदेव आकाशको मध्य भागमा आइसकेपछि राजा युधिष्ठिरले श्रुतायुलाई हेरेर उनीतिर आप्mनो घोडा बढाई नौवटा वाण हानेर घाइते पारिदिए । श्रुतायुले ती वाणहरू पन्छाएर युधिष्ठिरमाथि सातवटा वाण हाने । ती वाणहरूले उनको कवच भेदन गरेर रक्तपान गर्न थाले । यसबाट राजा युधिष्ठिर अत्यन्त क्रोधित भए । त्यति बेला उनको क्रोध देखेर सबैलाइ यस्तो लाग्यो मानौं उनी तीनवटै लोकलाइ भस्म पारिदिनेछन् । यो देखेर देउता तथा ऋषिहरू लोकको शान्तिको निम्ति स्वस्तिवाचन गर्न थाले । तपाईंका सैनिकहरूले त जीवनको आस नै त्यागी दिए, तर यशस्वी युधिष्ठिरले धैर्य धारण गरेर आप्mनो क्रोध शान्त पारी श्रुतायुको धनुष काटेर उनको छाती छेडे अनि शीघ्र उनको सारथि र घोडाहरूलाई पनि मारिदिए । राजा युधिष्ठिरको यस्तो पुरुषार्थ हेरेर श्रुतायु अश्वहीन रथ छाडेर भागे । यस प्रकार धर्मपुत्र युधिष्ठिरले श्रुतायुलाई परास्त गरेको देखेर राजा दुर्योधनको सम्पूर्ण सेना रणभूमिबाट भाग्यो ।
अर्कोतिर चेकितान महारथि कृपाचार्यमाथि वाण वर्षा गर्न थाले । कृपाचार्यले ती वाणहरू रोकेर स्वयं आप्mनो वाणले चेकितानलाई घाइते पारिदिए । अनि उनको धनुष काटिदिए, सारथिलाई मारेर खसाले तथा घोडाहरू र दुवै पाश्र्वरक्षकलाई पनि धराशायी पारिदिए । अनि चेकितानले रथबाट हाम्फालेर हातमा गदा लिए । त्यस गदाबाट उनले कृपाचार्यको घोडा र सारथिलाई मारिदिए । कृपाचार्यले भुइँमा उभिएर नै उनीमाथि सो¥हवटा वाण हाने । ती वाणहरू चेकितानलाई घाइते पारेर धर्तीमा छिरे । यसबाट चेकितान अत्यन्त रिसाएर आप्mनो गदा कृपाचार्यमाथि हाने । आचार्यले त्यस गदालाई आपूmतिर आइरहेको देखेर सहस्त्रौं वाण हानेर रोकिदिए । चेकितान हातमा तरबार लिएर उनको सामु आए । आचार्य पनि हातमा तरबार लिई उनीमाथि बडो वेगले धावा गरे । अब ती दुवै वीर एक अर्कामाथि तीखो तरबारले वार गर्दै पृथ्वीमाथि लडिबुडी गर्न थाले । युद्धमा अत्यन्त परिश्रम गर्दा दुवै मुच्र्छित भए । यतिकैमा संयोगवश त्यहा करकर्ष दगुर्दै आए र चेकितानको यस्तो दशा देखेर उनलाई आप्mनो रथमा चढाए । यसैप्रकार शकुनिले पनि फुर्तिका साथ कृपाचार्यलाई आप्mनो रथमा बसाले । क्रमशः...